• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

‘ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ’


काठमाडौं : अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ ।

यस्तो अवस्थामा ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो हानि गर्छ ? साथै सन्तानको योजना बनाउनुपूर्व प्रयोग गरिने गर्भनिरोधक चक्की वा खोपलगायतले कुनै असर गर्छ वा गर्दैन ?

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल

अहिले धेरै नवजोडी दाम्पत्य जीवनमा बाँधिएका छन् । उनीहरू एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्छन् । यसबीचमा के कस्ता गर्भनिरोधक उपाय अपनाउनु राम्रो हुन्छ ?

एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्दा पुरुषको लागि कण्डम र महिलाका लागि गर्भनिरोधक चक्की जस्ता गर्भनिरोधक उपाय अपनाउनु सर्वोत्तम हुन्छ । तर अहिले त विवाह गर्ने बित्तिकै पुरुषहरू विदेशिन्छन् त्यसले गर्दा कुनै पनि गर्भनिरोधकको उपाय नै अपनाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।

 

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि के हो ?

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि भनेको महिलालाई गर्भनिरोधक चक्की र पुरुषलाई कण्डम नै हो । पहिलो सन्तान भइसकेको छ र दोस्रोको प्लान गर्दै हुनुहुन्छ भने कपर्टी पनि प्रभावकारी हुन सक्छ ।

सन्तानको योजना बनाउनुपूर्व महिलाले गर्भनिरोधक चक्की, सुई प्रयोग गरेका हुन सक्छन् । यसले उनको प्रजनन् स्वास्थ्यमा र हुनेवाला बच्चामा कुनै असर गरेको हुन्छ ?

गर्भनिरोधकका लागि प्रयोग गरिने साधनहरूले महिलाको स्वास्थ्यमा त्यसको खासै असर गरेको त देखिंदैन । तर तीनमहिने सुई र नरप्लान्ट प्रयोग नगर्नु उपयुक्त हुन्छ । सन्तानको योजना बनाउनुपूर्व महिलाले प्रयोग गर्ने गर्भनिरोधकका साधनमध्ये कण्डम र गर्भनिरोधक चक्कीले त उनको प्रजनन् स्वास्थ्यमा तथा हुनेवाला बच्चामा नराम्रो असर गर्दैन । तर तीनमहिने सुई, नरप्लान्ट आदिले भने मोटोपना, महिनावारी गडबडी जस्ता समस्या देखिन सक्छन् ।

महिलाहरूले एक वर्षको अन्तरमा स्वास्थ्य जाँच गरिरहनुपर्छ । जसले गर्दा गर्भनिरोधको लागि प्रयोग गरिने चक्की, सुई आदिले स्वास्थ्यमा केही असर गरेको छ भने पत्ता लाग्छ र त्यसलाई परिवर्तन गर्न सकिन्छ ।

अहिले विवाह गर्ने उमेर बढेको छ । अर्थात्, ३०-३५ वर्षपछि मात्र विवाह गर्ने चलन छ । विवाहलगत्तै बच्चा पनि जन्माउँदैनन् । यसरी ढिलो बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा कुनै असर गर्छ ?

३५ वर्षमा विवाह गरेर पाँच वर्ष म बच्चा पाउँदिन भन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ । त्यसैले ढिलो विवाह भएको छ भने बच्चा जन्माइहाल्नु उपयुक्त हुन्छ । ढिलो बच्चा जन्माउँदा पहिलो त बच्चा नै नहुने सम्भावना पनि हुन्छ । बच्चा भए पनि विकलाङ्ग हुने, सुस्त हुने सम्भावना हुन्छ भने आमामा मधुमेह, प्रेसर जस्ता समस्या पनि देखा पर्न सक्छ ।

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर कुन हो ? आमा र बुवा दुवैको हकमा ?

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर आमाको लागि २५ देखि ३० वर्ष हो भने बुवाको लागि भने उमेरको कुनै अवरोध छैन । जबसम्म पुरुषको यौन इच्छा तथा यौन अंग सबल रहन्छ, तबसम्म बच्चा जन्माउन सक्छन् ।

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा के कस्ता समस्या हुनसक्छन् ?

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा आमा बच्चा दुवैमा समस्या हुनसक्छ । आमाको मानसिक सन्तुलन बिग्रने, मधुमेह, मुटुरोग र आमाको ज्यानै जान सक्ने सम्भावना पनि हुन्छ । आमाको उमेर बढी भएर बच्चा जन्मियो भने बच्चा पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ नहुने सम्भावना हुन्छ । त्यसैले महिलाहरूले ४० कटेपछि त बच्चा नजन्माउनु नै उचित हुन्छ ।

अहिले अण्ड वा वीर्य भण्डारण गरेर पछि सन्तान जन्माउन सकिने प्रविधि पनि अभ्यासमा छ । यो कस्तो हो र यसको प्रभावकारिता कस्तो हुनसक्छ ?

यो प्रविधि त वरदान साबित भएको छ । महिलामा कुनै स्वास्थ्य समस्या छ, उसको पाठेघर वा डिम्बाशय फ्याँक्नुपर्ने अवस्था भयो भने उनीहरूका लागि त यो धेरै प्रभावकारी हुन्छ । पुरुषमा पनि कुनै स्वास्थ्य समस्या देखियो वीर्यमा समस्या देखियो भने यो अण्ड वा वीर्य भण्डारण गरेर सन्तान जन्माउने प्रविधि अपनाउन सक्छन् ।

भारतको गुजरात लगायतका राज्यमा त यो एकदमै बढी प्रयोग भएको छ । वीर्य भण्डारण गरेर पुरुष विदेश जाने र महिलाले केही समयपछि श्रीमानको त्यही वीर्यबाट सन्तान पाउने । तर नेपालमा भने यो प्रभावकारी हुन सकेको छैन ।

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जस्ता जोखिम बढ्छ वा बढ्दैन ?

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जोखिम एकदमै धेरै हुन्छ । ३० वर्षको उमेरपछि महिलाको अण्डको गुणस्तर कम हुन्छ । जसले गर्दा बच्चा नबस्ने वा बसे पनि गर्भपतन हुने सम्भावना पनि हुन्छ । जुन उमेरमा बच्चा हुने अधिक सम्भाव्यता, असर र शक्ति रहन्छ त्यो शक्ति क्षीण भइसकेपछि सन्तान जन्माउँछु भनेर प्लान गर्दा पनि सन्तान हुने सम्भावना कम हुन्छ ।

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था, वातावरण लगायतले गर्भको बच्चामा कस्तो असर पर्छ ?

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था र वातावरण आदिले गर्भमा रहेको बच्चाको विकास राम्ररी हुँदैन । बच्चामा विकलाङ्ग, सुस्त मनस्थिति, डाउन सिन्ड्रोम आदि जस्ता समस्या पनि देखा पर्ने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा दम्पतीमा मधुमेह र मुटुरोग लगायता रोगहरूको सम्भावना बढ्छ । जसले गर्दा बच्चा नै नहुने बच्चा भएपनि स्वस्थ नहुने हुनसक्छ ।

अहिले हाम्रो खानपान शैली राम्रो छैन । एकातिर फास्टफुड, जंकफुडको लतमा छौं भने अर्कोतिर विषादीयुक्त खानेकुराको बिगबिगी छ । यसले गर्भधारणमा कुनै समस्या ल्याएको छ ? साथै गर्भको बच्चामा त्यसको असर देखिएको छ ?

हाम्रो खानपानले गर्भधारण तथा गर्भको बच्चामा धेरै असर गरेको छ । फास्टफुड, जंकफुड तथा विषादीयुक्त खानाको सेवनले गर्भमा रहेको बच्चाको वृद्धि विकासमा एकदमै धेरै प्रभाव पारेको हुन्छ । पोषणयुक्त सन्तुलित आहारको सेवन नगर्दा आमा र बच्चा दुवैलाई पोषणको कमी हुन्छ । जसले गर्दा बच्चा जन्मिसकेपछि कुपोषण, शारीरिक र मानसिक रूपमा स्वस्थ नहुने समस्या निम्ताउँछ । त्यसको साथै गर्भावस्थामा आमाहरूलाई मधुमेह र प्रेसरको समस्या देखिनमा पनि खानपानको महत्वपूर्ण भूमिका रहन्छ ।

  • ‘ढिलो विवाह
  • सन्तानको योजना ’
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.