• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

बैंकको रकम हिनामिना गरी मेनेजर फरार


गुलरिया : नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन्। ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको मेनेजर धर्मेन्द्र न्यौपानेमाथि आरोप छ।

नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताए। उनले भने, ‘हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन। घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ।’

कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए। भर्खर मात्र कार्यालय सम्हाल्न आएका मेनेजर अधिकारीले बैंकको रकम आईपीएस प्रयोग गरेर हिनामिना भएको देखिएको बताए।

‘बैंकको अडिट भैसकेको छ। जुन-जुन ग्राहकको खाताबाट रकम झिकिएको छ सो रकम बैंकले ग्राहकहरुको खातामा हाल्ने भएकाले ग्राहकले जम्मा गरेको रकम घट्दैन। बैंक लुटिंदा हामीले रकम फिर्ता गरेका छौं। यसमा त फिर्ता नहुने कुरै छैन’, उनले भने। ग्राहकहरुलाई ढुक्क हुन उनले आग्रह गरे। सम्पर्कविहीन कार्यालय प्रमुखको बैंकले पनि खोजी गरिरहेको उनले बताए।

‘हराएको मान्छे भेटिन पर्‍यो। पैसा त बैंकले हालिहाल्छ। सुरुमा पत्ता लगाउन मात्र कठिन हो’, अधिकारीले प्रष्ट्याए। नेपाल बैंक लिमिटेड गुलरियाका मेनेजरले आईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएको भेटिएपछि बैंकले जिल्ला प्रहरी कार्यालय बर्दियामा बैंकिङ कसुरमा मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

बैंकको ५० लाख रुपैयाँ आईपीएस मार्फत हिनामिना गरी फरार मेनेजर न्यौपानेलाई छानविनको लागि बैंकले दिएको जाहेरी रितपूर्वक दर्ता गरी अनुसन्धान सुरु भएको एसपी शाहीले बताए। उनले परिवारले पनि हराएकाले खोजी गरी पाम भनी निवेदन दिएको जानकारी दिए।

‘हामीले खोजी कार्यलाई तीव्रता दिएका छौं। मोबाइल स्विच अफ छ’, उनले भने। प्रहरी गहिरो अनुसन्धानमा रहेकाले बाँकी तथ्य चाँडै पत्ता लाग्ने उनले विस्वास दिलाए। कालिकोटबाट बसाइ सरी नेपालगञ्ज घर भएका न्यौपाने केही महिनादेखि नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखामा प्रवन्धकको रुपमा कार्यरत थिए।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.