• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

आर्थिक वर्ष २०७९/०८० वजेट : सरकारका २७ नारा-राज्यको अभिभारा


काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले दुबै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लािग १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका छन् ।

 

बजेट कार्यान्वयनका लागि सरकारले दर्जनौं अवधारणा अघि सारेको छ । ती अवधारणासँग नारा पनि बजेटमा समेटिएका छन् । महिला, शिक्षा, कृषि, सहकारी, सिंचाइ, विद्युत, पूर्वाधार विकासका क्षेत्रमा सरकारले ल्याएका योजना कार्यान्वयन गर्न दुई दर्जन बढी नारा सार्वजनिक गरिएको छ ।

आइतबार सार्वजनिक गरिएको बजेटमा समावेश नाराहरु:

उत्पादमा वृद्धि: मुलकुको विकास र समृद्धि विशेष अभियान दशक २०७९ देखि १० वर्ष सञ्चालन गरिने भएको छ । यस अन्तर्गत उत्पादन वृद्धि,रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका कार्य गरिने छ । यसै अन्तर्गत प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग कार्यक्रम प्रारम्भ गर्न लागिएको छ ।

स्वदेशी उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन,आफ्नै उपभोग अभियानसमेत सञ्चालन गरिने छ । निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल तथा मेड इन नेपाललाई सरकारले सहयोग पुर्‍याउने छ ।

सहकारी मन्त्र: आत्मनिर्भर अर्थतन्त्रः सहकारी क्षेत्रलाई मूलुकको आर्थिक विकास महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने सरकारले बजेटमा उल्लेख गरेको छ । सहकारीको कूल लगानीको कम्तिमा ५० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति सरकारले लिएको छ ।

खेतदेखी कारखाना एकीकृत नमूना कार्यक्रमलाई कार्यान्वयन गरिने भएको छ । कृषि,वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरि औद्योगिक शृंशला ‘खेतदेखि कारखाना’ एकीकृत नमूना कार्यक्रम ल्याइएको छ ।

जलवायु परिवर्तन रोग/किराको प्रकोप एवं प्राकृतिक विपत्का जोखिम न्युनीकरणका लागि यस वर्षलाई कृषि जैविक विविधता वर्ष रुपमा मनाउने सरकारले घोषणा गरेको छ । यसका लागि ८० करोड विनियोजन गरिएको छ ।

गुणस्तरीय विउ विजनमा आत्मनिर्भर हुनका लागि खाद्य सुरक्षाको लागि विउ सुनिश्चितता अभियान सञ्चालन गरिने भएको छ । किसानलाई आत्मसम्मान र गौरव वृद्धि गर्नका लागि किसानसँग सरकार कार्यक्रममा आधारित किसान पेन्सन योजनाको सुरुवात गरिने भएको छ ।

किसानलाई पेन्सनका लागि किसान हित कोष स्थापना गर्ने सरकारले घोषणा गरेको छ । उक्त कोषमा किसानले जम्मा गरेको रकममा सरकारले १० प्रतिशत रकम थपिदिने भएको छ । कोष स्थापना गर्नका लागि सरकारले १ अर्ब छुट्याएको छ ।

 

आत्मनिर्भरका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि १० अर्ब सरकारले विनियोजन गरेको छ । विशिष्ट उत्पादनहरुका पहिचान गरि उत्पादकत्व बढाउन तथा बजारीकरणमा सहयोग पुर्‍याउन एक स्थानीय तह,एक विशिष्ट उत्पादनको अवधारणालाई कार्यान्वयन गर्ने सरकारले जनाएको छ ।

अर्थमन्त्री शर्माले सार्वजनिक गरेको बजेटमा हरियालीयुक्त सहर बनाउने घोषणा गरिएको छ । जनताको रहर: हरित सहर नारा तय गरि १० हजार रुख रोप्ने सरकारले घोषणा गरेको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरि पाठ्यक्रम विकास गरिने सरकारले नीति बनाएको छ । त्यसका लागि शिक्षासँगै सीप नारा तय गरिएको छ । शिक्षाकै क्षेत्रमा सरकारले तय गरेको अर्को नारा हो हाम्रो विद्यालय: हाम्रो जिम्मेवारी । यस अन्तर्गत शिक्षक व्यवस्थापन समिति र अभिभावकसँग सरकारले नियमति अन्तरसंवाद गर्ने भएको छ ।

प्राविधिक तथा व्यवसाायिक शिक्षा तालिम परिषदलाई पुनर्संरचना गरिने भएको छ । प्राविधिक तथा व्यवसायीक शिक्षा विस्तारः समृद्धिको आधार नारा तय गरेर शिक्षालयको नक्साङ्कन र समयोजन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश र स्थानीय सरकारको समन्वयमा सबै नागरिकका घरमा पानीको धारा पुर्‍याउने सरकारले बजेट मार्फत घोषणा गरेको छ । राज्यको अभिभाराः एक घर एक धारा अभियान सञ्चालन गरिने भएको छ ।

महिलाको नेतृत्व विकास,आर्थिक आत्मनिर्भरता र क्षमता वृद्धिका लागि महिला पहिला नारा सार्वजनिक गरिएको छ ।

पूर्वाधारको क्षेत्रमा समेत सरकारले नारा तय गरेको छ । नेपालीको सपना: परिवर्तनकारी पूर्वाधार योजना अघि सारिएको छ । यस अन्तर्गत रणनीतिक प्रकृतिका ठूला आयोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको छ । चार भञ्ज्याङ चार सुरुङ मार्गको अवधारणा सरकारले अघि सारेको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकका बाँकी तिन भञ्ज्याङलाई समेटिएको छ । टोखा–छहरे, गोदावरी –पनौती र साँगा – बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सुरुङ मार्ग विकास कार्यक्रमको लागि एक अर्ब १९ करोड छुट्याइको छ।

उर्जा क्षेत्रको विकासका लागि पनि सरकारले नारा मार्फत कार्यान्वयनको नीति लिएको छ । नेपालको पानी– जनताको लगानीको योजना बनाई बजेटमा समावेश गरिएको छ । यस अन्तर्गत आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युत सुविधा उपलब्ध गराउने सरकारले प्रतिवद्धता जाहेर गरेको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री


विद्यात् प्रसारण लाइन तथा सव स्टेशसन निर्माणका लागि सरकारले ४३ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ । सरकारले इन्धनमा कटौती गर्ने नीति लिएको छ । त्यसका लागि एलपी ग्यास छोडौं,विजुली रोजौं नारालाई अभियानकै रुपमा सरकारले सञ्चालन गर्ने भएको छ । एलपी ग्यासमा प्रदान गर्दै आएको अनुदान कम गर्दै विद्युत उपयोगमा अनुदान गर्ने नीति सरकारले लिएको छ ।

सिंचाइको क्षेत्रमा विकास पुर्‍याउन लिफ्ट सिंचाइको माध्यम अपनाइएको छ । त्यसका लागि सरकारले नदी किनाराका गरा,सधैं हराभरा नारा अघि सारेको छ । लिफ्ट माध्यमबाट हुने सिंचाइले ६०० हेक्टर जमिनमा सिंचाइ हुने सरकारको दाबी छ ।

साइबर सुरक्षाका लागिसमेत सरकारले नारा घोषणा गरेको छ । साइबर सुरक्षाको सुनिश्चितताः एक्काइसौं शताब्दीको आवश्यकता नारा बनाइएको छ । यस अवधारणाको कार्यान्वयनका लागि राष्ट्रिय सुरक्षा केन्द्रको स्थापनाको कार्य सुरु गरिने भएको छ ।

गृहिणीलाई उत्पादनमूल कार्यमा संलग्न गराउन उद्यमी गृहिणी कार्यक्रम अघि सारिएको छ । रोजगारीमा वृद्धि गर्नका लागि एक घरपरिवार रोजगार,एक बस्ती एक आर्थिक पहिचान,एक वडा एक बजारको अवधारणा ल्याइएको छ । स्थानीय तह,प्रदेश सरकार तथा नीजि क्षेत्रको सहकार्यमा यस अवधारणाको कार्यान्वय गरिने सरकारले बजेटमा उल्लेख गरेको छ ।

नागरिकको वीमालाई सरकारले प्राथमिकतामा राखेको छ । एक परिवार: एक बीमा अवधारणा अघि सारिएको छ । स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गर्ने बजेटमा उल्लेख छ ।

  • आर्थिक वर्ष २०७९/०८० वजेट
  • सरकारका २७ नारा-राज्यको अभिभारा
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.