• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ब्लड क्यान्सर भएका छोरालाई ‘बोनम्यारो’ दिन आमा अष्ट्रेलियामा, भयो सफल प्रत्यारोपण


ब्रिजवेन/ आमाका लागि सन्तान कत्ति प्यारो हुन्छ भन्ने कीर्तिपुरका कमला विद्याधरबाट जान्न सकिन्छ । मंगलबार ब्रिजवेन मिल्टनस्थित वाइस्ली अस्पताल पुग्दा छोरा प्रसन्नलाई स्याहार गरिरहनु भएको थियो कमला । १३ दिन अघि आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिनु भएकी कमलालाई मैले सोधे -‘तपाईलाई कुनै साइड इफेक्ट देखिएको छ त ?’ छोरा तिर पुलुक्क हेर्दै कमलाले भन्नुभयो -‘छोराको ज्यान भन्दा ठुलो मेरा लागि केही छैन, त्यसैले मैले साइड इफेक्टको बारेमा सोच्न पनि पाएको छैन ।’

परिवारको भविष्य २२ वर्षिय छोरालाई रगतको क्यान्सर भएपछि ऋणधन गरेर कमला अष्ट्रेलिया आउनु भएको हो । सिड्नीमा अध्ययतरत प्रसन्नलाई डाक्टरको सल्लाह बमोजिम ब्रिजवेनको वाइस्ली अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि पठाइएको हो । आमाको बोनम्यारोको केही अंश निकालेर छोरामा हाल्ने प्रत्यारोपण सफल समेत भएको छ । प्रसन्नलाई अहिले अस्पतालको अति संवेदनशिल कक्षमा राखिएको छ । नेपालट्युबसंग कुरा गर्दै प्रसन्नले आर्थिक सहयोग गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

आर्थिक अभावले तनाव

बोनम्यारो प्रत्यारोपण सफल त भयो, तर यतिबेला कमला र प्रसन्नलाई खर्चको चिन्ताले सताउन थालेको छ । डाक्टरले प्रत्यारोपण प्रकृयाका लागि लगभग १ लाख डलर खर्च हुने जानकारी दिएको प्रसन्नले बताउनुभयो । प्रसन्नको उपचारको खर्च जुटाउन खोलिएको गोफन्ड मि अकाउन्टमा १७ सय दाताबाट ५८ हजार डलर त संकलन भएको छ तर अझै आधा रकम अपुग देखिन्छ ।

प्रसन्नलाई सहयोग गर्न यो लिंकमा जानुहोस् ।

त्यसो त छोराको उपचारका लागि आमा कमलाले ऋणधन नगरेको होईन । तर, रुपैयामा ल्याएको पैसा डलरमा खर्च गर्दा कत्ति पो हुन्छ र ? प्रसन्नको विद्यार्थी बिमाले अस्पतालको बसाई र सामान्य खर्च तिरिदिने भएपनि प्रत्यारोपण, अन्य महंगा परिक्षण, बोनम्यारो दिने आमाको परिक्षणको खर्च भने आफैले जोहो गर्नुपर्ने अवस्था छ ।
आमाको परिक्षणका लागि मात्रै ३० हजार डलर खर्च भईसकेको प्रसन्नले जानकारी दिए । प्रसन्नको आमालाई बस्नका लागि अस्पताल नजिकै ल्युकेमिया फाउण्डेसनले कोठा भने दिएको छ । ब्लड क्यान्सर भएर यस्तै प्रकृयाबाट गुज्रिएर निको भएका ब्रिजवेनका उज्वल पौडेल प्रत्यारोपण भएपछि पनि १ सय दिनसम्म अस्पतालको विशेष कक्षमा निगरानीमा बस्नुपर्ने र थुप्रै महंगा परिक्षण गर्नुपर्ने भएकाले अझै खर्च बढ्ने बताउनुहुन्छ । ‘प्रसन्न र आमाको नियमित जसो परिक्षण गर्नुपर्ने तथा बिमाले समेत कभर नगर्ने भएकाले खर्च बढ्ने देखिन्छ’- पौडेलले भन्नुभयो -‘हामी सबैले मिलेर सहयोग जुटाउने कोसिसमा छौ ।’

प्रसन्नलाई ब्रिजवेन बिमानस्थलमा लिन जानेदेखि हरेक दिन जसो अस्पताल पुगेर उज्वलले सहयोग गरिरहनु भएको छ । आफु पनि यस्तै परिस्थितीबाट गुज्रिएकाले प्रसन्नको पीडा बुझ्न सक्ने उज्जवले बताउनुभयो । प्रसन्नको बारेमा जानकारी पाएको भन्दै एनआरएनए कुइन्सल्याण्डका सचिव अतुल खड्काले टिममा छलफल गरेर सकेको सहयोगको व्यवस्था गर्ने बताउनुभयो ।

प्रसन्नलाई सहयोग गर्न यो लिंकमा जानुहोस् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ब्लड क्यान्सर, बोन म्यारो फेर्न सहयोग संकलन – Nepal Tube Australia

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.