• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो कोही पनि अचम्मित हुने भोजपुरको ‘नागछाँगा’ पर्यटकको पर्खाइमा


भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल नागछाँगा ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिकस्वरूप रहेको यो स्थान ओझेलमा परेको हो ।ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा स्थानीयवासीको भने धार्मिक आस्थाको केन्द्र हो । यहाँ नयाँ वर्ष, फागुपूर्णिमा, माघेसङ्क्रान्तिलगायत विभिन्न चाडपर्वका अवसरमा मेलासमेत लाग्ने गरेको छ । यहाँ गएर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको भनाइ छ ।

ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो कोही पनि अचम्मित हुन्छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गर्दछ । त्यहाँ पुग्नेको पहिलो नजर नै नागको चित्रमा जाने गर्दछ ।

यो स्थानको संरक्षणका लागि विगतबाट काम भइरहेको भए पनि पूर्णरूपमा संरक्षण तथा विकास भने हुन सकेको छैन । विगतमा यहाँको छाँगाबाट ठूलो पानी झर्ने गरेको भए पनि शिरमाथिबाट सडक विस्तार गरिँदा हिउँदका समयमा पानी कम झर्ने गरेको छ । जसले छाँगाको सुन्दरतामा असर पु¥याएको छ ।

यहाँ किराँतसँगै, हिन्दू धर्मावलम्बीले श्राद्ध गर्ने, स्वस्थानी, व्रतबन्ध, रुद्री पूजा लगाउने गरेका छन् । यहाँ पुग्नका लागि कच्ची सडक पनि निर्माण गरिएको छ । छाँगा वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमानामा अवस्थित छ । विभिन्न समयमा मेला महोत्सव र पूजाआजासमेत हुने गरेको छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको किम्वदन्ती रहेको स्थानीय जानकारको भनाइ छ ।

स्थानीयवासी हरिप्रसाद निरौलाले भन्नुभयो, “यो स्थानको धेरै ठूलो धार्मिक महत्व छ । यसको सम्बन्ध यहाँ नजिकै रहेको गोल्माराजा गोल्मारानी भिरसँग पनि जोडिएको छ । राजारानीले नै सुरक्षाका लागि यहाँ नाग राखेको किम्वदन्ती छ । यहाँ परापूर्वकालमा नाग नै बस्थ्यो रे ।”

यसको महत्वलाई बुझ्न नसक्दा पवित्र धार्मिक तथा पर्यटकीय स्थल चर्चामा आउन नसकेको उहाँको भनाइ छ । विभिन्नखाले मानवीय क्रियाकलापले पनि छाँगालाई असर पु¥याएको निरौलाको भनाइ छ ।

यसलाई थप संरक्षण गरेर विकासमा जोड दिए पर्यटकीयसँगै धार्मिकस्थलका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ छ । “वास्तवमा यो ठाउँ ओझेलमा परेको छ । यहाँको दृश्यलाई हेर्दा कोहीको पनि मन लोभ्याउँछ”, निरौलाले भन्नुभयो, “यसलाई व्यवस्थित ढङ्गले संरक्षणसँगै प्रचार गर्न सकिएन । भौगोलिकरूपले विकट रहेका कारण पनि जो कोही मानिसलाई आइपुग्न समस्या छ ।”

छाँगाबाट नजिकै रहेको गोल्माराजा गोल्मारानी भिरमा परापूर्वकालमा राजा बिहेको जन्ती लिएर आउने क्रममा सबै जना त्यहीँ अलप भएको किम्वदन्ती छ । यहाँको ढुङ्गामा पञ्चेबाजामा प्रयोग हुने नरसिंहा, दमाहा, सनही र लहरै जन्ती हिँडेको जस्तो चित्रसमेत हेर्न सकिन्छ । त्यहाँको ढुङ्गामा नै गाईको नक्सा रहेकोसमेत निरौलाले जानकारी दिनुभयो । यहाँ दुई धार्मिकस्थलको एक आपसमा सम्बन्ध रहेको छ ।

छाँगा रहेको ठाउँसम्म पुग्नका लागि गोरेटो बाटोसँगै केही संरचना निर्माण गरिएको छ । पवित्र तीर्थभूमिसँगै पयर्टकीय क्षेत्र रहेकाले यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । अहिले विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् । यसको प्रचारमा व्यापकता दिनसके मानिसको आवागमनमा वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी उत्तम राईले भन्नुभयो, “यो स्थान आएर दर्शन गर्दा प्रत्यक्ष नाग देखेको अनुभव हुन्छ । जिल्लामा यस्तो ठाउँ कतै छैन । यहाँ झरनासँगै ढुङ्गामा नागको चित्रले मान्छेलाई अचम्मित पार्छ । तर यो ठाउँ धेरै मानिसले चिनेका छैनन् । यसको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सक्ने हो भने गाउँपालिकाको राम्रो आम्दानी स्रोतका रूपमा स्थापित गर्न सकिन्छ ।”

यसको मौलिकतालाई कायम राख्दै उचित व्यवस्थापन गरी प्रसारप्रचार गर्नसके यो गाउँपालिकाको निकै गतिलो सम्पत्तिका रूपमा स्थापित हुनसक्ने स्थानीयवासी ढकप्रसाद भट्टराईको भनाइ छ ।

छाँगाको विकासमा स्थानीय जनता र सरोकारवाला निकाय एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, “वास्तवमा यति धेरै महत्व बोकेका धार्मिक क्षेत्र नेपालमा कमै मात्र छन् । नागछाँगा ओझेल पर्नुमा धेरै कारण छन् । प्रचारप्रसार र विकास गर्नसके यो स्थल नेपालमा मात्र नभएर विश्वमा चिनिन्छ ।”

यसको नजिकै रहेको गोल्माराजा गोल्मारानी भिरको पनि धार्मिक महत्व उजागर गर्नसकेमा झनै राम्रो हुने उहाँको तर्क छ । यस्ता विभिन्न पुण्यभूमि आफ्नो ठाउँमा हुँदा पनि यसबाट लाभ लिन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयवासीको धार्मिक आस्थाको ठाउँ रहेकाले छाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राई(निर्माण)ले बताउनुभयो ।

अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उहाँको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले सोहीअनुसार विकासको काम गर्ने अध्यक्ष राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसलाई हामीले गाउँपालिकाको सम्पत्तिका रूपमा लिएका छौँ । प्रकृतिले यति सुन्दर ठाउँ हामीलाई दिएको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यो ठाउँलाई स्थानीयवासीको आय स्रोतका रूपमा विकास गर्ने योजना छ । यो ठाउँ निकै नै सुन्दर र अनोठौ छ । यसको यही विशेषता पर्यटकको रोजाइमा पर्छ भन्ने हामीले विश्वास लिएका छौँ ।”

गाउँपालिकाले अन्य पर्यटकीय क्षेत्र बहेरेश्वर मन्दिर, पामखाङ भञ्ज्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताउनुभयो । चुलाचुली गुफा, ओख्रे, नागछाँगा, गोल्मेराजा गोल्नेरानी भिर हुँदै रामप्रसाद राई पार्कसम्म करिब पाँच किलोमिटर पदमार्गको काम थालनी गरेको राईको भनाइ छ । यो पदमार्गको नाम बागबुङ पदमार्ग राखिएको छ ।

“यहाँ प्राकृतिक नागको आकार प्रत्यक्ष देख्न सकिन्छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँसम्म पर्यटक पुग्न सहज बनाउन पदमार्ग निर्माण गरिहेका छौँ । यो पदमार्गले अन्य धार्मिक तथा पर्यटकीयस्थललाई पनि समेट्छ । केन्द्र तथा प्रदेश सरकारसँग बजेटको माग गरेर थप विस्तारमा लाग्छौँ ।” यो क्षेत्रमा आउन पर्यटकलाई लक्षित गरेर ज्येष्ठ नागरिक, अशक्त तथा बालमैत्री तरिकाबाट बाटो निर्माण गर्ने उहाँले योजना सुनाउनुभयो ।

स्थानीय स्रोतसाधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताउनुभयो । रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा महत्वका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।

पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उहाँले बताउनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “हाम्रो गाउँपालिका नै एक ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँको विकासका लागि काम गर्छौँ । यहाँ पानीको व्यवस्था गर्नका लागि हामीले ध्यान दिएका छौँ । यसलाई पहिलाको स्वरूपमा ल्याउन गाउँपालिकाले भूमिका खेल्छ ।”

यसअघि सुन्दर झरना भए पनि सडक विस्तारका कारण पानीको मुहान सुक्दै गएका कारण हिउँदका समयमा छाँगामा पानी कम हुने गरेको वडाध्यक्ष राजकुमार तामाङले बताउनुभयो । पानीको संरक्षणका लागि स्थानीयस्तरबाट पनि काम भइरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

“बर्सातका समयमा अति नै सुन्दर देखिने यो स्थानमा हिउँदमा भने अलि पानी कम खस्ने गरेको छ । यहाँ पानीको व्यवस्थापन गर्नका लागि वडा तथा गाउँपालिकाको तर्फबाट काम गर्ने योजना छ ।” यहाँ खोटाङ, उदयपुर, सुनसरी, धनकुटा सिरहालगायत ठाउँबाट धार्मिक पर्यटक आउने गरेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यो स्थान सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यहाँ पुग्नका लागि अहिले छाँगा भएको ठाउँभन्दा करिब १०० मिटर तलसम्म यातायातको साधन लैजान सकिने अवस्था रहेको छ । छाँगा करिब ६० मिटर आग्लो रहेको गाउँपालिकाले जनाएको छ ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.