• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

राजा महेन्द्रको निधनः ५० वर्षसम्म पनि नसुल्झिएको रहस्य


माघ १७ गते तत्कालीन राजा महेन्द्रको निधन भएको ५० वर्ष पूरा भएको छ । मुलुकमा एकदलीय पञ्चायती व्यवस्था थालनी गरेका राजाको निधन भने अप्रत्यासित तवरले भएको थियो । विभिन्न शंका÷उपशंका रहे पनि उनको मृत्युको छानविन गरिएन, रहस्य मै छोडियो।

नयाँ राजा वीरेन्द्र पनि यो अपत्यारिलो देहावसानमा केही शंका गरिरहेका थिए। तर, पछि चुपचाप हृदयघातबाटै मृत्यु भएको स्वीकार गरे। चारकोशे झाडीमा शिकार खेल्न र काठमाडौंको जाडो छल्न त्यता गएका राजाको चितवनको देवघाट नजिकै दियालो बङ्गलामा निधन भएको हो । उनी २०२८ माघ ३ गते काठमाडौंबाट साधारण अवस्थामा भरतपुर पुगेका थिए

यो भ्रमण करिब एक महिनाको लागि तय गरिएको थियो। तर, उनले एक महिना पूरा गर्नै पाएनन्। स्थानीय दियालो वंगलामा वसेका राजाको माघ १६ गते राति ११ बजे अचानक हृदयघात भयो। धिनको औपचारिक घोषणा भने १७ गते बिहान पौने ४ बजे चिकित्सकहरुले गरेका थिए ।

माघ ३ गते छुट्टी मनाउने उद्देश्यले चितवन लागेका राजाले प्रधानमन्त्री कीर्तिनिधी बिष्टलाई आगामी मन्त्रिपरिषदको बैठक दियालो बंगलामा नै हुने जानकारी दिएका थिए । माघ १० गते दियालो बंगलामा मन्त्रिपरिषदको बैठक बसेको थियो । त्यसपछि अर्को बैठक माघ १७ गते बोलाएका थिए । तर अर्को बैठकको समय नआउँदै उनको देहान्त भइसकेको थियो ।

राजा महेन्द्रलाई केही स्वास्थ्य समस्या पनि थिए। उनलाई २०२४ सालमा पहिलो पटक हृदयघात भएपछि बेलायतमा उपचार भएको थियो। २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोकिइ उच्छिटिँदा छर्राले रानी रत्नलाई चोट लागेको थियो। रत्नको उपचार त्यस बेला नेपालमा नै गरिएको थियो। शाही चिकित्सक मेजर जनरल शुशिलचन्द्र हल्डरको विशेष निगरानीमा उपचार भएको थियो। यस घटनाले पनि महेन्द्रलाई चोट पुगेको थियो। २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा नलागेपछि उल्टै बाघले राजालाई आक्रमण गर्न खोजेको थियो। त्यति नै बेला नजिकै रहेका सुरक्षाकर्मीले गोली हानेर बाघ मारेका थिए। बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए। यसपटक पनि भारतीय चिकित्सकहरुले नै उपचार गरेका थिए।

राजा महेन्द्रलाई तेस्रो पटक माघ १६ गते राति हृदयघात भएको भनियो। जसको कारण निधन भएको जनाइयो। त्यस बेलाका केही विवरणहरु अनुसार राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि थिए। स्वदेशी विशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्सका प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइएको थियो। उनको उपस्थिति नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो। उनको आगमनपछि नै राजाको देहान्त हुँदा उपचारमा लापरबाही वा षडयन्त्र भएको आशंका भयो।

राजा महेन्द्रको मृत्युबारे जोन कोपम्यानको विवादास्पद भनाइ आएको थियो। महेन्द्रलाई हृदयघात हुँदा कोपम्यान र राजा दुई जना सँगै थिए। उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए। जोन कोपम्यानलाई कतै कतै सीआईएको एजेन्टको उल्लेख गरिएको देखिन्छ। राजा महेन्द्रको देहावसानपछि कोपम्यान नेपाल छोडेर गएका थिए।

अर्कोतर्फ उक्त समयमा नै किर्तिनिधि विष्ट नेतृत्वको सरकारले चिनियाँ नाका नजिकै रहेका भारतीय चेकपोष्टहरु हटाएको थियो। यसका लागि २०२६ साउन १० गते राष्ट्रिय पंचायतको बैठकले संकल्प प्रस्ताव नै पारित गर्यो। फलस्वरुप हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइयो। यो कदमबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्रप्रति निकै रुष्ट भएको थियो।

कीर्तिनिधि विष्टले सन् १९५० को सन्धिको कुनै औचित्य नरहेको वक्तव्यसमेत दिएका थिए। राणाशासन अझै केही समय टिकाउन मद्दत गर्ने लोभ देखाइ नेहरुले मोहनशमशेरलाई सन् १९५० को सन्धिमा हस्ताक्षर गर्न लगाएका थिए। तर, पछि नेहरुले न राणालाई सहयोग गरे, नत बीपी र त्रिभुवनलाई। सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पूरा गरिरहे।

शुरुमा सिक्किमलाई गाभ्ने र त्यसपछि नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना भारतको थियो। सन् १९६८ मा भारतीय जासुसी संस्था ‘रअ’को गठन भएको थियो। यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए। भारतले सिक्किमलाई विलय गराएपछि काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्दै थिए।

अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या देखियो र इन्दिरा गान्धीले आपतकाल लगाइन्। काओको नेपालको तराई टुक्राउने योजना पनि अधुरो रह्यो। महेन्द्रको निधनमा काओको उक्त योजनाले पनि काम गर्यो की भन्ने आशंका गरिन्छ।

१९७७ जेठ ३० गते शुक्रबार नारायणहिटी राजदरबारमा कान्ती राज्यलक्ष्मीको कोखबाट युवराज महेन्द्रको जन्म भएको थियो। उनका दुवै आमाहरु भारत सीतापुरका थिए। त्यसैले उनीहरूको राणा परिवारसँग धेरै निकटता थिएन। त्यस वेला महाराजा श्री ३ चन्द्रशमशेरको प्रभुत्व थियो।

महेन्द्रको बाल्यकालमा दरबारभित्र नै शिक्षादिक्षाको प्रबन्ध मिलाइएको हुँदा बाहिर खासै सम्पर्क हुदैनथ्यो। कीर्तिराज दलीले दरबारमै शिक्षा दिएका थिए भने तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी पढाएका थिए। भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो। पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगेपछि दुवै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाएका थिए।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.