चितवन, साउन २२-
चितवनमा कोरोनाको कारणले एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणले गम्भीर भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।
खैरहनी नगरपालिकाका स्थायी बासिन्दा मृतक ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।
डा पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे ।
उनले भने, ‘ चितवनमा सबैले स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएको छ । ४७ वर्षीय पुरुषको निधनले थप सतर्क बनाएको छ ।’
चितवनका सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र घरमा ७९ जना रहेका छन् ।




