चितवन – भारी वर्षासँगै आएको हावाहुरीले भरतपुर महानगरपालिका ११ भोडमा रुख ढल्दा स्कुटरमा क्षति पुगेको छ ।
आज (सोमबार) दिउँसो ४:४० बजे भोजाड जंगलमा रुख ढलेर पदमपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४प८१५१ नम्बरको स्कुटर च्यापिएको हो । स्कुटरमा क्षति भए पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस्तै रुख ढलेर भोजाड पदमपुर सडक अवरुद्ध भएको छ । अहिले ढलेको रुख हटाएर बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।