• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

जब बालेन सामुदायिक विद्यालयको कक्षा कोठामा यो अवस्थामा भेटिए …


काठमाडौंका मेयर बालेन्द्र साह (बालेन ) आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे। स्कुलमा विहान कक्षा १२को विद्यार्थीको पठनपाठन भइरहेको थियो। विज्ञान विषयको कक्षामा मेयर बालेन आकस्मिक प्रवेस गरे। विद्यार्थीसँग बसेर केहि बेर कक्षामा हुने गरेको शिक्षणसिकाईको प्रकृया बुझे। मेयर बालेनले साथै २८ बडाका वडाध्यक्ष भाइराम खड्कीलाई समेत स्थलगत निरीक्षण गर्न लगेका थिए।

करिब ३० मिनेटको समय मेयर बालेनले पद्यमोदय स्कुलमा बिताए। यस अवधिमा स्कुलको शौचालयदेखि कक्षाकोठा तथा शिक्षण सिकाईका प्रणालीबारे राम्ररी बुझे। त्यही भएर त उनले स्कुलमा स्मार्ट बोर्ड झुण्डिएको देखेर शिक्षकलाई बोलाएर कसरी चलाउने बारे जिज्ञासा राखे।‘तपाईहरु यो स्मार्ट बोर्डबाट कसरी पढाउनु हुन्छ ? मलाई पनि देखाउनुस त ,’ मेयर बालेनले स्कुलका प्रअ नारायण गौतमसँग जिज्ञासा राखे। प्रअ गौतमले पनि मेयरको जिज्ञासा मेटाउन स्मार्टबोर्डबाट उपस्थित विद्यार्थीलाई पढाउन थाले अनि प्रअ गौतमले भने ‘मेयर साब , हामी हाम्रो स्कुललाई महानगरको नमूना विज्ञान विद्यालय बनाउन चाहन्छौं। हजुरले यसकोलागि आर्थिक ब्यवस्थापन गरिदिनु पर्यो।’ मेयर बालेनले पनि तुरुन्तै आफुले यसकोलागि प्रयाप्त बजेट छुटाइ सकेको समेत जनाए। यति मात्र होइन मेयर बालेनले काठमाडौं महानगरको ९१ पटै सामुदायिक विद्यालयहरुमा स्मार्ट बोर्डको ब्यवस्थापन गर्न, कक्षा १–५ सम्मको बालबालिकालाई किताबको भारी नबोकाउन कक्षाकोठामै लकरको समेत ब्यवस्था गर्न यस वर्षको बजेटमा सबै भन्दा बढी रकम शिक्षा क्षेत्रमा छुटाएको स्पष्ट पारे।

‘हाम्रो विद्यालयमा प्रारम्भिक बालकक्षादेखि १२सम्म एक हजार २ सय विद्यार्थी छन्। तर हामी कहाँ कक्षा १–५ सम्मका १५० विद्यार्थीकोलागि योजना कार्यन्वयन इकाईले ब्यवस्था गरीदिएको आधुनिक बेन्छ छ। तर कक्षा ६–१० का बालाबलिकालागि पुराना बेन्च देखेर मेयर साबले दुइ खाले बेन्चबारे जिज्ञासा राख्नु भयो ,’ प्रअ गौतमले नागरिकसँग भने ‘हामीले बजेट अभावमा सबैलाई नयाँ बेन्चको ब्यवस्था गर्न नसकेको वास्तविकता बताइ दियौं।’ उनले थपे‘केहि बेर मेयर साब गम्भिर हुनु भयो र सबै बेन्च एकै खाले गर्न ब्यवस्था गरिने प्रतिबद्धता जनाउनु भयो।यसरी स्थलगत रुपमै नबोलाएरै आकस्मिक हाम्रो दुःखसुख बुझ्ने मेयरको रुपमा बालेन सरलाई हामीले पायौं।’

गत शुक्रबार पनि मेयर बालेन सामुदायिक विद्यालयको यथार्थ बुझन उनी त्रिपुरेश्रमा रहेको विश्वनिकेतन माविमा पनि ८ बजेर ३० मिनेटमा पुगेका थिए। त्यसदिन विद्यालयमा आकस्मीक मेयर बालेन पुग्दा विद्यार्थी र शिक्षकहरु निकै खुशि भएका थिए। कक्षा १२को इकोनोमिक कक्षामा विद्यार्थीसाथै मेयर बालेनले १० मिनेट बिताए।

कक्षामा शिक्षकले गरेको शिक्षणसिकाईको प्रणालीबारे राम्ररी बुझे अनि भने ‘भाईबहिनीहरु तपाईहरु पढेर के बन्नु हुन्छ? अब हामी युवाहरु नेपालमै बसेर देश विकासकोलागि काम गर्नु पर्छ है। नेपालमै बस्नु पर्छ है।’ विद्यार्थीहरु एकै स्वरमा भने ‘हाम्रोलागि अनुकुल वातावरण भए अवश्यनै बस्छौं। कसलाई पो परिवार छाडेर अर्काको देशमा गएर दुःख पाउनु मन छ र। ’ त्यसपछि मेयर बालेन शिक्षकहरुसँग पाठ्यक्रमबारे सोधिखोजी गरे र भने ‘सर हाम्रो पाठ्यक्रम देश र माटो सुहाउँदो छ कि छैन। छैन भने त्यस अनुसार बनाउन पहल गर्नु होस्।’ उनले यस स्कुलमा ४० मिनेटको बसाइँमा स्कुलको सबै कक्षाकोठा, शौचालय र भौतिक पुर्वाधारबारे पुर्ण जानकारी लिए। विद्यार्थी भाइबहिनीसाथै फोटो र सेल्फी खिचाए अनि अटोग्राफ पनि दिए।

स्कुल भ्रमण गरे साथै मेयर बालेनले विश्वनिकेतन स्कुलको शैक्षिक गुणस्तरबारे प्रसंसा गरे। ‘प्रारम्भिक बालकक्षादेखि १२सम्म चार हजार विद्यार्थी रहेको यो स्कुल एक सय ३५ शिक्षक कर्मचारीहरुको संयुक्त प्रयासबाट स्कुलले आफुलाई सरकारी शैक्षिक स्तरको मानक बनाएकोमा गर्व लागेको छ,’ मेयर बालनेले भने ‘सरकार स्कुल राम्रो बनाउन त्यस स्कुलका शिक्षक र कर्मचारीका छोराछोरी त्यही स्कुलमा पढ्नु पर्छ। विश्वनिकेतनका ९० प्रतिशत शिक्षक कर्मचारीका नानीहरु यही पढ्छन्। यो शैक्षिक स्तर सुधारकोलागि कोसो ढुँगा सावित भएको छ।’उनले थप भने ‘सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरिय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो।’

विश्वनिकेतनका प्रअ हेरम्बराज कँडेलले मेयर बालेनको विद्यालयमा यसरी आकस्मीक आउनेमा स्कुल प्रतिको मया प्रगढ बनेको प्रतिक्रिया दिए। ‘विगतमा मेयर वा उपमेयर हामीले विद्यालयमा कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाउँदा वा शिलान्यास गर्न मात्र आउने गरेका थिए ,’ प्रअ कँडेलले भने ‘त्यति खेर हामीले पुरा तयारी गर्नु पथ्र्यो। तर मेयर बालेन आफनो मानेर जुनसुकै बेला पनि आफनो महानगरभित्रको जुनसुकै स्कुलमा पुग्नु भनेकै वाहाले हामीलाई माया गर्नु हो। वहाँले हाम्रो कामको प्रसंसा गर्नु हाम्रो हौसला बढाउनु हो। यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने निश्चित छ।’

मेयर बालेनका शैक्षिक सुधारका ६ सुत्र छन्। प्राविधिक शिक्षामा जोड तथा सामुदायिक विद्यालयको पुर्वाधार, गुणस्तर तथा वातावरण सुधार। इतिहास , योग,आयुर्वेद जस्ता पौराणिक शिक्षासँगै विश्वस्तरमा जोड्न सकिने उच्च प्रविधिसहितको कक्षा १–८ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने। हप्तामा एक दिन विद्यालयमा सीप, उद्यमशीलता,खेलकुद,संगीत, कला तथा नेतृत्व विकासकालागि प्रशिक्षण तालिमको ब्यवस्था गर्ने।

निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा दिएनदिएको अडिट गर्ने। अन्तराष्ट्रिय विद्यालयलाई राष्ट्रिय विद्यालयसँग सहकार्य गरि शिक्षा प्रणाली, संस्कृति र जीवनशैलिबारे ज्ञान आदानप्रदानको ब्यवस्था गर्ने र प्रारम्भिक बालशिक्षादेखिनै सूचनाप्रविधि शिक्षाको परिचय गरिने उनको शैक्षिक सुधारको ६ सुत्र हुन्।

उनी यही सुत्रलाई आत्मसात गरि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागेको प्रअ कँडेलको अनुभव छ। ‘त्यही भएर मेयर बालेन सम्मान स्वरुप खादा लगाउनु भएन,’ प्रअ कँडेलले सुनाए ‘शैक्षिक सुधारको काम भएपछि मात्र सम्मान गर्नु होला भनि वहाँ निरीक्षण सकाएर हिड्नु भयो।’ नागरिक दैनिकबाट

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.