• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, चैत ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • १०. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

स्यानिटरी प्याडमा भन्सार कर छुटको विरोध किन भइरहेको छ ?


काठमाडौं : वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार शुल्कमा ९० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।

बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चा पदार्थको आयातमा पनि एक प्रतिशत मात्रै भन्सार लाग्ने उल्लेख छ । सरकारको यही निर्णयमाथि अहिले फरकफरक ढंगले विरोध सुरु भएको छ । एकातर्फ सरकारले ९० प्रतिशत भन्सार कर छुट दिएर स्वदेशी उद्योगीलाई निरुत्साहित गरेको भन्दै निर्णय फिर्ताको माग गरिरहेको छ भने अर्कोतर्फ महिला अधिकारकर्मीहरूले भने स्यानिटरी प्याड विलासी वस्तुमा कायमै राखिएको र अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तो छ नेपालमा स्यानीटरी प्याड खपतको अवस्था
नेपालको जनसंख्याको कुल महिला संख्याको ६४.७ प्रतिशत महिला महिनावारी उमेर समूहमा पर्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वर्ल्ड भिजनले गरेको पछिल्लो ‘स्ट्याटस अफ मेन्सुरल हेल्थ एन्ड हाइजिन म्यानेजमेन्ट एमोङ एडोलेसेन्ट गल्र्स अफ नेपाल’ शीर्षकको अध्ययनअनुसार महिनावारी उमेर समूहका अधिकाशं महिलाहरूले बजारमा पाउने प्याडको प्रयोग गर्छन् ।

 

भन्सार विभागको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, साउदी अरब, ताइवान, बेलायत, अमेरिका, यूएई, जर्मनी, अस्ट्रेलिया, फ्रान्स, मलेसिया, पोल्यान्ड, स्पेन, जापान, भियतनाम र टर्कीबाट प्याड आयात हुने गर्छ ।

आर्थिक वर्ष २०७६/७७ मा २१ करोड ५१ लाख १० हजार ७१ थान प्याड भित्रिएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्याड बनाउन चाहिने १६ लाख ९४ हजार ९४२ कच्चा पदार्थ भित्रिएको तथ्यांक छ ।

अत्यावश्यक उद्योगलाई संरक्षण गर्न सरकारलाई संघको आग्रह
नेपाल प्याड उत्पादन संघकाअनुसार नेपाल स्यानिटरी प्याडको उत्पादनमा आत्मनिर्भर भइसकेको छ । नेपालमा ठुला तथा साना गरी ३५ देखि ४० उद्योगहरू सञ्चालनमा छन् । जसको लगानी ६ अर्ब रूपैयाँसम्मको रहेको छ । यी उद्योगहरूमा ६ हजारभन्दा बढी अझ त्यसमा पनि अधिकांश महिलाहरू संलग्न छन् ।

संघका अध्यक्ष डोलराज अधिकारीकाअनुसार नेपाली उद्योगले ९० करोड थानसम्म स्यानिटरी प्याड उत्पादन गर्न सक्छन् । तर, हाल नेपाली बजारको माग भने ३० करोड थान सम्ममात्रै रहेको छ । यो अवस्थामा स्यानीटरी प्याड आयतामा ९० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णयले स्वदेशी उद्योगहरू अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ ।

संघका अध्यक्ष अधिकारी नयाँ बजेटले स्वदेशी प्याड उद्योगीहरूलाई अन्याय गरेको बताउँछन् ।

“हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १.५ प्रतिशत मात्र लागु हुने छ । जबकि कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरिएको छ । तर केही कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीमा लाग्ने ५ प्रतिशत अन्त शुल्कबारे कुनै घोषणा गरिएको छैन । यसो हुँदा तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्छ । जबकि कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तीमा दुई तहको फरक हुनुपर्ने हो,” उनले भने ।

सरकारको यो कदमले स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने संघको बुझाइ छ । महिनावारी व्यवस्थापनमा प्रयोग हुने स्यानिटरी प्याडमा कर माफीको महिलाहरूको माग सम्बोधन गर्न आयातित उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने यो नीति गलत भएको संघ ठहर छ । आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापित स्यानिटरी प्याडजस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्न संघले सरकारसमक्ष आग्रह गरेको छ ।

  • स्यानिटरी प्याड
शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.