काठमाडौं २३ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । हेटौंडाको रिलायन्स स्कुलको बस , कार र ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।
सुरुमा कार र ट्याङ्कर एक आपसमा ठोक्किएपछि त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको हो ।
दुर्घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएका छन् । प्रहरीले बताए अनुसार घाइते मध्ये केहि स्कुलको विद्यार्थी समेत रहेका छन् ।
अहिले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




