• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

निर्मला पन्तको बलात्कारी भनिएका दिलीप बिष्टले फेरि समाते अर्की युवती !


काठमाडौं । निर्मला पन्तको बलात्कारी भनेर पक्राउ परेका दिलिपसिंह बिष्टले त्यहाका स्थानिय युवतीहरुलाई समात्न थालेको खबर छ । निर्मला पन्तको बलात्कारी भनेर प्रहरीले किटान गरेका बिष्ट अदालतको आदेशपछि छुटेका थिए । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए । चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिप विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ । निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो,’ एसपी चौधरीले भने, ‘यो कुरालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’

युवती जिस्काएको भन्ने गुनासोका आधारमा आरोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भए/नभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् । चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जिस्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।

दिलिपको पुरानो रेकर्ड एकदमै खराब छ भन्ने जानिबुझी उनलाई कारबाही चलाउन अग्रसरता लिइएको छैन । प्रहरीसँगको बयानका क्रममा विष्टले निर्मलाको आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरिएको थियो । मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए ।

निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका विष्टलाई पक्राउ गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो । सो क्रममा आन्दोलनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर ८ भदौमा स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए । कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा अदालतबाट सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

घटना भएको चार वर्ष बित्दा समेत दोषीको पहिचान हुन नसकेको निर्मला हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको कञ्चनपुर प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली समेत विगत चार वर्षदेखि कञ्चनपुरमै छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) श्याम चौधरी घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । यद्यपी अहिलेसम्म ठोस उपलब्धी हाँसिल गर्न सकिएको अवस्था भने छैन । प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम निरन्तर भइरहेको जनाएको छ ।

अहिलेसम्म शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरेको प्रहरीले पछिल्लो ६ महिनामा मात्र थप तीन जनाको डीएनए परीक्षणका लागि पठाएको छ, तर हालसम्म रिर्पोट प्राप्त भएको छैन । कतिपय व्यक्तिलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाड्ने गरेको कञ्चनपुर प्रहरी बताउँछ ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.