• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

१७ वर्षपछि उजेली यस्ती भईन् हेर्नुहोस


१७ वर्षअघि (२०६२) पहिलोपटक काठमाडौंबाट हुम्ला टेक्दा त्यो ठाउँबारे मेरो मस्तिष्कमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर अंकित थियो । उतिबेला सदरमुकाम सिमकोटमा पत्रकार भैरव रिसाललगायतले ‘उज्यालो अभियान’ चलाइरहेको सुनेको थिएँ । पुगेपछि थाहा भो– सोही अभियानअन्तर्गत सदरमुकाम आसपासका गाउँहरूमा ‘सोलार टुकी’ बल्न थालेको रहेछ ।

सदरमुकाम छेउकै तल्लो गाउँमा उजेली रावतलाई भेट्टाएँ । नामैले आकर्षित गरेको थियो मलाई । हुम्लाको उज्यालो तस्बिर खोजिरहेका बेला मसामु आइपुगिन्– ‘उजेली’ । त्यतिबेला पहिलोपटक उनको तस्बीर खिचेको थिएँ । त्यसपछि २०७१ र २०७९ मा उनको तस्बिर खिचेँ, जीवनमा आएको बदलावलाई क्यामेरामा कैद गरेँ । तर, अझै उनको नाम सुहाउँदो हुम्ला ‘उज्यालो’ भएको महसुस गरिनँ ।

पहिलोपटक तस्बिर खिच्दा उजेली १८ वर्षकी थिइन्– पिठ्युँमा बच्चा र हातमा किताब बोकिरहेकी ! ०७१ मा फेरि हुम्ला जाने अवसर मिल्यो । तर, त्यसबेला हुम्ला सम्झनेबित्तिकै मेरो दिमागमा गरिबी र अभावको चित्र बनेको थिएन, ‘उजेली’ को अनुहार थियो । ८ वर्षपछि भेट्दा तीन सन्तानकी आमा भइसकेकी रहिछन् उजेली । पहिले आफू पढ्थिन्, त्यसबेला छोराछोरी पढाइरहेकी थिइन्– सोलारको टुकीमा होइन बिजुलीको मधुरो प्रकाशमा । २५० किलोवाटको हेल्दुङ जलविद्युत् आयोजनाले सोलार टुकीबाट जनतालाई छुटकारा दिलाएको थियो ।

८ वर्षपछि यसपटक फेरि ०७९ साउन ३ मा हुम्ला पुगेँ । यसबेला साइकलयात्री मंगल लामा ‘ग्रेट हिमालयन ट्रेल’ को १७०० किमि दूरी पार गरेर ८८ औं दिनमा हिल्सा पुग्ने भएपछि उनको फोटो–स्टोरी गर्न हुम्ला पुगेको थिएँ । लामो साहसिक यात्रापछि हिल्सा आइपुगेका थिए मंगल । उनलाई भेट्ने उत्साह त थियो नै, सँगै उजेलीको यात्रालाई क्यामरामा कैद गर्न पाइने खुसी पनि थियो । देशको यति दुर्गम भेगमा बाँचिरहेको एउटा जीवनमा समयसँगै आएको परिवर्तन पटकपटक कैद गर्न पाउनु फोटोग्राफरका लागि दुर्लभ अवसर हो, यसले झनै उत्साही बनाएको थियो । उजेलीमार्फत मैले हुम्लाको परिवर्तन पनि महुसस गर्न पाएको थिएँ ।

पहिले पनि र अहिले पनि म हवाइजहाजबाटै हुम्ला पुगेँ । कणार्ली राजमार्गले अझै सिमकोट भेट्टाएको छैन । खच्चड र हवाइजहाजबाटै नुनदेखि सुनसम्म ओसार्नुपर्छ । त्यसरी ओसार्नुपरेपछि ती सामग्रीको मूल्य असाध्यै बढ्छ । पछिल्लोपटक म सिमकोट पुग्दा गोलभेंडा प्रतिकिलो ५५०, अण्डा एक क्यारेटको १०००, चिनी एक किलोको २५० देखि ३००, ब्रोइलर कुखुराको मासु प्रतिकिलो ८५० रुपैयाँ थियो । खाली ग्यास सिलिन्डर भर्नुपरे ६,५०० र पूरै ग्याससहित सिलिन्डर किन्नुपरे त ११ हजार रुपैयाँ पर्थ्यो । यस्तो महँगीमा उजेलीको परिवारले कसरी जीवन चलाइरहेको छ ? सम्झँदा पनि कहाली लाग्छ । काठमाडौंमा मैले यही मूल्यमा खाद्य सामग्री किन्नुपरेको भए, सायद मेरो दैनिकी कसरी चल्दो होला !

हुम्लामा चामल र नुनचाहिँ सरकारले अनुदान दिएरै भए पनि काठमाडौंकै दरमा पुर्‍याउँदो रहेछ । तर, त्यही चामल लिन पनि उति सहज छैन । पञ्चायतकालको सुरुवातमा जब प्रशासनिक कामका लागि काठमाडौंबाट मान्छेहरू कर्णाली पुग्न थाले, तब त्यहाँ चामल हुँदो रहेनछ भन्ने तथ्य शासकलाई थाहा हुन थाल्यो । अनि खाद्यान्न अभाव रोक्ने तत्कालीन उपायका रूपमा हवाइजहाजमार्फत चामल पुर्‍याउन थालियो । यो उपाय अझै निरन्तर छ । यसले स्थानीय उत्पादन र कृषि प्रणाली ओझेलमा पर्‍यो ।

तिते फापर, सिस्नु, चिनो, उवा, कोदो, रातो च्याउको उत्पादन कम हुँदै गयो । यसले खाद्य निर्भरता पनि बढाएको दखिन्छ । एक दशकअघिसम्म यस्तै अवस्थाबाट गुर्जिरहेको जुम्लाको कर्णाली राजमार्गमा मोटर चल्न थालेपछि खाद्य वस्तुको मूल्य त घटेको छ, तर स्थानीय कृषि प्रणाली जोगाउन सकिएको छैन । सरकारले ०७५ सम्ममा देशका ७७ जिल्ला सदरमुकाममै मोटरबाटो पुर्‍याउने घोषणा गरे पनि हुम्लाको सिमकोटमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । तर, जिल्लालाई भने मोटरबाटोले छोएको छ ।

हुम्लाका मान्छेहरूको मुख्य आम्दानीको स्रोत हो– जडीबुटी, तर त्यसले बजार पाइरहेको छैन । ‘हुम्लामा स्याउ उत्पादन बढिरहेको छ तर, बजार नपाएर गाईबस्तुलाई खुवाउनुपरिरहेको छ’, स्थानीय जंग लामाले भने । जंगले यस्तो भनेको सुन्दा कसको मन कटक्क खाँदैन र ? हुम्लाको यस्तो परिवेशमा उजेलीको जीवन यात्रा झन् कष्टकर छ ।

३५ वर्षमा ४ छोराछोरीकी आमा बनेकी उजेलीलाई पछिल्लोपटक भेट्दा सोधेँ, ‘यहाँ यति धेरै छोराछोरी हुर्काउन गाह्रो हुँदैन ?,’ उनले हाँस्दै जवाफ दिइन्, ‘एउटा, दुइटा पाएको भए पो सुखले बिग्रिन्थे त, ४ वटा भएपछि त दुःखै दुःख हुन्छ आफैँ हुर्किहाल्छन् नि !’

विगतमा उनीसँग सम्पर्क गर्ने कुनै माध्यम थिएन । अहिले प्रविधि उनीसम्मै पुगेको छ । यसपटक भेट्दा उनी मोबाइलमा ‘टिकटक’ चलाउँदै थिइन् । उजेलीले छोराछोरीको स्याहारसुसार र खेतीपातीमा ध्यान दिनुपर्ने भएपछि १० कक्षाभन्दा माथि पढ्न सकिनन् । तर, उनका छोराछोरी बिजुलीको उज्यालोमा पढ्छन् । घरमा टीभी पनि छ । आजकल ‘आनन्दी सिरियल’ हेर्छिन् । उजेलीकी जेठी छोरी अहिले १० कक्षा पढ्ने भएकी छन् । र, कान्छी छोरी २ कक्षा पढ्छिन् ।

छुट्टिने बेला उजेलीले भनिन्, ‘हामीलाई पैसा कमाउन गाह्रो छ । सामान असाध्यै महँगो छ । गाडी आइपुगे हाम्रो पनि सुखको दिन फिर्थ्यो कि !’

म पनि अर्कोपटक गाडीमै चढेर उनको घर पुग्न चाहन्छु, फोटो खिच्न चाहन्छु । के मेरो रहर पूरा होला ?

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.