• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

घुससहित पक्राउ परेका उपसचिवको अर्को कर्तुत बाहिरियो


काठमाडौँ – घुससहित पक्राउ परेको संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव प्रमोद नेपालको अर्को कर्तुत बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएलगत्तै नेपालमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि मोवाइलको प्याटर्न खोल्न नमानेपछि अर्को कर्तुत भेटिएको हो ।

पक्राउ पछि होटल अरण्यमा करिब ४ घण्टा बिताएको अख्तियारको टोलीले १६ लाख ५० हजार रुपैयाँको स्रोतबारे सोधखोज गर्ने क्रममा नेपालले उक्त रकमबारे चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

सुरुमा उक्त रकम आफ्नै भएको र दुई दिनदेखि गाडीमै रहेको बताएका उपसचिव नेपालले पछि उक्त रकममध्ये १० लाख रुपैयाँ आफ्नै सेयर बेचेको रकम भएको र ६ लाख ५० हजार रुपैयाँ साथीसँग सापटी लिएको बताएका थिए ।

कुन ब्रोकरबाट सेयर बेचेको र कुन साथीबाट सापटी लिएको भन्दा उपसचिव नेपालले साथीको नाम नै बिर्सिएको बताए । मोबाइल नम्बर त होलानी भन्दा त्यो पनि याद नभएको जवाफ अख्तियारका कर्मचारीलाई दिइएको थियो ।

अख्तियारको टोलीले नेपालको मोबाइल जफत गरी प्याटर्न अनलक गर्न भन्दा प्याटर्न पनि बिर्सिएको जवाफ दिएको होटलका कर्मचारीले बताए ।

होटलका कर्मचारीले भने, ‘उनको मोबाइलको प्याटर्न हो कि लक कोड खोल्न अख्तियारको कर्मचारीले आग्रह गरेको थियो । तर उनले प्याटर्न नै बिर्सिए भन्ने जवाफ दिए । प्याटर्न पनि बिर्सिन्छ त भन्ने प्रश्न गर्दा यस्तो टेन्सनमा त बिर्सिहाल्छ नि भन्ने जवाफ पो दिए ।’

पर्यटन मन्त्रालयकै एक अधिकृतका अनुसार उपसचिव नेपालले पहिले पनि एक सेवाग्राहीबाट ८ लाख घुस लिएको आरोप लागेको थियो । मन्त्रालयका एक अधिकृतले भने, ‘हवाई उड्डयन महाशाखाबाटै उडान अनुमति दिने भएकाले पहिले पनि यस्तै साहसिक पर्यटकीय खेल वा उडानका लागि अनुमति दिने क्रममा एक सेवाग्राहीसँग ८ लाख घुस लिएको आरोप लागेको थियो ।

तर उक्त आरोप पुष्टी हुन सकेन । यद्यपि मन्त्रालयका सबैजसो कर्मचारीलाई उनले घुस खाएको भन्ने जानकारी थियो । उनी अझ ढिलो पक्राउ परे जस्तो लाग्छ । व्यवहारअनुसार त उनी धेरै पहिले नै पक्राउ परिसक्नु पर्ने थियो ।’

कसरी परे पक्राउ ?

मंगलबार अपराह्न साढे २२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने काम प्रमोदको थिए ।

प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिने क्रममा उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा रेकी गरी पिछा गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख घुस रकम लिएर गाडीको ड्यासबोर्डमा राख्नेबित्तिकै उपसचिव नेपाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

लामो समय होटल अरण्यमा उपसचिव नेपालको रेकी गरेको अख्तियारको टोलीले ६ लाख घुस दिनुभन्दा अगाडि पनि अर्को व्यक्तिसँग पैसा लिएको देखेको थियो ।

केही पर्यटन व्यवसायीहरूले म्याग्दीमा प्याराग्लाइडिङ उडानका लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति दिएका थिए ।

नागरिक उड्डयन प्राधिकरण पछि उक्त फाइल पर्यटन मन्त्रालयमा आइपुगेको थियो । उक्त फाइलको टिप्पणी उपसचिव प्रमोद नेपालले उठाउनुपर्ने थियो । तर उनले लामो समयदेखि उक्त फाइलको टिप्पणी नउठाई बार्गेनिङ गरेर बसेका थिए ।

प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर भए पनि फाइल सदर गराउनुपर्ने दबाबमा पुगे ।

त्यसपछि उनीहरूले उपसचिव नेपाललाई घुस रकम दिने निधो गरे । लामो बार्गेनिङ पछि ६ लाख रुपैयाँमा काम गर्ने सहमति बन्यो र पर्यटन व्यवसायी घुस दिन तयार भए ।

तर नियमसंगत गर्नुपर्ने काममा पनि उपसचिवले दुःख दिएपछि पर्यटन व्यवसायीले यो कुराको जानकारी अख्तियारमा दिए । अनि आफूहरू घुस रकम दिन जान लागेको जानकारी गराए लगत्तै अख्तियारको टोलीले सेवाग्राही र उपसचिवको पिछा ग¥यो ।

मंगलबार अपराह्न २ः३० बजे उपसचिव नेपाल नागपोखरीको अरण्य होटलमा पुगे । होटलमा पहिले नै एक व्यक्ति उपसचिवलाई कुरेर बसिरहेका थिए । उपसचिव र ती व्यक्तिबीच कुराकानी भयो र अर्का व्यक्तिले एउटा झोला दिए । उपसचिव नेपाल उक्त झोला आफ्नो कारमा राखेर पुनः होटलमा आए ।

त्यसको केही समयपछि प्याराग्लाइडिङका लागि अनुमति माग गरेका सेवाग्राही पनि त्यही होटलमा पुगे । अनि केही समयपछि ती सेवाग्राहीले एउटा सानो झोलामा ६ लाख रुपैयाँ दिए । उपसचिव नेपालले उक्त रकम गाडीमै गएर दिन भने ।

सेवाग्राही र उपसचिव नेपाल सँगै गाडीमा गए र गाडीको अघिल्लो भागमा रहेको ड्यासबोर्डमा ६ लाख रुपैयाँ राखेर निस्किए । त्यसलगत्तै जान लागेका उपसचिव नेपाललाई अख्तियारको टोलीले नियन्त्रणमा लियो ।

अख्तियारको टोलीले सोधपुछ गर्दा उपसचिव नेपालले अख्तियारका कर्मचारीलाई झर्की र फर्की गरे । सूचना तथा जानकारी माग गर्दा पनि उनले केही जानकारी दिएनन् ।

सुरुमै गाडीको अगाडि रहेको ड्यासबोर्डबाट अख्तियारको टोलीले रकम झिकी यो रकम कहाँबाट आयो भनेर जानकारी माग गर्दा उपसचिव नेपालले आफूलाई उक्त रकमबारे केही जानकारी नभएको बताए ।

अख्तियारले सोधपुछ गर्दै गर्दा सँगै रहेका होटलका एक कर्मचारीले भने, ‘केही मान्छेहरु आएर सरकारी प्लेटकै गाडीलाई नियन्त्रणमा लिएर सोधपुछ गरे ।

अनि गाडीको अगाडिबाट पैसा निकालेर यो पैसा कसले किन दिएको भनेर सोध्दा उनले त्यो पैसाबारे आफूलाई जानकारी नभएको र कसैले फसाउनका लागि उक्त पैसा राखिदिएको हुनसक्ने भनेका थिए ।’

होटलका ती कर्मचारीका अनुसार उपसचिव नेपालले अख्तियारका कर्मचारीसँग पनि हप्कीदप्की गरेका थिए । अख्तियारको टोलीले सुरुमा गाडीको अगाडि भागबाट ६ लाख रुपैयाँमात्रै बरामद गरेको थियो ।

त्यसपछि गाडीको खानतलासी गर्ने क्रममा गाडी भित्रबाट अर्को १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भयो । तर त्यो पैसाको स्रोत पनि उनले खुलाउन सकेनन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालको गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटमा राखेको अवस्थामा थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेको प्रवक्ता भण्डारीले बताए ।

भण्डारीले भने, ‘सुरुमा हामीलाई ६ लाख रुपैयाँको मात्रै जानकारी थियो । सोही आधारमा हाम्रो टोली अनुसन्धानका लागि खटिएको थियो ।

तर जब ६ लाख घुस दिएर सेवाग्राही निस्किए, त्यसलगत्तै उपसचिव नेपाललाई पक्राउ गरी गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटबाट पनि थप १६ लाख ५० हजार रुपैयाँ बरामद भयो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । हामीलाई उक्त रकम पनि घुसबापत नै लिएको हो कि भन्ने शंका रहेको छ ।’

अख्तियार स्रोतका अनुसार उपसचिव नेपालले उक्त रकम पनि सोही होटलमा अर्का एक व्यक्तिबाट लिएर आफैँले गाडीमा लगेर राखेका थिए ।

तर उक्त रकम घुस हो कि होइन भन्ने सम्बन्धमा अझै स्पष्ट भएको छैन । यद्यपि अर्का व्यक्तिबाट पनि घुस लिएको अनुमान गरिएको अख्तियार स्रोतले बताएको छ । https://motivatenews.com/archives/65060#.Yuu75IqKEkY.facebook

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.