• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको शव घरसम्म पुर्‍याउन मात्रै २६ करोडभन्दा धेरै खर्च

काठमाण्डौ – गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव काठमाण्डौबाट घरसम्म पुर्‍याउनका लागि मात्रै बोर्डले २६ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी बोर्डले ३८ जना महिला र ७५७ जना पुरुष गरी ७९५ जना श्रमिकको शव घरसम्म पुर्‍याउन यो रकम खर्च गरेको हो । विदेशमा ज्यान गुमाउनेहरूको शव बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क घरसम्म ढुवानी गर्ने गर्छ ।

विदेशबाट नेपालमा शव झिकाउनका लागि पनि बोर्ड गन्तव्य देशसँग समन्वय गरी रकम ९५ लाख २३ हजार ४५८ रुपैयाँ पठाएको छ । विदेशमा ज्यान गुमाएका २१३ जना श्रमिकको शव स्वदेश झिकाउन सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरी रकम पठाएको हो ।

आर्थिक सहायता अनलाइनबाट
श्रमिक र उनका परिवारलाई बोर्डले अनलाइनबाटै आर्थिक सहायता प्रदान गरेको जनाएको छ । बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरेको छ ।

४६ जना महिला र १४ सय ३३ जना पुरुष गरी १४ सय ७९ जना मृतक श्रमिकका परिवारलाई अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डले अनलाइन प्रणालीमार्फत १४ सय ७९ जना मृतक श्रमिकको परिवारलाई ८३ करोड ६ लाख ९९ हजार रुपैयाँ प्रदान गरेको छ ।

पहिले वैदेशिक रोजगार बोर्डमार्फत पाइने आर्थिक सहायता रकम लिन काठमाण्डौमा रहेको बोर्डको कार्यालयमै आउन पथ्र्यों । तर पछिल्लो केही वर्षयता बोर्डले आर्थिक सहायता रकम अनलाइन प्रणालीबाट प्रदान गरिरहेको छ ।

आवश्यक प्रक्रिया पूरा गरी आर्थिक सहायताका लागि पालिकाबाटै निवेदन दिन सकिन्छ । पालिकाले प्रमाणित गरेर पठाएको आवेदन जाँच गरी वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता रकम बैक खातामा पठाउँछ ।

यस्तै वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा बिरामी भएका २४५ जना श्रमिकलाई ९ करोड १७ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । यो आर्थिक सहायता रकम पनि अनलाइन प्रणालीबाटै प्रदान गरेको बोर्डले जनाएको छ ।

९ जना श्रमिकका परिवारलाई ४ लाख ३० हजार रुपैयाँ औषधी उपचारका लागि प्रदान गरेको छ ।

यस्तै बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम बापतको ३ लाख २५ हजार ५ सय रुपैयाँ शोधभर्ना गरेको छ । ४६५ जना महिला श्रमिकलाई अभिमुखीकरण गरेबापत रकम शोधभर्ना गरिएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार छात्रवृत्ति बापत बोर्डले २ करोड ४८ लाख ८६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । १२ सय ४३ छात्रा र १३ सय ५१ जना छात्र गरी २५ सय ९४ जनालाई बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै मृत्यु वा अङ्गभङ्ग भएका श्रमिकका बालबालिकालाई बोर्डले १२ कक्षासम्म पढ्नका लागि वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गर्छ ।

यी सबै कार्यबापत बोर्डले गएको आर्थिक वर्षमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.