वीरेन्द्रनगर — मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१२ की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको हो ।
उनलाई वीरेन्द्रनगरको मंगलगढीदेखि पूर्वतर्फ जाँदै लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
ठक्करपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालीले तीनकुने चोकमा बाटो काट्दै गर्दा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भेरीगंगा नगरपालिका–११ का विनोद खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।



