काठमाडौं : एक व्यक्तिले आफ्नो शरीरमा धेरै प्रयोग गरिसकेका छन्, जसकारण उनी मानिस भएर पनि राक्षसजस्तै देखिन्छन् ।
यी व्यक्तिले हालै आफ्नो कान पनि काटेका छन् । अब यी व्यक्तिले किन यस्तो गर्छन् भन्ने कुरा जानेर तपाईं हैरान पर्नु हुनेछ ।
वास्तवमा ति व्यक्तिले कोरोना प्रोटोकल अन्तर्गत मास्क लगाउनु पर्ने अनिवार्यता सकिएको भन्दै कान काटेका हुन् । मास्क लगाउनुपर्ने काध्यता हटेसँगै खुशी भएर कान काटिदिएका हुन् ।
ती व्यक्ति पेशाले ट्याटु कलाकार हुन् । यदि कसैले एकचोटि यी मान्छेको अनुहार देख्यो भने डराउछ । उनको नाम माइकल फारो डो प्राडो हो, उनी ब्राजिलका हुन्। उनले आफ्नो शरीरमा दर्जनौं ट्याटु बनाइसकेका छन् ।
ट्याटु मात्र होइन, शरीरमा धेरै ठाउँमा छेड्ने काम पनि गरिएको छ । उनले राक्षस जस्तै देखिन दाँत पनि आफू अनुकूल बनाएर जडान गरेका छन् ।
उनको नयाँ तस्विर रेडिटमा भाइरल भएको छ, उनी बिना कान देखिएका छन् । उनको यो तस्विर देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । योसँगै धेरैले उनको खिल्ली पनि उडाएका छन् ।
कतिपयले भनेका छन्, ‘आशा छ यस पटक उनलाई क्रिसमसमा कसैले एयरपड वा इयरबड उपहार दिने छैनन् ।’ अर्का एक व्यक्तिले पनि लेखेका छन्, ‘मैले यो बुझिनँ, मान्छेले आफ्नो शरीरमा यति धेरै तलमाथि कसरी गर्न सक्छ ?’
माइकल जहिले पनि सडकबाट गुज्रिन्छन्, मानिसहरूले उनलाई अचम्मका साथ देख्छन् । त्यही कारणले गर्दा मानिसहरुले उनको उपनाम ‘मानविय राक्षस’ राखेका छन् ।
माइकल भन्छन, ‘मलाई लाग्छ राक्षसको तस्विर सुन्दर हुनेछ ।’ माइकलको यो रूप अलि भिन्नै खालको भए पनि परिवार र उनका साथीहरूले सधैं साथ दिने गर्छन्।