• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

एयरलाइन्स कम्पनीकाे जागिर छाडेर साली–भेनाले यस्तो गरे !


चार–पाँच कक्षा पढ्दा हाफ–टाइममा हामी प्रायः ‘दुनोट’ खान्थ्यौं। पसलमा दुई किसिमका दुनोट पाइन्थ्यो— सादा र क्रिम हालेको। सादा दुनोटको दुई रुपैयाँ पर्थ्यो, क्रिम हालेको अलि महँगो हुन्थ्यो। धेरै समयसम्म मलाई यही लाग्यो, यसको नाउँ मूल्यमा आधारित होला! दुई रुपैयाँ पर्ने भएकाले नै दुनोट भनिएको होला!

हामी साथीहरू ठट्टा गर्थ्यौं, पहिले–पहिले यसलाई ‘एकनोट’ भनिन्थ्यो होला है! अचेल यो दुई रुपैयाँमा पनि पाइँदैन। सादा दुनोटकै बीस पर्छ, नाउँ भने उही। बीस रुपैयाँ मूल्य पुग्दा पनि कसैले ‘बीसनोट’ भन्दैनन्, ‘दुनोट’ नै भन्छन्।

केटाकेटी बेलाको भ्रम सम्झँदा आज आफैंसँग हाँसो उठ्छ। मैले धेरैपछि थाहा पाएँ, जुन खानेकुरालाई म ‘दुनोट’ भन्दै हुर्किएँ, त्यो नेपाली शब्दै होइन रहेछ। हामीले अंग्रेजीबाट सापट लिएको यो शब्दको खास उच्चारण ‘डोनट’ रहेछ — ‘डो’ अर्थात्, मुछेको पिठो र ‘नट’ अर्थात्, शून्य (गोलो) आकारको।

यो स्टोरी लेख्न ‘गुगल’ गर्दा मैले थाहा पाएँ, अठारौं शताब्दीमा डचहरूले अमेरिका आउने क्रममा पहिलोचोटि डोनट उत्पादन सुरू गरेका रहेछन्। पछि उन्नाइसौं शताब्दीमा अमेरिकीमाझ यो परिकार लोकप्रिय भएछ।

डिप इन डोनटका डोनटहरू

बीचमा प्वाल भएको गोलो आकारको ‘डोनट’ झट्ट हेर्दा हाम्रो सेलरोटीजस्तै देखिन्छ। हाम्रो सेलरोटी सुकेको, पश्चिमाहरूको डोनट फुकेको। यसलाई बिम्ब मान्ने हो भने, सेलरोटी हामी नेपालीहरूको आर्थिक क्षमताजस्तो, डोनट पश्चिमाहरूको। हामीले पश्चिमाहरूबाट सिकेको डोनटलाई फरक–फरक स्वादमा प्रस्तुत गर्न अघि सरेका छन्, सफिना मानन्धर र मञ्जिलमान श्रेष्ठ।

सफिना र मञ्जिल नाताले साली–भेना हुन्। विभिन्न एयरलाइन्स कम्पनीमा झन्डै एक दशक जागिरे जीवन बिताएपछि ३५ वर्षीय मञ्जिललाई आफ्नै व्यवसाय सुरू गर्ने सपनाले पोल्न थालेछ। उनलाई डर थियो, जागिरे भएपछि जो–कोही जीवनभर एउटै काममा अड्किन्छ। आफ्नो तरिकाले जिन्दगी बिताउन पाउँदैन।

‘जीवनभर अरूको खटनपटनमा काम गर्ने र बुढेसकालमा पेन्सनको भरमा बाँच्ने मेरो रहर थिएन,’ उनले भने, ‘मलाई पहिल्यैदेखि आफ्नै व्यवसाय सुरू गर्ने हुटहुटी थियो। खाली के गर्ने र कहिलेबाट थाल्ने निर्क्यौल गर्न सकिरहेको थिइनँ।’

जागिरे जीवन एकमानेमा सहज हुन्छ। सिर्जनात्मक हुटहुटी दबाएर राख्ने र जे छ त्यसैमा रमाउने हो भने मान्छेले एउटै काम गरेर जिन्दगी कटाइदिन सक्छ। धेरैले कटाइरहेका पनि छन्।

मञ्जिलमान श्रेष्ठ।

हुँदाखाँदाको जागिर छाडेर आफ्नै काममा लाग्नु भनेको जिन्दगीसँग जोखिम मोल्नु हो। त्यसैले एउटा चर्चित भनाइ छ – प्रोफेसनल (पेसाकर्मी) हरू खल्तीमा पैसा आएपछि बल्ल काम सुरू गर्छन्, सिर्जनात्मक हुटहुटी भएका उद्यमशीलहरू भने खल्तीमा सुको नभए पनि सपना पछ्याउन छाड्दैनन्। मञ्जिललाई त्यस्तै भयो।

लामो समयदेखि धमीराले झैं भित्रभित्रै कुटुकुटु खाइरहेको सपनालाई उनले अझै अल्झाइराख्न सकेनन्। ‘जति सोच्यो, उति आफैं दुबिधाग्रस्त हुँदै गएँ,’ मञ्जिलले भने, ‘के गर्ने भनेर सोचविचार गरेपछि मात्र जागिर छाडुँला भन्ने थियो, यसो गर्दा त वर्षौं बित्ने भयो। जागिर छाडेर फुक्काफाल भएपछि बल्ल दिमाग चल्न थाल्छ भन्ने लाग्यो।’

सन् २०१७ अगष्ट मध्यमा उनले एयरलाइन्स क्षेत्रको आफ्नो स्थापित करिअर चटक्कै छाडे। कोरियन एयरलाइन्स, कतार एयरलाइन्स र फ्लाई दुबईसँग काम गर्दा ‘एयरपोर्ट अफिसर’ बाट ‘कर्पोरेट सेल्स’ सम्म उक्लिसकेका मञ्जिलले आफ्नो सपना पछ्याउँदै नयाँ ‘मञ्जिल’ तर्फ पाइला सारे।

सुरूआतमा उनलाई सोफा, खाट लगायत घरायसी सामग्री सरसफाइ गर्ने कम्पनी खोलुँ कि भन्ने लाग्यो। यसको अनुभव बटुल्न करिब पाँच महिना ‘साइन एन्ड क्लिन सर्भिस’ भन्ने कम्पनीमा आबद्ध भए। त्यहाँको अनुभवले मात्र उनलाई यो काममा हात हाल्ने आँट आएन। उनी धेरै समय के गर्ने, कसो गर्ने भनेर सोच्दै भौंतारिए। साथीभाइसँग सल्लाह–सुझाव लिए। बजारमा नयाँ के ल्याउन सकिन्छ भनेर आइडिया सोच्न थाले।

आइडिया भनेको छुमन्तर गर्दैमा आउने जादु होइन। न टाउकोमा हात राखेर सोचमग्न हुँदैमा नयाँ आइडिया फुर्छ, न साथीभाइको सरसल्लाहले आइडियाको ढक्कन उघार्छ। यो त झिल्कोजस्तो हो, जुन बेला आउँछ, यसै आउँछ। मञ्जिल सानैदेखि कार्टुन फिल्मका सोखिन थिए। जागिर छाडेपछिको फुर्सदमा उनी धेरै समय कार्टुन हेरेरै बिताउँथे।

एकदिन अमेरिकी एनिमेटेड शो ‘द सिम्पसन्स’ हेर्दै थिए, उनको दिमागमा बिजुली चम्केजस्तै भयो। यो फिल्मका प्रमुख पात्र होमर सिम्पसन्सको एउटा बानीले उनलाई नयाँ व्यवसायको प्रेरणा दियो। होमर सधैं विभिन्न स्वादका डोनट खान्छन्। मञ्जिल आफैं पनि डोनट खान रुचाउँछन्। सिम्पसन्सले खाएका थरीथरीका डोनट देख्दा उनको मनमा प्रश्न उठ्यो, ‘के यस्ता डोनट नेपालमा पाइन्छन्?’

उनले नेपाली बजारमा सादा, क्रिमवाला र चकलेट डोनट मात्र देखेका थिए। त्यसबाहेक अरू प्रकारका डोनट बजारमा किनेर खाएको उनलाई सम्झना थिएन। उनी बजार अनुगमनमा निस्के। नभन्दै नेपाली बजारमा सिम्पसन्सले खानेजस्ता डोनट पाइएनन्। एयरलाइन्स क्षेत्रमा काम गर्दा आफूले विभिन्न मुलुकमा देखेका र चाखेका विभिन्न स्वादका डोनट उनको दिमागमा घुम्न थाले।

‘विदेशमा विभिन्न प्रकारका डोनट पाइन्थ्यो। नेपालमा तीमध्ये अधिकांश थिएनन्,’ उनले भने, ‘म ती डोनटहरू नेपालमा पनि बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न थालेँ।’ उनले करिब एक महिना युट्युब हेरेर विभिन्न स्वादका डोनट बनाउने तरिका सिके। त्यसै आधारमा घरमा बनाउन थाले। तर, कहिले पिठो र पानीको अनुपात नमिल्ने, कहिले आकार बिग्रने। यस्ता समस्याले धेरैचोटि आफूले बनाएका डोनट फाल्नुपरेको उनी सम्झन्छन्।

मार्केटिङमा स्नातक गरेका मञ्जिललाई बजार व्यवस्थापनको ज्ञान र आत्मविश्वास त थियो, तर पकाइतुल्याइको सीप थिएन। त्यसमाथि डोनट पकाउन विशेष दक्षता चाहिन्थ्यो। उनलाई अब बेकरी, अर्थात् पेस्ट्री सेफको दक्षता भएका व्यक्तिको सहायता चाहिने भयो। यहाँनिर आएर साली सफिना मानन्धरले उनलाई साथ दिइन्।

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) बाट स्नातक गरेकी सफिना त्यस बेला जावलाखेलको बेकरीमा काम गर्थिन्। होटल अन्नपूर्णमा प्रशिक्षार्थीका रूपमा पनि आबद्ध थिइन्। २५ वर्षीय सफिनासँग झन्डै दुई वर्षको बेकरी अनुभव थियो।

यी सबै थाहा पाएका मञ्जिलले सफिनालाई मिलेर काम गर्न प्रस्ताव गरे। उनले स्विकारिन्। ‘उहाँले बजारमा नयाँ स्वाद दिने कुरा गर्नुभयो। म सहयोग गर्न तयार भएँ,’ सफिनाले भनिन्, ‘त्यो बेला मैले भर्खरै काम छाडेकी थिएँ, फुर्सतमै थिएँ। समय मिलेको भएर हात अघि सारिहालेँ।’

सफिनाले झन्डै तीन महिना विभिन्न स्वादका डोनट परीक्षण गरिन्। पहिलो चरणमा बनाएका डोनट उनीहरूले आफ्नै घरपरिवार र साथीभाइलाई खुवाए। राम्रो प्रतिक्रिया आएपछि बल्ल बजारमा लगे। सुरूआतमा ‘ले शेर्पा फार्मस मार्केट’ मा स्टल राखे। त्यहाँ धेरैले डोनट मन पराए। त्यसपछि उनीहरूलाई आफ्नै बेकरी खोल्ने विश्वास जाग्यो। २०१८ मार्चमा उनीहरूले बालुवाटारबाट आफ्नै डोनट व्यवसाय सुरू गरे — डिप इन डोनट।

बजारमा भित्रिएका नयाँ–नयाँ स्वादका डोनटमा धेरैको रूचि बढेपछि उनीहरूले एक वर्षभित्रै पाटनको पिम्बहाल पोेखरीनजिकै दोस्रो आउटलेट सुरू गरे।
मञ्जिलका अनुसार, दुवै आउटलेटबाट दैनिक सय वटाभन्दा बढी डोनट बिक्री हुन्छन्। ‘पछिल्लो समय फुडमान्डुसँग पनि हाम्रो साझेदारी छ। त्यसपछि होम डेलिभरीको निम्ति प्रशस्त अर्डर आउन थालेको छ,’ उनले भने।

साधारण डोनटदेखि होमर, स्ट्रबेरी, चकलेट, ओरियो, मार्समेलो, क्रिम, चिजजस्ता स्वादका डोनट ‘डिप इन डोनट’ मा पाइन्छन्। यसबाहेक मौसम र चाडअनुसार विभिन्न स्वादका पनि बनाइरहेका हुन्छन्। उदाहरणका लागि, क्रिसमसमा क्रिसमस स्पेसल डोनट, नयाँ वर्षमा त्यही। कुनै खास अवसरका लागि डोनट केक पनि बनाउँछन्। यहाँ पाइने डोनटको मूल्य ३० रूपैयाँदेखि १ सय ५० सम्म पर्छ। स्वादअनुसार दाम फरक छ।

तीन लाखको लगानीमा सुरु भएको ‘डिप इन डोनट’ को भान्सा सुरूआती दिनमा मञ्जिलकै घरमा थियो। एक वर्षपछि मात्रै उनीहरूले ओमबहालमा भान्सा लिएका हुन्। अचेल मञ्जिल र सफिनाले आफ्नो काम भागबन्डा गरेका छन्। मञ्जिल पिम्बहालको आउटलेट हेर्छन् भने सफिना बालुवाटार बेकरी सम्हाल्छिन्। उनीहरूले अरू कामदार राखेका छैनन्। ‘अहिलेसम्म हामी आफैंले भ्याएका छौं। पछि कामदार राख्ने सोच छ,’ सफिनाले भनिन्।

‘डिप इन डोनट’ ले चर्चा कमाउनमा सामाजिक सञ्जाल इन्स्टाग्रामको मुख्य हात रहेको मन्जिललाई लाग्छ। ‘फुड भ्लगरहरू आएर खानुहुन्छ अनि रिभ्यु राख्नुहुन्छ। त्यही हेरेर नयाँ–नयाँ ग्राहक खोज्दै आउनुहुन्छ,’ उनले भने।

मञ्जिलका अनुसार, जुनसुकै काम विचार पुर्याएर गर्दा सफलता मिल्छ। उनी व्यावसायिक क्षेत्रमा ग्राहकको मन जित्नु नै ठूलो सफलता मान्छन्। आत्मविश्वास र ग्राहकको सकारात्मक प्रतिक्रियाले यही क्षेत्र आत्मीय लागेको उनी बताउँछन्। ‘डिप इन डोनट’ लाई योभन्दा ठूलो बजार दिने मञ्जिल र सफिनाको योजना छ। उनीहरू बालबालिकादेखि जेष्ठ नागरिकसम्मको स्वाद ख्याल गर्दै डोनट बनाउने तयारी गर्दैछन्।

मञ्जिल र सफिनाले थरीथरीका डोनट हामीलाई चखाइरहेका छन्। म भने उनीहरूसँग कुराकानी गर्दा घरिघरि पुरानै कुरा सम्झेर मनमनै हाँस्थेँ। मैले अनर्थ लगाए पनि डोनटको उच्चारण भने अब धेरै हदसम्म नेपालीकरण भइसक्यो। ‘डिप इन डोनट’ मा आउने धेरै ग्राहक यहाँ ‘दुनोट’ खान खाउँछन्, ‘डोनट’ होइन।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.