गैँडाकोट
गैँडाकोट १ की साढे २ बर्षकी बालिका सहारा श्रेष्ठ बेपत्ता भएको १ हप्ता हुँदा सम्म अझै फेला पर्न सकेकी छैनन् ।
१६ गते सोमबार विहान करिव पौने ११ बजेबाट बालिका बेपत्ता भएकी हुन ।
यसअघि अविरल वर्षाका कारण गैँडाकोट १ शुभटोलमा नहरमा परेको हुन सक्ने भन्दै प्रहरी र स्थानीयले खोजी गरेका थिए ।
बिभिन्न खोला र नहरमा खोज्दा समेत अझैसम्म भेट्न नसकिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
परिवार तथा स्थानीयले अपहरणको समेत आशंका गरेपछि प्रहरी यस विषयमा पनि अनुषन्धान गरिएको थियो ।
घटनाका सम्बन्धमा केही व्यक्तिलाई सोधपुछ गरेपनि सँलग्नता नभएको पाइएको प्रहरीले जनाएको छ ।
यस्तै आज पनि खोला र नहरमा परिवार सँगै खोजतलास गरिने इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
पानी पर्न कम भएसँगै फेरि नाला र खोलामा खोज्न थालिएको उहाँको भनाई छ ।




