• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

मेयरका छोरा र ज्वाइँलाई जागिर, उपमेयरको नेतृत्वमा आन्दोलन


बुटवल — रुपन्देहीको सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानले करारका कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई नियुक्ति दिएका छन् । मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर ९ जना करार कर्मचारी हटाएर साउन २ मा ११ जना नयाँ भर्ना गरेका थिए ।

नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । यसअघि प्रमुख प्रशाशकीय अधिकृत भूपेन्द्र पाण्डेले आफ्ना साला विभाष त्रिपाठीलाई कम्प्युटर अपरेटर एवं प्राविधिक सहायक पाँचौं तहमा नियुक्ति दिएका थिए ।

कार्यपालिकालाई जानकारी नै नदिइ फर्जी कागजात तयार गरेको र कर्मचारी भर्नाको कुनै पनि विधि नअपनाइ कर्मचारी भर्ना गरेको भन्दै उपप्रमुख सहितका जनप्रतिनिधि अहिले आन्दोलित छन् । उपप्रमुख कल्पना हरिजनसहित १३ जना कार्यपालिका सदस्य निर्णय फिर्ताको मागसहित आन्दोलित भएका हुन् । नगरपालिकामा २३ सदस्यीय कार्यपालिका छ ।

नगरपालिकामा नीति र विधिको साटो मनपरी भएपछि आन्दोलनमा उत्रनु परेको उपप्रमुख हरिजनले बताइन् । ‘नगरप्रमुखले, प्रमुख प्रशासकीय अधिकृतसित मिलेर मनपरी गर्नुभयो । चोरबाटोबाट आफ्नै छोरा, ज्वाइँ र सालालाई जागिर खुवाउनुभयो । कार्यपालिकाको बैठकमा पेस नै नभएको एजेन्डाबारे फर्जी कागज तयार गरेर बिनाकारण करार कर्मचारी निकाल्ने र आफ्नालाई भर्ने काम गर्नुभयो,’ उनले भनिन्, ‘कार्यपालिका बैठकको निर्णय र कर्मचारी भर्ना कार्यविधिबिना राखेका कर्मचारी हामीलाई मान्य छैन ।’

उपप्रमुख हरिजनलगायत जनप्रतिनिधिले मंगलबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै साउन असार ३० गते नगरसभा बैठक बसेको तर त्यस दिन पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय नआएको दाबी गरे । एकाएक ३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिकरूपमा हटाएको जानकारीमा आएपछि माइन्यूट हेर्दा त्यसमा निर्णय नभएको तर सादा कागजमा प्रमुखले हस्ताक्षर गरेको भेटिएको बताए ।

उपप्रमुख हरिजनले करार कर्मचारी हटाउन पाइने भए पनि तत्काल अरु हटाएर फर्जी कागजात तयार गरेर आफ्नालाई घुसाउन नपाइने बताइन् । ‘कर्मचारी राख्ने कुरा होस् या फाल्ने कानुन र नियमसंगत हुनुपर्‍यो भन्ने माग हो,’ उनले भनिन् ।

कर्मचारी भर्ना विवादले अहिले दलीयरुपमा विभाजन देखिएको छ । कांग्रेसबाट निर्वाचित प्रमुखलाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र लोकतान्त्रिक समाजवादी पार्टीका १० जनाले साथ दिएका छन् । एमालेबाट निर्वाचित उपप्रमुख हरिजनलाई जसपा र जनमतसहितका १३ जनाले साथ दिएका छन् । उनीहरुले साउन ५ मै जिल्ला समन्वय समिति र जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेको साउन १५ मा पाल्पाको रामपुरमा सरुवा भएको छ । यद्यपि उनले साउन १६ मा आफू अनुकूल नभएका कर्मचारीलाई वडामा पठाएर कामकाज ठप्प पारेको आरोप लागेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा उपप्रमुख तथा कार्यपालिका सदस्यहरु मंगलबार पत्रकार सम्मेलन गर्दै ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.