×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

भरतपुर देशको उत्कृष्ट महानगरमा छनोट , महानगर मेयर रेनुलाइ मेयरमा फेरि दोहोरिनुपर्ने दवाव


भरतपुर महानगर कार्यसम्पादनका दृष्टिले हरेक वर्ष देशको उत्कृष्ट महानगरमा छनोट हुँदै आएको छ। महानगरको नेतृत्व माओवादी केन्द्रीय सदस्य रेनु दाहालको रहेको छ। ललिलपुर महानगरले भरतपुरलाई पछ्याउन खोजे पनि अपेक्षित प्रगति देखिएको छैन। अरू महानगरहरूले नगरबासीलाई खास सन्तुष्ट दिन सकेको देखिँदैन। विराटनगर र वीरगञ्जका मेयरहरू सक्रिय नै देखिए पनि परिणाममुखी नजिता देखिएको छैन। काठमाडौं र पोखराका मेयरहरू भने अत्यन्तै सुस्त गतिमा अघि बढिरहेका छन्।

महानगरका मेयरहरूको कार्य सम्पादन कमजोर देखिएका बेला भरतपुरका मेयर रेनु भने अब्बल देखिएकी छिन्। साँढे चार वर्षको अवधिमा भरतपुरमा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गरेको छ। आफ्नो पार्टीका समर्थकले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरूका नेता–कार्यकर्ताले समेत भरतपुर फेरि एकपटक रेनु दोहोरिनुपर्ने मत राखिरहेका छन्।

रेनुले फेरि मेयरमा दोहोरिनुपर्ने भन्दै उनीमाथि भरतपुरबासीले दवाव बढाएका छन्। लाभका पदमा खास रूचि नराख्ने स्वाभावकी रेनुलाई आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूले दवाव दिइरहेका छन्। निर्वाचनको घोषणापछि माओवादी समर्थक मात्र नभएर भरतपुरको बौद्धिक एवं सामाजिक जनमतसमेत रेनु दोहोरिनुपर्ने पक्षमा देखिन्छ।

मेयर रेनुको कार्यकालमा भरतपुरमा उल्लेख्य काम भएका छन्। चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन छ। त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न रेनुकै नेतृत्व आवश्यक रहेको भरतपुरबासीको अभिमत छ।

महानगरका दर्जनौँ आयोजना

भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन्। महानगर प्रमुख रेनु दाहालले सातौँ नगरसभामा महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी गराइन्। उनका अनुसार कोभिड १९ का कारण पनि ती आयोजनाहरुले निर्माणमा तीव्रता पाइरहेका छन्।

भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रमलगायतका दर्जनौं आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् भने कतिपय आयोजनाहरु निर्माण सम्पन्न भइसकेका छन्।

आफ्नो तीन वर्षको कार्यकालको समीक्षात्मक पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताइन्। उनले भनिन्, ‘कतिपय आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्, बाँकी दुई वर्षको अवधिमा सबै आयोजनाहरु पूरा गर्ने लक्ष्यका साथ दौडिरहेका छौँ।’

महानगरद्वारा सञ्चालित आयोजनाहरु – भरतपुर महानगरपालिकाको आफ्नै योजना र लगानीमा दर्जनौं ठूला आयोजना सञ्चालन भइरहेका छन्। तीमध्ये मुख्य योजना यस्ता छन्।

भरतपुर मेट्रो प्लाजा

भरतपुर महानगरपालिका वडा नं. ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ। निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला

देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ। महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ। यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ। धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिकेपछि रंगशाला निर्माणको कार्यभार पनि महानगरकै काँधमा आएको छ।

खानेपानी आयोजना

नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रु ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि रु ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रु २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रु १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि रु १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि रु २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रु तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि रु ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू. ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी (लिफ्टिङ्ग) आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन्। यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएको महानगर प्रमुख रेनु दाहालले जानकारी गराइन्।

समुदायसँग मेयर कार्यक्रम

मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। झन्डै ३०० छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ।

कृषिमा यान्त्रिकीकरण कार्यक्रम

सामूहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ। यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन्।

नदी किनारमा आधुनिक विकास

भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गत आवमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आवमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ।

यातायात कार्यालय स्थापना

यातायात कार्यालयको स्थापनाका लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण तयारी कार्य अगाडी बढेको छ। यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यसका साथै महानगरले केही मुख्य योजना छनोट गरी काम अगाडि बढाउने तयारी गरेको छ। महानगरले आगामी आर्थिक वर्षबाट प्रारम्भ गर्न लागेका केही योजना यस्ता छन्।

हुलाकी सडक

हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई ७ मिटर कालोपत्रे बनाउने र बाँकी ९ किमि सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ।

विमानस्थल सुधार

भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ। यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ।

चौबिसकोठी मेघौली सडकखण्ड

चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ। साथै चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ।

भरतपुर सिटी हल

महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहल निर्माणका लागि रू. ८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ।

पुल्चोक गोन्द्राङ सडक

सडक विभागबाट निर्माणाधिन यस सडकको रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ। यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुनेछ। साथै सहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रु ३१ करोडको काम अन्तिम चरणमा पुगेका छन्।

स्मार्ट सडकबत्ती

महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रु २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ। यस काममा महानगरले राम्राे प्रगति हासिल गरिसकेकाे छ।

महानगरीय रिङरोड

करिब ९५ किमि महानगरीय रिङ्गरोडका लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ। सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किमि सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ। सडक विभागबाट यही आव।मा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ। रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ।

भूमिहीनलाई लालपूर्जा बितरण

मेयर रेनुकै पहलमा भरतपुरमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा बितरणको काम धमाधम अघि बढिरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कासमेतको सक्रियतामा भरतपुरमा लालपूर्जा बितरणको कामले तीव्रता पाएको हो। आगामी निर्वाचनअघि नै भरतपुरका सबै भूमिहीनलाई लालपूर्जा बितरण गर्ने रेनुको योजना छ। उनले निर्वाचन आचारसंहिता अघि नै लालपूर्जा बितरणको काम सम्पन्न गर्ने घोषणा गरेकी छिन्।

 

  • दवाव
  • दोहोरिनुपर्ने
  • मेयरमा फेरि
  • रेनुलाइ
सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.