×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ७. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

‘ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ’


काठमाडौं : अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ ।

यस्तो अवस्थामा ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो हानि गर्छ ? साथै सन्तानको योजना बनाउनुपूर्व प्रयोग गरिने गर्भनिरोधक चक्की वा खोपलगायतले कुनै असर गर्छ वा गर्दैन ?

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल

अहिले धेरै नवजोडी दाम्पत्य जीवनमा बाँधिएका छन् । उनीहरू एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्छन् । यसबीचमा के कस्ता गर्भनिरोधक उपाय अपनाउनु राम्रो हुन्छ ?

एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्दा पुरुषको लागि कण्डम र महिलाका लागि गर्भनिरोधक चक्की जस्ता गर्भनिरोधक उपाय अपनाउनु सर्वोत्तम हुन्छ । तर अहिले त विवाह गर्ने बित्तिकै पुरुषहरू विदेशिन्छन् त्यसले गर्दा कुनै पनि गर्भनिरोधकको उपाय नै अपनाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।

 

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि के हो ?

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि भनेको महिलालाई गर्भनिरोधक चक्की र पुरुषलाई कण्डम नै हो । पहिलो सन्तान भइसकेको छ र दोस्रोको प्लान गर्दै हुनुहुन्छ भने कपर्टी पनि प्रभावकारी हुन सक्छ ।

सन्तानको योजना बनाउनुपूर्व महिलाले गर्भनिरोधक चक्की, सुई प्रयोग गरेका हुन सक्छन् । यसले उनको प्रजनन् स्वास्थ्यमा र हुनेवाला बच्चामा कुनै असर गरेको हुन्छ ?

गर्भनिरोधकका लागि प्रयोग गरिने साधनहरूले महिलाको स्वास्थ्यमा त्यसको खासै असर गरेको त देखिंदैन । तर तीनमहिने सुई र नरप्लान्ट प्रयोग नगर्नु उपयुक्त हुन्छ । सन्तानको योजना बनाउनुपूर्व महिलाले प्रयोग गर्ने गर्भनिरोधकका साधनमध्ये कण्डम र गर्भनिरोधक चक्कीले त उनको प्रजनन् स्वास्थ्यमा तथा हुनेवाला बच्चामा नराम्रो असर गर्दैन । तर तीनमहिने सुई, नरप्लान्ट आदिले भने मोटोपना, महिनावारी गडबडी जस्ता समस्या देखिन सक्छन् ।

महिलाहरूले एक वर्षको अन्तरमा स्वास्थ्य जाँच गरिरहनुपर्छ । जसले गर्दा गर्भनिरोधको लागि प्रयोग गरिने चक्की, सुई आदिले स्वास्थ्यमा केही असर गरेको छ भने पत्ता लाग्छ र त्यसलाई परिवर्तन गर्न सकिन्छ ।

अहिले विवाह गर्ने उमेर बढेको छ । अर्थात्, ३०-३५ वर्षपछि मात्र विवाह गर्ने चलन छ । विवाहलगत्तै बच्चा पनि जन्माउँदैनन् । यसरी ढिलो बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा कुनै असर गर्छ ?

३५ वर्षमा विवाह गरेर पाँच वर्ष म बच्चा पाउँदिन भन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ । त्यसैले ढिलो विवाह भएको छ भने बच्चा जन्माइहाल्नु उपयुक्त हुन्छ । ढिलो बच्चा जन्माउँदा पहिलो त बच्चा नै नहुने सम्भावना पनि हुन्छ । बच्चा भए पनि विकलाङ्ग हुने, सुस्त हुने सम्भावना हुन्छ भने आमामा मधुमेह, प्रेसर जस्ता समस्या पनि देखा पर्न सक्छ ।

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर कुन हो ? आमा र बुवा दुवैको हकमा ?

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर आमाको लागि २५ देखि ३० वर्ष हो भने बुवाको लागि भने उमेरको कुनै अवरोध छैन । जबसम्म पुरुषको यौन इच्छा तथा यौन अंग सबल रहन्छ, तबसम्म बच्चा जन्माउन सक्छन् ।

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा के कस्ता समस्या हुनसक्छन् ?

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा आमा बच्चा दुवैमा समस्या हुनसक्छ । आमाको मानसिक सन्तुलन बिग्रने, मधुमेह, मुटुरोग र आमाको ज्यानै जान सक्ने सम्भावना पनि हुन्छ । आमाको उमेर बढी भएर बच्चा जन्मियो भने बच्चा पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ नहुने सम्भावना हुन्छ । त्यसैले महिलाहरूले ४० कटेपछि त बच्चा नजन्माउनु नै उचित हुन्छ ।

अहिले अण्ड वा वीर्य भण्डारण गरेर पछि सन्तान जन्माउन सकिने प्रविधि पनि अभ्यासमा छ । यो कस्तो हो र यसको प्रभावकारिता कस्तो हुनसक्छ ?

यो प्रविधि त वरदान साबित भएको छ । महिलामा कुनै स्वास्थ्य समस्या छ, उसको पाठेघर वा डिम्बाशय फ्याँक्नुपर्ने अवस्था भयो भने उनीहरूका लागि त यो धेरै प्रभावकारी हुन्छ । पुरुषमा पनि कुनै स्वास्थ्य समस्या देखियो वीर्यमा समस्या देखियो भने यो अण्ड वा वीर्य भण्डारण गरेर सन्तान जन्माउने प्रविधि अपनाउन सक्छन् ।

भारतको गुजरात लगायतका राज्यमा त यो एकदमै बढी प्रयोग भएको छ । वीर्य भण्डारण गरेर पुरुष विदेश जाने र महिलाले केही समयपछि श्रीमानको त्यही वीर्यबाट सन्तान पाउने । तर नेपालमा भने यो प्रभावकारी हुन सकेको छैन ।

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जस्ता जोखिम बढ्छ वा बढ्दैन ?

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जोखिम एकदमै धेरै हुन्छ । ३० वर्षको उमेरपछि महिलाको अण्डको गुणस्तर कम हुन्छ । जसले गर्दा बच्चा नबस्ने वा बसे पनि गर्भपतन हुने सम्भावना पनि हुन्छ । जुन उमेरमा बच्चा हुने अधिक सम्भाव्यता, असर र शक्ति रहन्छ त्यो शक्ति क्षीण भइसकेपछि सन्तान जन्माउँछु भनेर प्लान गर्दा पनि सन्तान हुने सम्भावना कम हुन्छ ।

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था, वातावरण लगायतले गर्भको बच्चामा कस्तो असर पर्छ ?

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था र वातावरण आदिले गर्भमा रहेको बच्चाको विकास राम्ररी हुँदैन । बच्चामा विकलाङ्ग, सुस्त मनस्थिति, डाउन सिन्ड्रोम आदि जस्ता समस्या पनि देखा पर्ने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा दम्पतीमा मधुमेह र मुटुरोग लगायता रोगहरूको सम्भावना बढ्छ । जसले गर्दा बच्चा नै नहुने बच्चा भएपनि स्वस्थ नहुने हुनसक्छ ।

अहिले हाम्रो खानपान शैली राम्रो छैन । एकातिर फास्टफुड, जंकफुडको लतमा छौं भने अर्कोतिर विषादीयुक्त खानेकुराको बिगबिगी छ । यसले गर्भधारणमा कुनै समस्या ल्याएको छ ? साथै गर्भको बच्चामा त्यसको असर देखिएको छ ?

हाम्रो खानपानले गर्भधारण तथा गर्भको बच्चामा धेरै असर गरेको छ । फास्टफुड, जंकफुड तथा विषादीयुक्त खानाको सेवनले गर्भमा रहेको बच्चाको वृद्धि विकासमा एकदमै धेरै प्रभाव पारेको हुन्छ । पोषणयुक्त सन्तुलित आहारको सेवन नगर्दा आमा र बच्चा दुवैलाई पोषणको कमी हुन्छ । जसले गर्दा बच्चा जन्मिसकेपछि कुपोषण, शारीरिक र मानसिक रूपमा स्वस्थ नहुने समस्या निम्ताउँछ । त्यसको साथै गर्भावस्थामा आमाहरूलाई मधुमेह र प्रेसरको समस्या देखिनमा पनि खानपानको महत्वपूर्ण भूमिका रहन्छ ।

  • ‘ढिलो विवाह
  • सन्तानको योजना ’
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.