काठमाडौं : चलचित्र ‘लक्का जवान’ वैशाख २३ गतेदेखि प्रदर्शनमा हुने भएको छ ।
शिवहरी पौडेलको कथा लेखन र निर्देशन रहेको चलचित्र लक्का जवानको टीम चितवनको भरतपुरमा आएर फिल्मको प्रचारप्रसार साथै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।
चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे।
ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहेको छ ।