काठमाडौं : नाबालिग गायिकालाई करणी गरेको आरोपमा जेल परेका अभिनेता पल शाहलाई रिहा गर्नुपर्ने माग गरिएको छ । अभिनेताको पक्षमा शुक्रबार राजधानीमा प्रदर्शन भएको हो ।
उनका फ्यानहरुले ‘न्याय निरुपण कायम गर’, ‘अदालतमा हुने भ्रष्टाचार अन्य गर’, निर्दोषलाई फसाउन पाइँदैन’, ‘पुरुष हिं*सा बन्द गर’, ‘पल शाहलाई न्याय दे’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई थुनामा राख्न आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो