• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

३० वर्ष उमेर पार गरेपछि यस्तो खानपान विष समान


काठमाण्डौं : उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं । हुन त यो सबैको हकमा लागु हुँदैन । कतिपयको रोग प्रतिरोधात्मक क्षमता एवं शारीरिक अंगको कार्यक्षमता उमेर ढल्कदै जाँदा पनि उत्तिकै बलियो र तन्दुरुस्त हुनेगर्छ ।

यद्यपी धेरैजसोमा भने ३० बर्ष उमेर पुरा गरेपछि शरीर कमजोर हुन थाल्छ । यो त्यही उमेर हो जहाँ हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । पहिले पहिले सजिलै घट्ने ज्यान अब शरीरमै थेग्रिन थाल्छ । धेरैले वृद्धवृद्धाको रोग भनेर चिन्ने ओस्टियोपोरोसिस रोग पनि यही उमेरमा सुरु हुन थाल्छ ।

त्यतिमात्र हैन, यो त्यही उमेर हो, जसमा मानिसहरुको ध्यान बच्चा जन्माउनेतिर केन्द्रित हुन थाल्छ । किनकी यस उमेर पश्चात्त महिलाहरुको प्रजनन क्षमता समेत परिवर्तित हुन थाल्छ ।

तीस वर्षको उमेर पश्चात्त देखिने विभिन्न स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर डिप्रेशनमा जानु अगाडी याद गर्नुहोस्, एजिङ प्रक्रिया सुरु हुनुमा खानेकुराको भूमिका महत्वपूर्ण मानिन्छ ।

किनकी सही तथा पोषणयुक्त खानेकुराको सेवनले एजिङ्ग प्रक्रियालाई सुस्त बनाउन सकिन्छ । त्यसो भए यस्ता कुन कुन खानेकुरा छ जसले मानिसमा छिट्टै बुढ्यौली निम्त्याउँछ ?

चिनी

अमेरिकामा चिनीको खपत धेरै छ । चिनीकै कारण अमेरिकामा मोटोपनाको समस्या पनि धेरै छ । अत्याधिक मात्रामा चिनीको सेवनले अतिरिक्त क्यालोरी हिप, पेट लगायतमा गएर थुप्रने गर्छ ।

चिनीकै कारण शरीरमा इन्सुलिन रेजिस्टेन्टको समस्या भई बाँझोपनाको समस्या निम्तिन्छ । चिनीकै सेवनले अनुहारको चाउरीपना निम्तिनुका साथै छाला खुम्चन थाल्छ । त्यसैले, याद राख्नुस्, चिनी प्रयोग नहुने खानेकुरा विरलै हुन्छ । त्यसमा पनि कृतिम गुलियोपना के कुरा गर्नु रु

कृतिम गुलियो

कृतिम गुलियोको सम्बन्ध क्यान्सरसित हुन्छ । यसको सेवनले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो धेरै लाग्छ । यसकै कारण टाइप (२ मधुमेह, कार्डियोभास्कुल रोग निम्तिने गर्छ ।

यस्ता गुलियो प्रायः ल्याबमा तयार पारिन्छ । कुनै कुनै गुलियो प्राकृतिक तत्वबाट पनि तयार पार्ने गरिन्छ । यसका बाबजुद पनि यदी तपाई कृतिम गुलियो मिसाइएको खानेकुरा खान चाहनुहुन्छ भने पनि कुनै समस्या छैन । विष उठाउनुहोस् । खानुहोस् ।

मदिरा

मदिरालाई क्यालोरीको भारी पनि भनिन्छ । किनकी शरीरले तीस वर्षको उमेर पछि क्यालोरी बर्न गर्न सक्दैछ, त्यस्ता क्यालोरी पेटमा जम्मा हुन थाल्छ । यसले शरीरमा इन्सुलिनको स्तर समेत बढाउँछ, जसले विभिन्न रोगको समस्या निम्त्याउँछ । मदिराले हामीलाई झक्झक्याउने पनि गर्छ । यद्यपी, भोली विहान हुन पाएको छैन, हामीलाई मदिराको तलतल लाग्न थाल्छ ।

त्यसपछि हामी कफी माग्न थाल्छौ । तर के तपाईंलाई लाग्छ, कफी चाहीँ हाम्रो स्वास्थ्यको लागि राम्रो हो रु

क्याफिन

कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनको सेवनले अनिद्राको समस्या निम्तिन्छ । यसको अत्याधिक सेवनले बुढ्यौलीपना निम्तिन्छ । त्यतिमात्र हैन, मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्तिन्छ । र, शरीरको तौल बढ्छ ।

मैदा

मम, चाउमिन, स्याण्डविच लगायत मैदाबाट बनेको परिकार कसलाई मन नपर्ला रु तर मनपर्छ भन्दैमा यसलाई खान पनि त भएन । अझ तीस वर्ष उमेर पार गरेका मानिसहरुले त मैदा सकभर खानै हुँदैन ।

किनकी शरीरले मैदालाई ग्लूकोजमा परिणत गर्छ । र, ग्लूकोजलाई शरीरले सजिलै फ्याटको रुपमा संग्रहीत गर्छ । त्यतिमात्र हैन, आटामा फाइबर हुँदैन । त्यसैले, तीस वर्ष भन्दा माथि उमेरका मानिसहरुले मैदाको सेवन कम गर्नुपर्छ भने आटा तथा सिंगो अनाज पर्याप्त मात्रामा खानुपर्छ । किनकी यो शरीरमा विस्तारै पच्नुका साथै यसले लामो समयसम्म पेट भरिएको महसुस गराउँदछ ।

ट्रान्सफ्याट

तीस वर्ष उमेर पार गरेका व्यक्तिले ब्रेडमा बटर वा मार्गराइन – भेजिटेबल आयलबाट बनाएको बटर० लगाएर खानु पनि हानीकारक मानिन्छ । किनकी यो मुटुको लागि हानीकारक मानिन्छ । यसले मुटुमा जलन पैदा गर्न सक्छ ।

पुरुषहरुमा ट्रान्सफ्याटले प्रजनन प्रक्रियालाई सुस्त बनाउने गर्छ । यसले हर्मोनलाई असन्तुलित बनाई स्मरण शक्ति तथा मस्तिकको गतिविधिलाई सुस्त बनाउने गर्छ ।त्यसैले, ट्रान्सफ्याट छोड्नुस, बटर खानतिर लाग्नुहोस् । यसको सेवनल मस्तिष्क तथा जोर्नीले पनि तपाईलाई धन्यवाद भन्ने छन् ।

प्रोसेस्ड फुड

प्रोसेस्ड फुडलाई कहिल्यै खान्छु नभन्नुहोस् । यसमा प्रयोग गरिने नाइट्रेट खानलाई स्वादिलो त बनाउँछ । तर यो शरीरमा पुगेपछि क्यान्सर पैदा गर्ने रसायनको रुपमा विकसित हुन्छ । त्यसैले नाइट्रेट प्रयोग गरिएको प्रोसेस्ड मासु नखानुहोस् । यसमा सोडियमको प्रयोग पनि उच्च हुन्छ ।

नुन

नुन आवश्यक छ । तर सिमित मात्रामा । अझ तीस वर्ष उमेर पुगेकाहरुका लागि त नुनको सेवन गर्दा विशेष रुपमै ध्यान दिनुपर्छ । किनकी नुनले खानाको स्वाद जति बढाउँछ, यसले शरीरलाई त्यति नै धेरै हानी गर्छ । त्यो कसरी भन्दा नुन शरीरमा सजिलै घुल्छ । जसले गर्दा शरीर फुलेर तथा सुन्निएर लचकदार हुन्छ । त्यतिमात्र हैन, अत्याधिक मात्रामा नुनको सेवनले व्लड प्रेशर उच्च हुनुका साथै स्ट्रोकको जोखिम निम्तिन्छ ।

कफी क्रिमर

कफी बनाउन प्रयोग गरिने क्रिमर सजिलो पनि हुन्छ, छिटो पनि । तर कफी क्रिमरको प्रयोग स्वास्थ्यका लागि हानीकारक मानिन्छ । किनकी यसमा प्रयोग हुने सेतो कलर टाइट्यानियम डाइअक्साइडबाट बनाइन्छ । टाइट्यानियम डाइअक्साइड विशेषगरी सन्सक्रिममा पाइन्छ । जसले कलोजोलाई खराब बनाउनुका साथै कोशिकामा क्षति पुर्‍याउँछ ।

त्यसबाहेक, क्रिमर ट्रान्स फ्याट प्रयोग गरेर बनाइन्छ । ट्रान्स फ्याटले मुटुको धमनीलाई कडा बनाउँछ । यसले जोर्नी, मस्तिष्कको गतिविधि तथा हर्मोनलाई समेत असर गर्छ । त्यसैले, कफी नै सेवन गर्न चाहनुहुन्छ भने पनि क्रिमर विनाको कफी सेवन गर्ने बानी बसाल्नुहोस् ।

माइक्रोवेभको खाना वा क्यानको खाना

तीस वर्ष उमेर पार गरेका मानिसहरुका लागि तयार खाना खान पाउनु भनेको वरदान नै हो । तर यस्ता खानामा नुन, चिनी तथा फ्याटको प्रयोग धेरै गरिएको हुन्छ, जुन एक प्रकारको मन्द विष नै हो । त्यतिमात्र हैन, यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुनुका साथै स्वाद बढाउनका लागि अजिनोमोटोको प्रयोग धेरै गरिन्छ । जसले स्वाद त बढाउँछ नै, भोक पनि धेरै लाग्छ ।

जबकी क्यानमा राखिएको खानेकुरामा विपिए (प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए) को मात्रा धेरै हुन्छ, जसले हर्मोनलाई असन्तुलित बनाउनुका साथै क्यान्सर, बाझोपना, वजन बढ्ने समस्या लगायतका स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउँछ ।

याद राख्नुहोस्, खाना भनेको शरीरको लागि फ्यूल हो । तीस वर्ष उमेर पार गरेका मानिसहरुले आफ्नो शरीरलाई स्वस्थ राख्न पनि राम्रो फ्युलको प्रयोग गर्नु पर्छ । त्यसका लागि यो उमेरका मानिसहरुले यस्तो खानेकुरा खानुपर्छ, जुन सन्तुलित हुनुका साथै स्वस्थवर्दक पनि हुनुपर्छ ।

यसको लागि अत्याधिक मात्रामा चिनी, नुन, मैदा,मदिरा, लगायतका खानेकुरालाई नियमित खानपानबाट कटौती गर्नुपर्छ । र, शरीरलाई मजबुत बनाउनु पर्छ । याद राख्नुस्, सजिलै उपलब्ध हुने खानेकुरा मात्र शरीरका लागि सबैथोक हैन । यसमा पौष्टिक तत्व पनि जरुरी हुन्छ । अझ तीस वर्ष उमेर पार गरेका मानिसहरुलाई त झन् यो यस्ता खानेकुरा सबैथोक हुँदै होइन । किनकी यसले स्वास्थ्यलाई जोखिममा त पार्छ नै, शरीरमा भएका राम्रो तत्वलाई नष्ट गरेर शरीरलाई अझै रोगको भारी थप्ने गर्छ ।

  • ३० वर्ष पछि
  • यस्तो खानपान
  • विष समान
मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.