• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

त्यसै छोडेर मर्न दिउ मनले मान्दैन , उपचार गरौ पैसा छैन


गत वर्ष मंसिर २ गते बेलुका पाँच बज्दै थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुरका ३४ वर्षीय पुष्कर गिरी र उनकी श्रीमती सृजना गिरी परालको भारी बोकेर ओसार्दै थिए।

तुलसीपुर–हापुरे सडकखण्ड अन्तर्गत भमकेखोला पुल नजिकै भारी बोकेर हिँडिरहेकी ३२ वर्षीया सृजनालाई ना १ ख ९१०५ नम्बरको टिपरले पछाडिबाट ठक्कर दियो। सृजना सडकमै लडिन् परालको भारीसहित।

टिपरको टायर सृजनाको बाँया खुट्टालाई पेलेर गुड्यो। झन्डै ५० मिटर अगाडि भारी बोकेर हिँडिरहेका पुष्करलाई कसैले खबर गरिदियो। उनी भारी सडकमै फालेर श्रीमती सृजना भएको ठाउँ पुगे।

दृष्य हेरिसक्नु थिएन। पाँच वटा दाँत भाँचिएका थिए। अटोरिक्सालाई रोकेर पुष्करले सृजनालाई तुलसीपुरको लाइफकेयर हस्पिटलमा पुर्‍याए। त्यहाँ उपचार सम्भव नहुने जानकारीपछि तत्काल बाँकेतर्फ लगे।

नेपालगञ्ज नर्सिङ होममा पुर्‍याउनासाथ चिकित्सकले कि काठमाडौं कि भारतको नयाँ दिल्ली चार/पाँच घन्टाभित्रै नपुर्‍याए बिरामीको ज्यान जोखिममा पर्ने बताए। पुष्कर अचेत सृजनालाई एम्बुलेन्समा राखेर तत्कालै काठमाडौंतर्फ दौडिए।

काठमाडौंको ग्राण्डी हस्पिटलमा पुर्‍याए। एक हप्ता, दुई हप्ता हैन सृजनालाई उक्त हस्पिटलमा तीन महिना राख्नु पर्‍यो। ३५ लाख रुपैयाँ उपचार खर्चको बिल निस्कियो। खर्च सुनेर पुष्करको होस हवास उड्यो।

कसरी तिर्नु त्यतिधेरै पैसा?

उनले तत्काल जग्गा बेच्न लगाए। सशस्त्र प्रहरीको सहायक हवल्दार पदमा कार्यरत छँदै पुष्कर राजीनामा दिएर विदेश गएका थिए। उनी ३ वर्ष त्यहाँ बसेर फर्किएका थिए। सृजनालाई टिपरले ठक्कर दिएको दिन पुष्कर मौरीतानिया देशबाट घर फर्किएको १२ दिनमात्रै भएको थियो।

त्यो बीचमा विदेशमा छँदा आफूले कमाएको पैसाले पुष्करले खैरीपुर गनारमा साढे दुई कठ्ठा खेत जोडेका थिए। त्यही जग्गा बेचे। त्योबाहेक अन्य भए भरको सबै रकम श्रीमतीको उपचारमा सकिसकेको थियो।

ग्राण्डीको खर्च धान्न नसकेरै पुष्करले ठिक भइनसकेकी श्रीमतीलाई घर ल्याए। आफ्नै नगर तुलसीपुर–८ को मेट्रो हस्पिटलमा भर्ना गरे। साढे ३ महिना त्यहाँ राखेर उपचार गरे। सन्चो नभएपछि फेरि नेपालगञ्ज नर्सिङ होममा पुर्‍याए।

त्यहाँ सम्बन्धित डाक्टर भारतको दिल्ली गएको हुँदा दुई हप्तापछि मात्रै आउने अस्पताल प्रशासनले सूचना दियो। फर्काएर तुलसीपुर ल्याएर सिटी अस्पताल भर्ना गरे। त्यहाँ १ महिना भर्ना गरी उपचार गर्दा २ लाख ९० हजार खर्च भयो।

तै पनि सृजना उभिन सक्ने भइनन्। त्यहाँबाट फेरि काठमाडौंको ट्रमा सेन्टरमा पुर्‍याए। त्यहाँ एक हप्ता राख्दा ३४ हजार रुपैयाँ खर्च लागेको पुष्करले बताए।

आफूसँग भए भरको पैसा सकेपछि बिरामी श्रीमतीलाई एम्बुलेन्समा घर ल्याउने पैसासमेत उनीसँग थिएन। त्यही भएर आफूले तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीलाई फोन गरी सोमबार राति सहयोग मागेको पुष्करले बताए।

चौधरीको आश्वासनपछि १२ हजारमा एम्बुलेन्सबाट श्रीमतीलाई घर ल्याइएको पुष्करले बताए। उपमेयर चौधरीले मंगलबार कार्यालयमै बोलाएर १२ हजार रुपैयाँ तिरिदिइन्। थप उपचारका लागि पैसा नभएपछि उनले तुलसीपुरस्थित दोघरेमा दाइको घरमा सृजनालाई राखेका छन्।

दाङ, नेपालगञ्ज, काठमाडौं लगायतका अस्पतालमा उपचार गराउँदा हालसम्म श्रीमतीको लागि ४५ लाख रुपैयाँ जति खर्च भइसकेको पुष्कर बताउँछन्।

‘मैले जिन्दगीभर कमाएको सबै सम्पत्ति श्रीमतीको उपचारमा सकिसक्यो,’ पुष्करले भने, ‘अब थप उपचार गर्न पैसा छैन, के गर्ने तनावमा छु।’ आफ्ना तीन छोरालाई अब कसरी पालन पोषण र शिक्षा दीक्षा दिने भन्ने कुराले सताउन थालेको उनले बताए।

‘छोरोका स्कुल पोसाक र मासिक शुल्क तिर्न सकेको छैन,’ उनले भने, ‘विद्यालयले छिटो शुल्क नपठाएर बच्चा नपठाउनु भन्न थालेका छन्।’

विगत नौ महिनादेखि उभिन नसकेकी श्रीमतीको स्याहार सुसारमा आफू लागेपछि कतै काम गर्न र कमाउन जान नपाएको पुष्करले बताए।

‘श्रीमतीको दिशा पिसाब सबै बेडमै हुन्छ र मैले नै सबै हेरचाह गर्नुपर्छ,’ उनले भने,‘

पुष्करका अनुसार सृजनाको उपचारमा संलग्न चिकित्सकले दाहिने खुट्टाको मासु काटेर देब्रे खुट्टामा भरेका छन्। हात पाखुराको मासु काटेर फेरि दाहिने खुट्टामा भरेका छन्।

गाडी धनी चितवन भरतपुरका ईश्वरी कँडेलले उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति अनुसार रकम नदिएको पुष्करले गुनासो गरे।

‘एक महिना जति भयो गाडी धनी कँडेलले मेरो फोन नै उठाउँदैनन्,’ पुष्करले भने, ‘श्रीमतीलाई त्यसै छोडेर मर्न दिन पनि भएन र अब उपचार गर्न पैसा पनि छैन।’

पुष्करका अनुसार गाडी धनी कँडेलले एक पटक ९ लाख ५५ हजार रुपैयाँ ग्राण्डी हस्पिटलमा दिएका थिए। उपचार खर्च व्यहोर्ने सहमति हुँदा थप ५ लाख पनि दिएका थिए। त्योबाहेक बीमाबापत ३ लाख रुपैयाँ सृजनाले पाइन्।

‘यी सबैबाहेक थप २० लाख उपचार खर्च व्यहोर्ने सहमति भएको हो,’ पुष्करले भने, ‘तर, आज उहाँले फोन नै उठाउनु हुन्न, जसले गर्दा मेरी सृजनाको ज्यान जोखिमा छ।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जिल्ला अदालत दाङमा सृजनालाई ठक्कर दिने टिपर चालकविरूद्ध अंगभंग शीर्षकमा मुद्दा विचाराधीन रहेको बताए।

‘सृजनाको उपचारको लागि ठूलो खर्च भइसकेको छ,’ अर्यालले भने, ‘टिपर धनी त्यो मूल्य चुकाउन निकै प्रयास गरिरहेको भए पनि सकिरहेका छैनन्।’ सेतो पाटि

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.