• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

अष्ट्रेलियन प्रहरीमा भर्ति हुन न्युनतम योग्यता कति चाहिन्छ ?


अष्ट्रेलिया । अष्ट्रेलियामा प्रहरीको जागिर सम्मानीय जागिरमा पर्छ। अन्य देशबाट आएर अष्ट्रेलिया बसोवास गरिरहेकाहरु पनि अष्ट्रेलियन सुरक्षा विभागमा जागिरे हुन सक्छन्। अष्ट्रेलियन सुरक्षा विभागमा तलब तथा सुविधा पनि आकर्षक हुन्छ।

तर जागिरको लागि अष्ट्रेलियाको पीआर पाएर नागरिकताको लागि योग्य भइसकेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिन्छ। अष्ट्रेलियन प्रहरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता :

१ – अष्ट्रेलियाको नागरिकता प्राप्त भएको हुनुपर्छ। कुनै राज्यले पीआर होल्डरले पनि आवेदन दिन सक्ने उल्लेख गरेका हुन्छन्।

२ – उमेरको हद अठार वर्षभन्दा माथि हुनुपर्छ। ३ – मान्यता प्राप्त ड्राइभिंग लाइसेन्स हुनुपर्छ।

४ – सम्बन्धित पदका लागि चाहिने योग्यता अनुसारको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।

५ – प्राथमिक उपचार सम्बन्धि सर्टिफिकेट प्राप्त हुनुपर्छ। ६ – ननस्टप फ्रिस्टाइल सय मिटरसम्म पौडी खेल्न सक्नुपर्छ।

७ – चारित्रिक प्रमाण सफा हुनुपर्छ। ८ – ड्रग्स जस्ता नशामा नलागेको हुनुपर्छ।

यो पनि पढ्नुहोस : यी हुन अष्ट्रेलियामा PR दिलाउन सक्ने कोर्सहरु…

अष्ट्रेलिया : बलियो अर्थतन्त्र ,विश्व स्तरीय शिक्षा प्रदान गर्ने विश्व विद्यालय हरु ,उच्च स्तरको जीवन शैली, आकर्षित परिदृश्य भएको कारण करीब चार लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया आउने गर्दछन्।

अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेपछि पोस्ट स्टडी वर्क भिसाका लागि आवेदन दिन सक्छन्। यस किसिमको भिसामा रहने विद्यार्थीले अस्थाई रुपमा अष्ट्रेलियामा बस्न ,पढ्न र काम गर्न अनुमति पाउँछ।

जनरल स्किल्ड माइग्रेसन भिसाका लागि आवेदन दिने व्यक्तिको पेशा ,योग्यता र सीप भने अष्ट्रेलियाको स्किल्ड अकुपेसन लिस्टसँग मेल खानुपर्छ।प्रत्येक वर्ष अष्ट्रेलिया सरकारले उच्च माग रहेको पेशाको सूचि निकाल्ने गर्दछ।

सो सूचीमा रहेका पेशासँग सम्बन्धित विषयमा ग्राजुएट गर्ने विद्यार्थीको पिआर पाउने सम्भावना बढी हुन्छ।अष्ट्रेलियाको पिआर दिलाउन सक्ने पाँच कोर्सहरु हेर्नुहोस :

एकाउनटेन्सी

एकाउनटेन्सी अष्ट्रेलियामा सबभन्दा बढी माग हुने पेशा अन्तर्गत पर्दछ। एकाउनटेन्ट पेशामा आबद्ध व्यक्तिले संस्थाहरुमा कर, फाइनान्स तथा आय-व्यय सम्बन्धि काम गर्नुपर्ने हुन्छ।

इञ्जिनियरिङ्ग

अष्ट्रेलियाका विभिन्न क्षेत्रमा इन्जिन्यरिंग पेशाको माग बढ्दो छ। जस्तै : केमिकल इन्जिनियर ,सफ्टवेर इन्जिनियर ,मेकानिकल इन्जिनियर,सिभिल इन्जिनियर,स्ट्रकचरल इन्जिनियर,

एरोनटिकल इन्जिनियर,एग्रीकल्चरल इन्जिनियर,बायोमेडिकल इन्जिनियर, इनभाइरोमेन्टल इन्जिनियर,टेलीकम्युनिकेसन इन्जिनियर आदि। अष्ट्रेलियामा इञ्जिनियरिङ्गको पढाई र काम गर्ने व्यक्तिको पिआर पाउने सम्भावना बढी हुन्छ।

नर्सिङ्ग

अष्ट्रेलिया संसारका उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने देशहरु मध्ये पर्दछ। साथै यहाँ विश्वस्तरीय नर्सिङ्ग युनिभर्सिटीहरु रहेका छन्। यहाँका नर्सिङ्ग युनिभर्सिटीहरुमा बढ्दो माग भएका

नर्सिङ्ग कोर्सहरु रहेका छन्। जस्तै : नर्स (कम्युनिटी हेल्थ ),नर्स (मेडिकल प्राक्टिसनर),नर्स (चाइल्ड एण्ड फ्यामली हेल्थ ), नर्स ( मेन्टल हेल्थ ) , नर्स (सर्जिकल ), नर्स ( पिडिया ट्रिक )।

कम्प्युटर एण्ड इन्फोरमेसन टेक्नोलोजी

आइटी पेशाको माग संसार भरिनै बढी रहेको छ। अष्ट्रेलियाको बढ्दो अर्थतन्त्रमा पनि यस पेशाको उच्च माग रहेको छ। अष्ट्रेलियाका युनिभर्सिटीबाट आइटी ग्राजुएट गरेका तथा अष्ट्रेलिया बाहिरको युनिभर्सिटीबाट आइटी ग्राजुएट गरेका विद्यार्थीले अष्ट्रेलियामा सहजै जागिर गर्ने अवसर पाउँछन्।

एजुकेसन एण्ड टिचिंग

अष्ट्रेलिया उच्च स्तरको शिक्षा प्रदान गर्ने देश हो। अष्ट्रेलियामा एजुकेसन तथा टिचिंगको कोर्स पूरा गरेको विद्यार्थीले पिआरका लागि आवेदन दिन सक्छ। एजुकेसन तथा

टिचिंगको कोर्स गरेको व्यक्तिले स्पेसल नीड्स टिचर ,प्रि-प्राइमरी टिचर ,प्राइमरी तथा सेकेन्डरी टिचर ,भोकेसनल एजुकेसन टिचर , ल्याङ्गुएज टिचर तथा युनिभर्सिटी लेक्चरर का रुपमा काम गर्न सक्छन्।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.