• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

ब्रुनाईका राजाको विलासी जीवन , ४,२०० करोडको दरबार, ७००० कार र निजी जेट

काठमाडौं : संसारमा धनी मान्छेहरूको कमी छैन । आज हामी तपाईलाई एक व्यक्तिको बारेमा बताउन गइरहेका छौँ, जसको विलासी जीवनशैली पछ्याउँदै एलन मास्क र मुकेश अम्बानीले पनि पछि पार्छन् । संसारमा यस्ता धेरै देश छन्, जहाँ आज पनि राजतन्त्र छ ।

यस्ता देशमा राजा नै देशको मुख्य सेवक हुन्छन् । राजाले जे भन्छन् त्यो नै कानुन बन्छ । त्यस्तै एउटा देश ब्रुनाई पनि हो । ब्रुनाई बोर्नियो टापुमा रहेको एउटा सानो देश हो, जसको जनसंख्या लगभग ४ लाख ३८ हजार रहेको छ । यसको राजधानी बन्दर सेरी बेगवान हो । यो शहर जामियासर हसनिल बोल्कियाह मस्जिद र यसको २९ सुनको गुम्बजहरूको लागि प्रसिद्ध छ । यस सहरमा ब्रुनाईका सुल्तान इस्ताना नुरुल इमानको विशाल दरबार पनि अवस्थित छ ।

ब्रुनाईका सुल्तानसँग छ अर्बौंको सम्पत्ति

हसनल बोल्कियाह हाल ब्रुनाईका सुल्तान र प्रधानमन्त्री हुन् । विगत ५५ वर्षदेखि ब्रुनाईमा शासन गरेका बोल्किया विश्वकै दोस्रो धनी शासक हुन् । उनीहरूसँग अपार सम्पत्ति छ, जसलाई उनी लुकाएर राख्नुको सट्टा खर्च गर्नमा विश्वास गर्छन् ।

सन् १९८० सम्म उनी विश्वकै धनी व्यक्ति थिए । हाल हसनल बोल्कियाको सम्पत्ति लगभग २० अर्ब डलर छ । उनीहरूको आम्दानीको मुख्य स्रोत तेल र प्राकृतिक ग्याँस हो । कच्चा तेल र प्राकृतिक ग्यासको निर्यातले बोल्कियालाई विश्वको सबैभन्दा धनी व्यक्ति बनाएको छ ।

२१ वर्षको उमेरमा बने ब्रुनाईका सुल्तान

विगत ८० वर्षदेखि हसनल बोल्कियाहका पुर्खाले ब्रुनाईमा शासन गर्दै आएका छन् । करिब ६०० वर्षदेखि यस देशको सत्ता बोल्किया साम्राज्यले कब्जा गरेको छ। वर्तमान शासक, सुल्तान हसनल बोल्किया, १९६७ मा ब्रुनाईको सिंहासनमा पुगेका थिए, जब उनी केवल २१ वर्षको थिए ।

उनी शाही परिवारको २९ औं उत्तराधिकारी हुन् । बेलायती महारानी एलिजाबेथ द्वितीय पछिल्लो ६९ वर्षदेखि संसारमा सबैभन्दा लामो समय शासन गर्ने सम्राट हुन् । उनीपछि सुल्तानको नम्बर आउँछ । हसनल बोल्कियाह प्रायः आफ्नो सम्पतिका कारण समाचारमा हुन्छन् ।

हसनल बोल्कियाहको सुन प्रेम

वास्तवमा, यस समयमा हसनल बोल्किया र उनको सम्पत्तिको चर्चा भइरहेको छ । किनभने हालै उनकी छोरी राजकुमारी फडजिला लुबाबुल बोल्कियाको विवाह भएको थियो । त्यो शाही विवाहको भव्य कार्यक्रम ७ दिनसम्म चल्यो ।

त्यस समयमा, ब्रुनाईको यो शाही जोडीले थरी थरीका पोशाक लगाएका थिए, जसमध्ये केही हात्तीको दाँतले बनेको बताइन्छ । हसनल बोल्कियाहलाई सुन यति धेरै मन पर्छ कि उनको दरबारदेखि लिएर सिंहासन, सुत्ने कोठा, निजी जेट, कार सबै सुनको बनेको छ ।

४२०० करोडको आलिशान महल

सुल्तान हसनल बोल्किया सुनले जडित ‘इस्ताना नुरुल इमान’ दरबारमा बस्छन् । २० लाख स्क्वायर फिटमा फैलिएको यो विशाल दरबार सन् १९८४ मा बनेको थियो । यसलाई संसारको सबैभन्दा ठूलो दरबार पनि मानिन्छ, जसको मूल्य लगभग ४२०० करोड रुपैयाँ पर्छ ।

यस दरबारको गुम्बज २२ क्यारेट सुनले जडिएको छ । यस सुनको दरबारमा १७०० भन्दा बढी कोठा छन् । यसमा जम्मा २५७ बाथरुम छन् । यसबाहेक दरबारमा ५ वटा स्विमिङ पुल, ११० वटा कार ग्यारेज र २०० घोडाका लागि वातानुकूलित अस्तबल पनि बनाइएका छन् ।

७,००० लक्जरी कारहरूको संग्रह

ब्रुनाईका सुल्तान हसनल बोल्कियासँग ७,००० लक्जरी कारहरूको संग्रह छ । त्यसको मूल्य करिब ५ खर्ब ४५ अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ । उनीसँग ६०० रोल्स रोयल्स र ३०० फरारीहरू बाहेक धेरै महँगा गाडीहरू छन् । सुल्तान हसनल बोल्कियाह संसारका एक मात्र त्यस्ता व्यक्ति हुन्, जोसँग ६०० रोल्स रोयल्स कार छन् ।

निजी जेट

सुल्तान हसनल बोल्कियासँग धेरै निजी जेटहरू छन् । उनीसँग बोइङ ७४७–४००, बोइङ ७६७–२०० र एयरबस ए३४०–२०० रहेका छन् । तर बोइङ ७४७–४०० सुल्तानको मनपर्ने निजी जेट हो । सुनले जडित उनको जेट कुनै दरबार भन्दा कम छैन । विमानमा बैठक कोठादेखि धेरै सुत्ने कोठा र सबै प्रकारका विलासी सुविधाहरू उपलब्ध छन्।

  • जीवन
  • ब्रुनाई
  • राजाको
  • विलासी
बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.