गैंडाकोट । गैंडाकोट ४ बाट हराएका पुरुषको शव फेला परेको छ । गैंडाकोट ४ बस्ने लुमकान्त गैरे (लेखनाथ) शव मौलाकाली सामुदायिक वनमा फेला परेको प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
जंगलमा जाने क्रममा स्थानयीले लास देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी कार्यलय नवलपुरका डिएसपि सन्तोष पाठकले जानकारी दिनुभयो । उनी यहि असार २१ गते बिहान ७:२० मा घरबाट निक्लिएर राजमार्गमा रातो रंगको अटो रोकी पूर्वतर्फ गएको सिसि क्यामेरामा कैद भएको त्यसपछि सम्पर्कमा आएका थिएनन् ।
घटनाको बिषयमा अहिले थप अनुसान्धान भइरहेको छ ।