काठमाडौ : नरहरि प्रेमीको शब्द रचना / सङ्गीत तथा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वरमा रहेको प्रेमपरक भावको गीत ‘चट्टै बस्यो नि माया’ को भिडियो रिलिज भएको छ ।
राजेन्द्र श्रेष्ठको सङ्गीत परिकल्पना रहेको यस गीतमा श्यामश्वेत रसाईलीको सङ्गीत संयोजन, मिक्सिङ र माष्टरिङ रहेको छ
भिडियो सुबोल थापाको कोरियोग्राफी र निकेश खड्काको निर्देशनमा छायाङ्कन भएको हो । जसमा वुद्ध थापाको सिनेम्याटोग्राफी र विकाश धमलाको दृश्य सम्पादन रहेको छ ।
पल शाह र मलिका महतको अभिनय रहेको यो म्युजिक भिडिओ राजेन्द्र श्रेष्ठ र मनोज बस्नेतले निर्माण गरेका हुन् ।