• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

बुवाआमा, सर्वस्व गुमाएर पाएको पिआरले म के गरू ? अतिनै मर्मस्पर्शी लेख


फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरि`वार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो।

संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न’ फर्कदै थिएँ। जुनसुकै यु`द्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हा`र्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपा`ही जस्तै अभागी अनु|भव गरेँ।

हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।

घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्। दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?’ उनले पनि ठाडै सोधिन्।

‘भाइ’, मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।

उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो। त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी।

उनले चिनिन्। मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो। सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन। त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन्। एकछिन हेरेर ढोका खोल्दै भनिन्–आउनुस्। ‘ऊ त्यहाँ होइसिन्छ।’ भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन्। ऊ एक्लै थियो। केही पिइरहेको। १८ वर्षपछि दाजुभाइको भेट भएको थियो।

छुट्टिने बेला ऊ एयरपोर्टसम्म आएको थियो मलाई बिदा गर्न। विछोडको पीडा बनी झर्न लागेका आँसु आँखामै रोक्ने प्रयास गरेको थियो दाइले। म छुट्टिएको त्यो पल खप्न आमापछि सबैभन्दा गाह्रो उसैलाई परिरहेको थियो।

तर, त्यति लामो विछोडपछि भेटिँदा हामी मुस्कुराउन सकेनौं। मेरो उपस्थितिले चढ्दै गरेको उसको नशासमेत उतारी दियो।
एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर ढिलै भएपनि औपचारिकता पूरा गर्न खोज्यो उसले। मैले त त्यो पनि गरिनँ।

‘बस्, कहिले आइस्?’, दाइले सोध्यो।
‘सरासर आउँदै छु’, मैले भनें।

मेरो जवाफमा उसले टाउको हल्लायो। लाग्थ्यो, म उसलाई अचानक आइलागेको बडो कठिन परिस्थिति भएँ। बोल्ने शब्दको खडेरी पर्‍यो। सानो छँदा दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइ त्यो सुनसान कोठामा निशब्द भयौं।

‘एउटा ग्लास ल्याउ त’, मौनता तो`ड्दै दाइले भान्सामा भएकी आफ्नी श्रीमतीसँग मेरालागि एउटा गिलास माग्यो। ‘भाउजू’ गिलास बोकेर आएकी महिलाको औपचारिक परिचय दियो। मैले हात जोडिनँ। ओठले नमस्कार मात्रै भने। उनले हात जोडिन् तर नमस्कार उच्चारण गरिनन्। हिसाबकिताब बराबर भयो। उनी भान्सामा नै फर्किन्।

दाइले गिलास भरिदियो। आइस हाल्दियो। सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राख्यो। दाइले आफ्नो गिलास उठायो। मैले मेरो गिलास उठाएँ। तर हामीले चेयर्स गरेनौं। आ–आफ्नो घुड्की लिएर गिलास टेबलमा राख्यौं।

‘एकछिन भान्सामा आइसियो त’ भाउजुको तर्फबाट निम्तो आयो। दाइ उठेर गयो। म एक्लै पिइरहेँ। भान्सामा पाकेको खासखुस, सल्लाह र साउतीले मलाई यहीँसम्म अमन र अरुची पैदा भइरहेको थियो। केहि मिनेटको गोप्य भेला सम्पन्न गरेर ऊ फेरि उही निशब्द कोठामा आयो। तर फेरि पनि बोल्नलाई हामीसँग शब्द र विषय थिएन।

‘जग्गा ससुरालीले दिए, भाउजुकै नाममा पास गरेर। ऋणपान खोजेर घरसम्म ठ्ड्याएँ।’ स्वास्नीको कथा, संम्वाद र निर्देशनमा उसले बडो घतलाग्दो अभिनय देखायो। अभिनयपछि आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न सकेन। आँखा झुकाएर चुपचापले झोक्राइ रह्यो।

‘मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन, दाइ। घर त के मलाई यो शहरमा नै इन्ट्रेस्ट छैन। म गाउँमै सेटल हुन चाहन्छु। धेरै भाग अहिलेसम्म म, बाँकी जीन्दगी आनन्दले गाउँमै बिताउन चहान्छु।’ मैले आफ्नो योजना सुनाएँ।

‘तर गाउँमा हाम्रो केही छैन। बुबाआमाको औ`षधि उप`चारमा सबै सकियो’, भाउजू पर्दा पछाडिबाट मन्चमै आइन। दाइ फेरि केही बोलेन। उसरी नै झोक्राएको नै थियो।उ नबोलेपछी म आफै बोल्न बाध्य भएँ। ‘भाउजू!’ म उनलाई पहिलोपटक साइनो लगाउँदै थिएँ ‘यो हामी दाजुभाइको कुरा हो। हाम्रो पितापुर्खाको सम्पत्ति हो। म तपाईंको दाइजोमा लालच गर्दिनँ, तपाई मेरो अंशको लालच छोड्नुस्।’ अतिथिको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन्।

उनी अर्थात भाउजूप्रति मेरो मनमा प्रारम्भदेखि नै कुनै सम्मान थिएन। उनले मेरा बुबाआमालाई जे गरिन आमाले मलाई सबै सुनाउनु भएको थियो। म त्यसको बदला लिन चहान्थेँ। अहिले अलिकति मात्र चोट पुर्‍याएकोमा पनि मलाई निकै आनन्द भयो। मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन्। यता बुबाको मृ त्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ।

म घरपरिवार, बुबाआमा, जग्गाजमिन, गाउँसमाज र देश भएको मान्छे। ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डटेर लागेको थिएँ। बुबा बित्नु`भयो तर एउटा कागजको खोस्टोको लालचमा म उहाँलाई दागबत्ति दिन आइन।

बुबाको मृ`त्युपछि दाइनै घरमुली भयो। गाउँमा बुवाको तोरी, गहुँ र धान फल्ने पहँेला, हरिया फाँटहरु आँखाले भ्याएसम्म थिए। श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो। मेरो भागको अंशको लागि आमा अन्तिमसम्म लड्नु`भयो। आमाको त्यही अडानले गर्दाउनलाई गाउँमै छोडेर दाइ काठमाडौ सर्‍यो।

आमाको साहरा हुन म फेरि पनि आइन्। एक्ली अनि बुढी आमाको साहरा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको पिआर हुने कुरा प्राथमिक लाग्यो। मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो। तर काठमाडौमा आमाले बाँचुञ्जेल दुर्व्य`वहार सहनुभयो। आमा, आमाको स्थानबाट झर्नु पर्यो। सहिनसक्नु भएपछि आमा २ महिनापछि गाउँनै फर्कनु भयो। र एक्लै एकरात संसार छोड्नुभयो।

अनि म फेरि पनि आइन। काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्‍यो। ‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर के फाइदा। भात पस्किन्छु भान्सामा आइज’, दाइले भन्यो। हामीले चुपचाप भात खायौं। ओछ्यानमा ढल्केपछि मलाई दाइको माया लागेर आयो। बुबाआमाको पुरानो तस्वीर मेरो सिरानीमा रहेछ। मलाई बुबाआमाको त्यो फोटोले ‘त्यसो नगर’ भनेजस्तो लाग्यो।

हिसाबै गरेपनि दाइले बुबाआमाको निम्ति धेरै नै गर्‍यो मेरोभन्दा। एकदुई घटना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो।मैले के गरे? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहें। मैले आफ्नै निम्ति गरिरहँदा उसले चाहिँ बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भएँ। मैले त बुबाआमालाई दाग`बत्ती दिन मात्रै पनि सकिन। एउटा पिआरका लागि मैले सबैथोक त्यागेर बसें। सबैथोक गुमा`उन राजी भए। बाँकि एउटा दाजु थियो, मलाई लाग्यो– उसलाई पनि मैले त्यस`दिन गुमाएँ।

बिहान घाम लागेपछि ब्युझें। दाइको सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए। १४वर्षकी छोरी र ९ वर्षको छोरा। मेरा भतिजा र भतिजी स्कुल जाने तयारीमा थिए। अपरिचितलाई हेरे झैं आँखा उठाएर एक पटक हेरे। सायद भाउजूले सबै कुरा भनिन् कि नमस्कार पनि गरेनन्। झोला बोकेर बाटो लागे।

मैले पनि झोला बोकें। बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा राखेको थिएँ। आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको पिआरको मूल्यले मलाई नै अचम्भित पारेको छ। – यो कथा सन्तोष चिमरियाको फेसबुक बाट लिईएको हो । ( तस्बिर – प्रतीकात्मक)

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.