• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

यी जिल्लामा अचानक बाढी आउन सक्ने, १६ हजार परिवार बाढीको जोखिममा


विराटनगर : मोरङका खोला आसपासका दर्जनौं बस्ती बाढी र डुबानको उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार प्रदेश १ को राजधानी विराटनगरसहित विभिन्न बस्तीका १६ हजारभन्दा बढी परिवार सम्भावित जोखिममा रहेका हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिले प्रत्येक स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार तटीय क्षेत्रमा बसोबास गरिरहेका १६ हजार ९० परिवार जोखिमपूर्ण अवस्थामा छन्। ६ हजारभन्दा बढी परिवार अति नै जोखिममा रहेको समितिले जनाएको छ। मोरङमा साना तथा ठूला गरेर ४० वटा खोला छन्। खोलामा आउने बाढीले बर्सेनि विनाश निम्त्याउने गरेको छ। मोरङको भूभाग हुँदै बग्ने आधा दर्जन बढी ठूला खोलाले धेरै क्षति गर्ने गरेको छ।

सिंघिया, केसलिया, चिसाङ, लोहोन्द्रा, डाँस, बक्राहा, मावा, रतुवासमेतका खोला सबैभन्दा बढी क्षति गर्नेभित्र पर्छन्। नियन्त्रणको दीर्घकालीन उपाय नअपनाइँदा यी खोलाले बर्सेनि सर्वसाधारणलाई सास्ती दिइरहेका छन्। बक्राहा, मावा, रतुवा, चिसाङसमेतका खोला मोरङका दुःखका रूपमा परिचित छन्। सिंघिया, केसलिया, डाँसलगायतका खोलाले मच्चाउने बितण्डा पनि उस्तै छ।

बर्खाको समयमा बाढी आउँदा खोला ‘ओभरफ्लो’ भएर बस्तीमा पस्दा ठूलो जनधनको क्षति हुने गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। ‘बाढीसँगै कटान तीव्र बनाएर खोलाले ठाउँ–ठाउँबाट धार परिवर्तन गर्ने गरेको छ। सयौं परिवार विस्थापित हुने र मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘बाढीले सयौं बिघा खेतीयोग्य जमिन बगाउने गरेको छ। क्षतिको लेखाजोखा राख्नै गाह्रो छ।’

विगतको अवस्थालाई हेर्दा बर्सेनि औसतमा ६ हजार ७ सय २७ बढी घरपरिवार बाढी र डुबानका कारण प्रत्यक्ष प्रभावित हुने गरेको जानकारी दाहालले दिए। उनका अनुसार औसतमा ३२ हजारभन्दा बढी सर्वसाधारण प्रत्यक्ष मारमा पर्ने गरेका छन्। विराटनगरको पूर्वतर्फबाट बग्ने सिंघिया खोलाका कारण विराटनगर महानगरपालिका–१, २, ७, ८, ९, १४, १८ र १९ नम्बर वडाका बस्ती सबैभन्दा बढी जोखिममा छन्। यो खोलामा आउने बाढीले विभिन्न वडाका ३ हजार ६ सय परिवार प्रत्यक्ष प्रभावित हुने अवस्था रहेको विपद्सम्बन्धी अध्ययन एवं अनुसन्धान गरिरहेका विपद् विज्ञ रामकुमार दाहालले जानकारी दिए।

प्रदेश १ सरकारको विपद् व्यवस्थापन कार्यकारी समिति सदस्यसमेत रहेका दाहालका अनुसार सिंघियाले कटहरी गाउँपालिका–१, २ तथा ग्रामथान गाउँपालिका–१ र ५ नम्बर वडाका ६ सय ४० परिवार जोखिममा छन्। विराटनगर पश्चिमबाट बग्ने केसलिया खोलाले विराटनगर–४, ५, ६, ११ र १२ नम्बर वडाका १ हजार ९ सय परिवारलाई प्रत्यक्ष प्रभावित बनाउने उनले बताए।

बक्राहा खोलाले उर्लाबारी नगरपालिका–१, ४, ५, ८ तथा रंगेली नगरपालिका–७, ८ एवं रतुवामाई नगरपालिका–१, ५, ९, १० र पथरीशनिश्चरे नगरपालिका–२, ३, ५ तथा धनपालथान गाउँपालिका–३ मा प्रत्यक्ष असर गरिरहेको छ। बक्राहाका कारण तटीय क्षेत्रमा बसोबास गरिरहेका १ हजार ५ सय ५० घरपरिवार जोखिमपूर्ण अवस्थामा रहेको जानकारी विपद् विज्ञ दाहालले दिए।

लोहोन्द्राले बेलबारी नगरपालिका–१, २, ३, ४ र ५ का ७ सय, रंगेली–१ का १ सय ७५, सुन्दरहरैंचा नगरपालिका– १ मा २ सय परिवार, जहदा गाउँपालिका– १, २, ३ र ४ मा १ हजार ४ सय ५०, ग्रामथान गाउँपालिका–४ का ६ सय तथा कटहरी–६ र ७ का ६ सय परिवारलाई समस्यामा पारेको छ। लोहोन्द्रामा बाढी आउँदा कटहरीको थलाहास्थित सेनाको भैरव गण पनि प्रभावित हुने अवस्था छ।

चिसाङका कारण बेलबारी–७, ८ का ३ सय ५०, लेटाङ नगरपालिका–१, ३ र ६ का चार सय ५०, केराबारी गाउँपालिका–२ का १ सय ५० र कानेपोखरी गाउँपालिका–१, २ र ५ का १ हजार परिवार जोखिममा रहेको विपद् व्यवस्था समितिले जनाएको छ। त्यस्तै डाँस खोलाका कारण कानेपोखरी–३, ४ र ६ का एक सय ५० परिवार प्रभावित हुने अवस्था छ। मावा र रतुवा खोलाले रतुवामाई नगरपालिका–३, ७ र ८ का ४ सय ५० तथा उर्लाबारी नगरपालिका–६, ७ र ९ का चार सय ५० परिवारलाई जोखिममा पारेको छ। गछिया खोलाले सुन्दरहरैंचा–३, ४, ५, ६ र ७ मा निरन्तर असर गर्दा १ हजार ४ सय ५० परिवार समस्यामा परेका छन्।

केराबारी र मिक्लाजुङ गाउँपालिका तथा लेटाङ नगरपालिकाका केही स्थान र बस्तीहरू पहिरोको जोखिममा समेत परेका छन्। यसअघि असार असार १४ र १५ गते विभिन्न खोलामा आएको बाढीले घर डुबान हुँदा मोरङमा ४ सय २४ परिवार विस्थापित भएका थिए। १६ सय ५४ जना सर्वसाधारण प्रत्यक्ष प्रभावित बने। विपद् विज्ञ दाहालका अनुसार प्राकृतिक स्रोतमाथिको अनियन्त्रित दोहनसँगै तटबन्ध गरेर दिगो रूपमा खोला नियन्त्रण नगरिँदा बर्खाका समयमा सधैं जोखिम हुने गरेको छ।

‘खोलाका किनार तथा तटीय क्षेत्रको नदी उकास ऐलानी जग्गामा दलित, सुकुम्बासी र विपन्न समुदायको बसोबास छ,’ उनले भने, ‘खोला आसपासमा बसोबास गर्नेहरू सधैं बाढी र डुबानका कारण प्रताडित भइरहनुपर्ने अवस्था छ।’ पहाडतिरबाट बगाएर ल्याएको बालुवा र गेग्रान समथर जमिनमा आएपछि थुप्रिएर बस्ने गर्दा सामान्य बाढीमा पनि खोला बस्तीमा छिर्ने गरेको दाहालले बताए।

‘बालुवा र गेग्रानले धेरै ठाउँमा उकास भएको छ। त्यहाँ घर बनाएर सर्वसाधारण बस्ने गरेका छन्,’ उनले भने, ‘बाढी आउँदा कटान तीव्र बनाउँछ। बारम्बार विस्थापित हुनुपर्ने समस्या निम्तिने गरेको छ।’ नदीजन्य पदार्थको उत्खनन वैज्ञानिक ढंगले नहुँदा र खोला नियन्त्रणलाई प्रभावकारी नबनाइँदा बाढी बस्ती छिरेर सर्वसाधारणका जग्गा जमिन र घर बगाउने गरेको उनको भनाइ छ। मोरङका प्रजिअ दाहालले विपद् प्रतिकार्य योजनाबाट पहिचान भएका जोखिमयुक्त क्षेत्रमा क्षति न्यूनीकरणका लागि विभिन्न प्रयासहरू भइरहेको बताए। ‘वडा र पालिकाबाट विपद् जोखिम न्यूनीकरण र रोकथामसम्बन्धी कार्यक्रमहरू सञ्चालित छन्,’ उनले भने, ‘तटीय क्षेत्रको सम्भावित कटान र क्षति रोक्न अस्थायी तटबन्ध निर्माणको काम पनि भइरहेको छ।’

तटीय क्षेत्रमा मौसम पूर्वानुमान तथा जोखिमको जानकारी दिँदै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेर उद्धार र सूचना सम्प्रेषणका लागि सुरक्षाकर्मीलगायतका निकायलाई तयारी अवस्थामा राख्ने गरिएको प्रजिअ दाहाल बताउँछन्।

उनका अनुसार जिल्ला विपद् र प्रदेश विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रका लागि आवश्यक पर्ने उद्धार सामग्री संकलन र परिचालन गर्ने गरेको उनको भनाइ छ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.