• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

विषादीयुक्त फलफूल र तरकारीबाट कसरी बच्ने ?


केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पुर्‍याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको उपभोक्ता हुँ र राम्रा रसिला आँप देखेपछि किनेर घर लैजाने मन सबैको हुन्छ ।

बगैंचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।

 

बगैंचामा फलेको आँप असारको दोस्रो-तेस्रो सातापछि मात्र पाक्ने भएकाले व्यापारीले कार्बाइड प्रयोग गरेर जेठ १५ पछि नै बजारमा बिक्री गर्न ल्याउँछन् । आँप हेर्दा बोटमै पाकेको जस्तै देखिन्छ । आँखा लोभिएपछि मुख रसाउँछ अनि घर लैजाऊँ लैजाऊँ लाग्छ ।

मूल्य राम्रो पाउने र समय अगाडि नै व्यापार गर्ने होडबाजीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आँप मात्र होइन अन्य बेमौसमी फलफूल र तरकारीमा समेत मनग्य विषादीको प्रयोग हुँदै आएको छ । नेपालभित्रै पनि दर्जन प्रकारका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुन सक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भनेर ।

 


डा. अच्युतशाली घिमिरे

यस्ता विषादीबाट बच्न हामीले सकभर मौसम अनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल तथा तरकारीहरु किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ ।

जसका कारण फलफूल र तरकारीमा पाइने खनिज तत्व, भिटामिन शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छ । विषादीमुक्त तरकारी र फलफूलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । यी खाद्यान्न रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछ ।

फलफूलमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोग लाग्नबाट बचाउँछ । रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली ठीक राख्न, साथै विभिन्न अंगहरुको तन्दुरुस्तीको लागि विषादीमुक्त फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ । तर यिनै फलफूल र तरकारी विषादीयुक्त हुँदा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका भएर जन्मिने खतरा बढ्छ । अझ विषादीयुक्त फलफूल काँचै खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ ।

खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । तत्कालै बान्ता हुने, पेट दुख्ने तथा कालान्तरमा छालाका रोगहरु देखिने, क्यान्सर, ट्युमर तथा नसा सम्बन्धी स्वास्थ्य समस्या देखिन्छ । मानिसको जीवनलाई मात्र नभई पर्यावरणमा रहेका माटो, हावा, पानीको स्रोत तथा वन्यजन्तुलाई समेत विषादीले ठूलो असर गर्छ । त्यसैले अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दुर्गन्ध हटाउन विषादी प्रयोग गर्ने निर्णयको केही विरोध पनि भएको छ ।

त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको कीरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ ।

यदि केही गरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट केही आंशिक रुपमा भए पनि बच्ने सामान्य तरिका अपनाउन सकिन्छ ।

बजारबाट ल्याएको फलफूल तरकारीलाई राम्ररी धुने, पखाल्ने गर्नुपर्छ, तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ । त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन हामीले भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सक्छौं । घरको भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ । नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ ।

त्यसपछि नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २० मिनेटसम्म डुबाएर राख्नुपर्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्दछ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयलाई जनताको सुस्वास्थ्यमा त्यति सरोकार नभए पनि आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु निकै बुद्धिमानी हुन्छ ।

 

  • कसरी बच्ने
  • फलफूल र तरकारी
  • विषादीयुक्त
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.