अष्ट्रेलिया ।
वेस्टर्न सिड्नीका प्रहरी प्रमुखलाई तीन जना किशोरले कुटेर घाइते बनाएका छन्। प्रहरी प्रमुखलाई किशोरहरूको समूहले पोलले कुटपिट गरेपछि रगत बगेको र टाउकोमा चोट लागेको छ।
करीब ४० वर्षदेखि कार्यरत प्रमुख इन्स्पेक्टर बब फिट्जगेराल्डलाई हिजो काम गर्न जाँदा किशोरहरूको समूहले कुटपिट गरेको थियो। उक्त समुहमा सबैभन्दा कम उमेर १२ वर्षको भएको बताइएको छ।
‘गम्भीर तरिकाले आक्रमण गरेको आरोप लगाइएका मध्ये एक जना १२ वर्षका छ। उनीहरूले अस्थायी हतियारबाट प्रहरी प्रमुखलाई प्रहार गरेका थिए।’ प्रहरी एसोसियसनका अध्यक्ष केभिन मोर्टनले भनेका छन्।
वरिष्ठ अधिकारीले १२, १३ र १४ वर्षका तीन किशोरहरूलाई सोमबार बिहान ४ः ३० बजे अघि रुटी हिल ट्रेन स्टेशनमा यात्रु र कर्मचारीहरूलाई दुर्व्यवहार गरेको देखेका थिए।
उनले तीन मध्ये एकलाई पक्राउ गर्दा अफिसरलाई बाइक सीटको पोलले टाउकोमा धेरै पटक प्रहार गरिएको बताइएको छ।
फिट्जगेराल्डलाई अस्पताल लगिएको छ भने तीन किशोरहरूलाई पक्राउ गरिएको छ।




