विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् । बतिपय अनौठा परम्पराहरु नेपालमा पनि छन् ।
यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको जानकारहरुले बताएका छन् । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन तपाई हामीलाई गाह्रो पर्छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पीणीको गाउँमा पाँच दिनसम्म श्रीमतीहरु निर्वस्त्र बस्ने गर्छन् । उनीहरुले लुगा लगाउने गरेका छैनन् ।
यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग गफ समेत नगर्ने परम्परा रहेको छ । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुषलाई रक्सी पिउने स्वतन्त्रता छैन । वर्षा यामको समयमा पर्ने एक चाडका बेला यस्तो गर्ने परम्परा रहेको छ ।
कपडा नलगाएपनि पछिल्लो समयमा उनबाट बनेको एक ओढ्नी भने ओड्न महिलालाई छुट छ । यो नियम कडाइका साथ पालन गर्ने गरिएको छ । यदी कसैले यो परम्परा तोडे अनिष्ठ हुने विश्वास स्थानीयले गर्ने गरेका छन् । यो लेख कुमार चौलागाईले लोकान्तर अनलाइनमा लेख्नुभएको हो ।