• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

‘छोरो जन्माएको भए सायद मेरी छोरी बाँच्थिन्’


‘छोरो जन्माएको भए सायद मेरी छोरी जिउँदो हुने थिइन् । दुई छोरी जन्माएको भन्दै मनदीपका श्रीमान् र सासुले मेरी छोरीलाई बारम्बार प्राताडित गर्थे । भारतमा उनलाई मार्न सजिलो थिएन । हामी सबै यहाँ थियौँ । अमेरिकामा हामीले कसरी मद्दत गर्ने ?

‘उनीहरूले मेरी मनदीप कौरलाई यति धेरै यातना दिए कि उनी आत्महत्या गर्न बाध्य भइन् । म सरकारसँग उनका पति रन्जोत वीर सिंहलाई यस्तो कठोर सजाय दिन माग गर्छु कि कुनै छोरी यसरी मर्न बाध्य हुन नपरोस् ।’

मृतक मनदीप कौरका बुबा जसपाल सिंहले हरेक आगन्तुकलाई यही कुरा भन्दै रोइरहेका छन् । उनी बारम्बार मनदीपको विवाहको एल्बम हेर्छन् र कहिलेकाहीँ भित्तामा टाँस्सिएर रुन थाल्छन् । उता, मनदीप कौरकी आमाको अवस्था यति नाजुक छ कि छोरीको मृत्युपछि उनी कसैसँग कुरा गर्ने अवस्थामा छैनन् ।

भारतीय मूलकी महिला मनदीप कौरको अगस्ट २ मा अमेरिकाको न्युयोर्कमा मृत्यु भयो । उनको मृत्युको कारण घरेलु हिंसाबाट दिक्क भएर आत्महत्या गरेको बताइएको छ, न्युयोर्क प्रहरीले अनुसन्धान सुरु गरेको छ भने उत्तर प्रदेशको बिजनौरमा ससुराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

बिजनौरको नजीबाबाद थाना कोतवालीमा मनदीपका बुबा जसपाल सिंहको उजुरीमा ससुरा पक्षको विरुद्धमा रिपोर्ट दर्ता गरिएको छ ।

कोतवाली इन्चार्ज इन्स्पेक्टर रवीन्द्र कुमार वर्माले भने, ‘यस मामिलामा, मनदीपका बुबाको उजुरीमा आरोपी मुख्तियार सिंह, मृतककी सासू कुलदीप राज कौर र जेठाजु जसवीरविरुद्ध उजुरी दर्ता गरिएको छ ।’

मृतकका श्रीमान् विरुद्ध उजुरी किन नदिएको भनेर सोध्दा उनी भन्छन्, ‘हेर्नुस्, अमेरिकामा अपराध दर्ता भएको छ, श्रीमान् पनि त्यतै छन्, अमेरिकी प्रहरीले उनीविरुद्ध उजुरी दर्ता गरेको छ । यस्तोमा घर पक्षका यहाँ बस्ने जो व्यक्तिहरुमाथि अत्याचारको आरोप थियो, ती सबैविरुद्ध रिपोर्ट दर्ता गरिएको छ ।’

यता, मनदीपका भाइ सन्दीप सिंहले भने, ‘रणजोत वीर सिंह भारत आएमा उनीविरुद्ध पनि मुद्दा दर्ता गर्ने प्रहरीले हामीलाई आश्वासन दिएको छ । तर, आरोपित सबै अहिले फरार छन् । मनदीप कौरको घरमा ताला लगाइएको छ र उनीहरु सबैको फोन स्वीच अफ छन् ।’

अर्कोतर्फ, अमेरिकाको एक डिजिटल च्यानललाई दिएको अन्तरवार्तामा मनदीपका श्रीमानले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो पाँच वर्ष पुरानो भएको र उनीहरुको वैवाहिक जीवन निकै राम्रो रहेको बताए ।

मनदीपकाे घर जहाँ ताल्चा लगाइएकाे छ

के हो भाइरल भिडियो ?

‘द कौर मुभमेन्ट’ ले सामाजिक सञ्जालमा साझा गरेको जानकारी अनुसार मनदीप कौर आफ्ना श्रीमान् र दुई नाबालिग सन्तानसँग न्यूयोर्कको क्वीन्स क्षेत्रमा बस्दै आएकी थिइन् ।

मनदीप कौर विगत आठ वर्षदेखि घरेलु हिंसाको शिकार थिइन् र उनका श्रीमानले उनीमाथि कुटपिट गर्ने गरेको दाबी गरिएको छ ।

पछिल्ला दिनमा यी सबैबाट आजित भएर उनले आत्महत्या गरेको आरोप लागेको छ । उनको मृत्युपछि सामाजिक सञ्जालमा श्रीमानलाई पक्राउ गरी कडा सजायको माग भइरहेको छ ।

यससँगै सामाजिक सञ्जालमा ती नाबालिक सन्तानलाई सेफ कस्टडी दिने कुरामा पनि जोड दिइएको छ ।

कुटपिटको भाइरल भिडियोमा उनका श्रीमानले आफूलाई छोरी होइन छोरा चाहिएको भनेर भनिरहेको सुन्न सकिन्छ ।

इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा मनदीपका श्रीमानले उनीमाथि कुटपिट गरेको देखिन्छ ।

मनदीपको अर्को भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले आफूमाथि भएको घरेलु हिंसाको उल्लेख गरेकी छिन् ।

भाइरल भिडियोमा मनदीप कौरले अब आफूले सहन नसक्ने बताएकी छिन् । यससँगै उनले श्रीमानको परिवारमाथि पनि धेरै गम्भीर आरोप लगाएकी छिन् ।

तर, मनदीप कौरका पतिले भने, ‘सोसल मिडियामा भाइरल भिडियो पाँच वर्ष पुरानो हो र यसलाई गत साता भएको मृत्युसँग जोडिएको छ ।’

मनदीपका श्रीमानले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

मनदीपकी बहिनी

के भन्छन् मनदीप कौरका परिवारका सदस्य ?

मनदीप कौरका बुबा जसपाल सिंहले दाबी गर्दै भने, ‘विवाहको केही वर्षपछि मेरी छोरीमाथि अत्याचार हुन थाल्यो, उनी यहाँ भारतमा करिब साढे दुई वर्ष बसिन् तर यहाँ उनका श्रीमान्, सासु र ससुराबाहेक घरका केही अन्य व्यक्तिले उनलाई प्रताडित गरिरहेका थिए । पछि उनका श्रीमानले उनलाई टुरिष्ट भिसामा अमेरिका लगे र त्यहाँ उनीमाथि थप अत्याचार भयो ।’

उनले थपे, ‘अमेरिका गएपछि छोरीलाई यातना दिइयो, त्यसको भिडियो बनाइयो र घरका सदस्यलाई देखाउनका लागि मनदीपका श्रीमान् रणजोत वीर सिंहले भिडियो पठाए । उनले मनदीपलाई देखाएर दाइजो मागिरहेका थिए । साथै मनदीपले छोरा नजन्माएर छोरी जन्माएको भनेर पनि प्रताडित गरिएको थियो । रणजोत वीरलाई उनकी आमाले मेरी छोरीविरुद्ध उक्साउँथे । मेरी छोरीले छोरा जन्माएको भए सायद उसको ज्यान बच्न सक्थ्यो ।’

विवाहपछि नै सुरु भयो अत्याचार

मनदीप कौर बिजनौरको नजिबाबाद तहसीलअन्तर्गत मोहम्मद तहरपुर गाउँकी बासिन्दा हुन् । उनका बुबा जसपाल सिंह किसान हुन् । जसपाल सिंहका तीन सन्तानमध्ये जेठो छोरा सन्दीप सिंह विवाहित छन् ।

उनीभन्दा कान्छी ३० वर्षकी मनदीप कौर थिइन् भने सबैभन्दा कान्छी छोरी कुलदीप कौर हुन् । कुलदीपले स्नातकसम्म पढेकी छिन् र अझै अविवाहित छिन् ।

कुलदीपले आफ्नी दिदीलाई सम्झँदै भनिन्, ‘मेरी दिदीको विवाह हाम्रो घरबाट करिब चार किलोमिटर टाढा बडिया गाउँमा बस्ने रणजोत वीर सिंहसँग भएको थियो । उनको बुबाको नाम मुखतियार सिंह हो । रणजोत वीर पहिले पनि विदेशमा थिए । घर परिवार राम्रै छ भन्ने सोचेर हामीले दिदीको विवाह सन् २०१५ फेब्रुअरी १ मा गरिदियौँ तर हाम्री दिदीले विवाहको केही समयपछि नै उनीमाथि अत्याचार र कुटपिट हुने गरेको बताउने गर्थिन् ।’

कुलदीपले थपिन्, ‘पति(पत्नीबीच अक्सर यस्तो त भइहाल्छ नि भन्ने सोचेका थियौं, तर उनीहरुको अत्याचार बढ्दै गयो । मनदीपकी सासु, ससुरा र जेठाजु र भाउजु पनि यसमा संलग्न थिए । ३ नोभेम्बर २०१६ मा मनदीपले छोरी जन्माइन् त्यसपछि उनीहरुमाथिको अत्याचार झन् बढ्यो ।’

मनदीपकी छोरी भएदेखि नै उनीमाथि अत्याचार बढेको मनदीपका परिवारका सदस्यले लगातार दाबी गरिरहेका छन् ।

मनदीपका दाइ सन्दीप सिंह भन्छन्, ‘रणजोत वीर सिंह फेब्रुअरी २०१७ मा अमेरिका गएका थिए । केही समयपछि उनले मेरी बहिनी मनदीपलाई पनि त्यहाँ बोलाए । त्यहाँ ७ अगस्ट २०१८ मा अर्की छोरीको जन्म भएको थियो । हामीले सोचेका थियौं कि अब सबै ठीक हुन्छ ।’

‘यहाँबाट आमाले पनि कान भर्नुहुन्थ्यो । रणजोतको अत्याचार बढ्दै गयो । उनले मनदीपलाई विभिन्न तरिकाले यातना दिए । उसलाई एउटा लोडरमा बन्धक बनाएर राखियो, खाना पनि दिइएन । यो सबै घटनाको भिडियो कसैगरी मेरी बहिनीले बच्चाको ट्याबबाट आफ्ना केही साथीलाई पठाइन् । उनीहरुमार्फत् हामीले यो भिडियो पायौँ ।’

यस विषयमा परिवारका तर्फबाट उजुरी परेपछि उनले भने, ‘अमेरिकामा बस्ने आफन्तबाट यसबारे अमेरिकी प्रहरीमा उजुरी दिएका थियौं तर पछि रणजोत वीरले मेरी बहिनीलाई प्रलोभनमा पारेर, जालझेल गरेर उजुरी फिर्ता लिन लगाए र माफी मागेर प्रेमपूर्वक बस्ने बचन दिएका थिए । मेरी बहिनीले उनको धोका बुझ्न सकिनन् ।’

मनदीपका पिता

मनदीपको मृत्यु अगस्ट २ मा भएको थियो

परिवारका सदस्यहरूका अनुसार मनदीप कौरले लगातार आफ्नो परिवारमाथि कुनै न कुनै माध्यमबाट अत्याचारको भिडियो पठाइरहेकी थिइन् । उनले आफ्ना समस्या बयान गरिरहेकी थिइन् तर उनीहरुबीचको दुरीले सायद यो समस्या हट्न सकेन ।

बहिनी कुलदीप कौरले रुँदै भनिन्, ‘बहिनीको भिडियो हेरेर म अझै रोइरहेकी छु, मलाई कतै केही भइहाल्छ कि भन्ने पनि सोच्छु । उनले मलाई रुँदै आफ्नो समस्या बताउँथिन् तर उनी अमेरिकामा थिइन् र म वा घरका सदस्यले उनलाई कसरी बचाउन सक्थ्यौँ र । हाम्रा केही आफन्तले त्यहाँ उनको मद्दत गरे तर रणजोत वीरका कारण मेरी दिदीको ज्यान गयो ।’

मनदीपका भिनाजु शमशेरले बीबीसीसँग भने, ‘रणजोत वीरले एक बयानमा मनदीप मानसिक रूपमा बिरामी भएको दाबी गरिरहेका छन्, एक व्यक्तिले यति धेरै झुट कसरी बोल्न सक्छ ? मनदीप पूर्ण रूपमा स्वस्थ थिइन् ।’

उनी थप्छन्, ‘मनदीपको मृत्युअघि अगस्ट १ मा मैले केही भिडियो पाएको थिएँ । उनी रोइरहेकी थिइन् । यो भिडियो पाएपछि हामीले विभिन्न नम्बरबाट मनदीपलाई फोन गर्यौं, तर उनको फोन उठेन । पछि एकजना आफन्तले फोन गरेर मनदीप अब यो दुनियाँमा नभएको बताए । भारतीय समय अनुसार त्यो मिति अगस्ट २ थियो ।’

मनदीपकी बहिनी कुलदीप कौरले पनि आफ्नी बहिनी धेरै धैर्यवान भएको तर अत्याचारले उनलाई तोडिदिएको बताइन् ।

उनी भन्छिन्, ‘मनदीपले आफ्ना दुई छोरीहरूलाई असाध्यै माया गर्थिन् । छोरीकै लागि बाँचिरहेको छु भनेर प्रायः भन्ने गर्थिन् तर उत्पीडन यति बढ्यो कि उनको माया हार्यो ।’

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.