×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

मुखमा लगाउनै नहुने १० कुराहरू : डा. प्रकाश आचार्य


अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् । जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छ? त्यो हामीलाई थाहा हुन्न । यसै सन्दर्भमा अनुहारमा लगाउन नहुने दश कुराहरू के के हुन् त ? आउनुस् छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्यको कुरा सुनौँ ।

के के हुन् त अनुहारमा लगाउनै नहुने दश कुराहरु:
१. नुहाउने साबुन र स्याम्पो अनुहारमा प्रयोग गर्नु हुँदैन:

यसमा सल्फेट (सोडियम लरेन्ट) भन्ने पदार्थ धेरै फिँज आओस भनेर प्रयोग गरिएको हुन्छ । जसले शरिर र कपालको फोहोर निकाल्न सहयोग गर्दछ । तर यसमा पिएचको मात्रा धेरै हुन्छ । हाम्रो अनुहारमा बढिमा पिएच मान ६ सम्म हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोगले हाम्रो अनुहार ज्यादै सुख्खा हुन गई मोस्चराइजर समेत घटाउँछ ।

२. धेरै तातो र धेरै चिसो पानीले मुख धुनु हुँदैन:

धेरै तातो/चिसो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर घटाउँदछ भने पिएच गडबढी गराउँदछ । मनतातो पानी वा तातो पानीबाट निस्केको वाफले मुख धुँदा उपयुक्त हुने गर्दछ ।

३. स्टेरोइड भएको क्रिमहरु अनुहारमा प्रयोग गर्नु हुन्न:
लामो समयसम्म स्टेरोइडको प्रयोगले अनुहारको छाला पातलो बनाई दिन्छ । यसको प्रयोगले छाला सेन्सेटिभ बनाउने तथा अनुहारका नसाहरू बाहिर निस्किने भएकाले अनुहार रातो देखिने हुन्छ ।

४. कागतीको रस अनुहारमा प्रयोग गर्नु हुन्न:

कागतीको रसमा भिटामीन सीको मात्रा धेरै हुने भएकाले अनुहारमा प्रयोग गर्नु उपयुक्त हुँदैन । कागतीको (साइट्रिक एसिड) पिएच(२-३) न्यून हुने भएकाले अनुहारको पिएच गडबढी गराउँछ । कागतीको रस अनुहारमा लगाएर उज्यालो/घाममा निस्किँदा फाइटो फोटोडर्मा डाइटिस नामक एलर्जी हुने सम्भावना धेरै हुन्छ । जसको असर लामो समयसम्म (पोष्ट इन्फ्लोमेन्ट्री हाइपरटेसन-पिआईएच) दाग बस्दछ । त्यसैले कागती खानु राम्रो हो तर अनुहारमा लगाउनु राम्रो होइन ।

५. वडी लोसन र मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुन्न:

छालामा लगाउने वडी लोसन मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबढी गर्दछ । तर अनुहार र शरिर दुवैमा प्रयोग गर्न मिल्ने लोसन/मोस्चराइजरले भने असर गर्दैन ।

६. नरिवलको तेल अनुहारमा प्रयोग गर्नु हुँदैन:

अनुहारमा डण्डीफोर र धेरै तेलआउने मानिसले झन् नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन । नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुने भएकाले अनुहारमा भएका तेल/पसिनाका ग्रन्थीहरुलाई ब्लक गरी दिन्छ ।

७. डेओडेरेन्ट, पर्फ्युम र हेअर स्प्रे अनुहारमा प्रयोग गर्नु हुँदैन:

प्राय जसो गर्मी महिनामा धेरै पसिना बउने मानसिहरूकले अनुहारम डेओडेरेन्ट लगाउने गरेको देखिन्छ । मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गरेको देखिन्छ । यस्ता वस्तुहरुमा अनुहारलाई हानी गर्ने धेरै रसायनहरू हुने गर्दछ ।

८. पेट्रोलियम जेल्ली अनुहारमा लगाउनु हुँदैन:

नेपाली बजारमा पाइने भ्यासलिन पेट्रोलियम जेल्लीको उदाहरण हो । यो अनुहारमा लगाउन उपयुक्त हुन्न । यसले अनुहारमा भएका तेल/पसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । विशेष गरी डण्डीफोर भएकाहरुले झन् लगाउनु हुँदैन ।

९. अनुहारमा हेअर कलर प्रयोग गर्नु हुँदैन:

अहिले हेअर कलर र आँखि भौँको कलर मिलाउन आँखिभौँमा पनि हेअर कलर प्रयोग गर्ने गरेको पाइएको छ । हेअर कलरमा अनुहारलाई एलर्जी गराउने रसायनहरु हुने भएकाले यसको प्रयोग गर्नु हुँदैन ।

१०. अनुहारमा टुथपेस्ट प्रयोग गर्नु हुँदैन:

डण्डीफोरका समस्या भएकाहरुले डण्डीफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने समस्या बढ्दछ ।

तसर्थ, एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र अनुहारमा कुन किसिमको मेकअप प्रोडक्ट प्रयोग गर्ने भन्ने निर्णय लिनु उचित हुने सल्लाह दिनुहुन्छ छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्य ।

  • १० कुराहरू
  • डा. प्रकाश आचार्य
  • मुखमा
  • लगाउनै नहुने
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.