• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

नारायणी नदीमा अलपत्र ‘पानी जहाज’ : बाहिर बोराको टालो, भित्र माकुराकाे जालो

चितवन – चितवनको नारायणी नदीमा सञ्चालन गर्ने उद्देश्यले बनाइएको क्रुजसीप (सानो पानीजहाज) अलपत्र अवस्थामा पुगेको छ । दुई वर्ष अगाडि नै सञ्चालनमा आउन लागेको भनिएको पानी जहाज अहिले बेवारिसे जस्तै बनेको छ । नदी किनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बाहिर बोराको टालोले छेकिएको छ भने जहाजभित्र माकुराको जालो लागेको छ ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम सकिएको थियो । २०७६ साल फागुनदेखि अनलाइन टिकट बुकिङ्ग सुरु गर्ने बताइएको थियो । नदीमा परीक्षण सफल भएको जहाज नियमित सञ्चालनमा नआउँदै बेवारिसे बन्न पुगेको हो ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमार्फत भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले जहाजको निर्माण गरेको थियो । क्रुजमा दुई इञ्जिन रहेका छन् । लामो समयदेखि इञ्जिन चलेको छैन । निर्माणका लागि १५ करोड रुपैयाँ हाराहारी खर्च भएको जनाइएको छ ।

पानी जहाज रहेको वरपर झाडीले ढाकेको छ । बनिरहेका भौतिक संरचनाहरु प्रायजसाे अपूरा छन् भने बनिसकेका संरचना बेवारिसे अवस्थामा रहेका छन् । एक जना सुरक्षा गार्डको निगरानी रहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज चल्ने तयारीसँगै वरपर होटलहरु खुल्ने क्रम पनि बढेको थियो । त्यसबेला भविष्य सुरक्षित देखेर जमिन किन्नेहरुको होडबाजी चलेको थियो ।

निर्माण सम्पन्न भइ परीक्षण समेत सफल भएको जहाज सञ्चालनमा आउन नसक्नुको कारण राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले औपचारिक रुपमा बताउन सकेको छैन । कोरोना कहरका कारण सञ्चालनमा ल्याउन नसकेको बताए पनि पछिल्लो समयमा अलपत्र पर्नुको कारण खुलाइएको छैन।

राइनो वाटर इन्टरटेनमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण जहाज नदीमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभएको थियो । कोरोनापछि सरकारले ठूला सार्वजानिक कार्यक्रम खुला गरेको एक महिनाभित्रमा नदीमा क्रुजलाई सञ्चालन गरिने जानकारी दिएको दुई वर्ष पुग्दा पनि जहाज सञ्चालनमा आएन।

दुई तलामा बसेर नदीको सयर गर्दै रमणीय भ्रमण अवलोकन गर्न सकिने क्रुज हेर्दा दुरुस्तै पानीजहाज जस्तो देखिन्छ । भित्रै रेष्टुरेन्ट र साङ्गीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक बस्न सकिने हल, सेल्फी खिच्ने ठाउँ, चालकदल बस्ने ककपिट लगायत छ । जहाज भित्र रहेका ती सबै संरचनामा धुलो र माकुराको जालो लागेको छ।

निर्माणको क्रममा भएको कारोबारको भुक्तानी माग्न आउनेको भिड मात्र होइन भुक्तानी नपाएकाले आफ्ना सामानहरु धामधाम निकालेर लैजान थालेका छन् । कानुन बन्यो, संरचना तयार भयो, परीक्षण सफल भयो, जनशक्ति तयार रह्यो, टिकट खुला गर्ने जानकारी दिएपछि जहाज अलपत्र भएपछि सबैले चासाे देखाएका छन् ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.