• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनु आपसी सम्बन्धका लागि हानिकारक : चीन

सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ ।

साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ ।

बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भारतले हालसम्म ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एपहरू प्रयोगमा प्रतिबन्ध लगाएको भन्दै यो आपसी सम्बन्धका लागि हानिकारक भएको प्रतिक्रिया दिए ।

यसअघि लद्दाखको गलवान उपत्यकामा करिब २० जना भारतीय सैनिकको ज्यान जाने गरी चिनियाँ र भारतीय सेनाबीच भएको हिंसात्मक झडपपछि भारतले चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले केही एपहरूले भारतीय सम्प्रभुता तथा एकता, सुरक्षा तथा व्यवस्थापनमा क्षति पुर्याउनसक्ने भन्दै ५९ वटा एपमाथि प्रतिबन्ध घोषणा गरेको थियो । भारतले चीनका एप भनेर किटान नगरेपनि प्रतिबन्धित अधिकांश एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीका थिए । तीमध्ये सबैभन्दा लोकप्रिय टिकटक, वीच्याट, युसी ब्राउजर, शेयर इट लगायत थिए।

‘गत जुनदेखि लगातार ४ पटक गरि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ पृष्ठभूमिका मोबाइल एप्स प्रयोगमा निषेधात्मक कदम चालेको छ जुन कानुन विपरीत छ,’ प्रवक्ता चाउले भने, ‘भारतको यो कदम बजार सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम विपरीत भएको छर्लङ्गै छ ।’

चीनले आफ्ना व्यवसायको वैधानिक हक-अधिकारका विरूद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । परराष्ट्र प्रवक्ता चाउले बजार सिद्धान्तको पालना गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताको वैधानिक हक-अधिकारको संरक्षण गर्ने जिम्मेवारी भारतले देखाउनुपर्ने बताए ।

बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.