गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग बिबाह गरेकी छन् । इन्दिरा र शरदले मंगलबार चितवनको बाराही जंगल लजमा बिबाह गरेका हुन् ।
इन्दिराले सामाजिक सञ्जालमा औपचारिक रुपमा शरद आफ्नो श्रीमान भएको खुसी साटेकी छिन् । आइतबार इन्दिराले मेहेन्दी सेरोमनी गरेकी थिइन् । गायिका इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।