• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

आजभोली वैवाहिक विषय पछाडी धकेलिदै , किन?

थुप्रै महिला र पुरुष विवाहबाट टाढा भागिरहेका छन् ।अरुले भोगेको विभिन्न हिंसा र यातना देखेर आफूलाई विवाह गर्न मन नलागेको एक्लो जीवन बिताउनुको मज्जा नै बेग्लै हुने महिलाहरु वताउछन् । विवाह गरेर मात्र जीवन पूर्ण हुन्छ भन्ने कुरामा विश्वास नलाग्ने अविवाहितहरु वताउछन् ।

विवाह गर्नैपरे पनि ढिलो गर्ने परिपाटीको विकास हुँदैछ । अहिले कतिपयमा विवाह गर्ने र घरजम गर्ने रुचि कम हुँदै गएको मनोविद् गोपाल ढकाल बताउँछन् ।

‘समाज परिवर्तित छ । मानिस पहिला खेतीपातीमा लाग्थे, काम गर्नका लागि पनि जनशक्तिको आवश्यकता पर्दथ्यो । त्यो कारणले गर्दा पनि विवाह गर्नुपर्छ भन्ने थियो, तर अहिले मानिस आफ्नो करियरमा लागेको छ,’ उनी भन्छन्, ‘आफ्नो लक्ष्य पूरासँगै स्वतन्त्र भएर बाँच्न चाहने उनीहरुको चाहना हुनसक्छ ।’

पहिला शारीरिक सम्बन्धका लागि पनि विवाह नै गर्नुपर्छ भन्ने धारणा थियो भने अहिले यो सोचमा परिवर्तन हुँदै गएको मनोविद् ढकाल बताउँछन् ।

‘अहिले यौनका लागि विवाह बन्धनमा बाँधिनुपर्छ भन्ने धारणा छैन । वैकल्पिक उपायहरु धेरै छन् । व्यस्त जीवनशैलीका कारण मान्छेसँग समय पनि छैन,’ उनी अगाडि भन्छन्, ‘त्यसैले पहिलेको जस्तो हतारिएर विवाह गर्नेहरु अहिले कम भएकै हुन् । धेरै युवाहरु वैदेशिक रोजगारीमा गएकाले पनि विवाह गर्ने उमेर पछाडि धकेलिंदै गएको छ ।’

देशका मुख्य सहरमा युवायुवतीहरु ‘लिभ इन रिलेसनसिप’मा बस्ने प्रचलन पनि बढ्दै गएको छ । यस्तो सम्बन्धमा विवाह नगर्ने समझदारी गरेर बस्नेहरु पनि बढेको ढकाल बताउँछन् ।

‘मानिस आत्मनिर्भर हुँदै गएको छ । आधुनिक जीवनशैलीसँगै मान्छेले स्वतन्त्रता खोज्छ । विवाह बन्धनमा बाँधिएपछि भोलि यस्तै स्वतन्त्रता हुने हो कि होइन भन्ने सोचेर पनि युवाहरु विवाहदेखि भाग्दै गएको हुनसक्छ,’ उनी भन्छन् ।

पहिले विवाह नगरी मानिस पूर्ण हुँदैन । एकअर्काको सहाराका लागि पनि विवाह गर्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । पछिल्लो समय यो मान्यतामा कमी आउँदै गएको मनोविद् ढकालको बुझाइ छ ।

विवाह नै नगरी शारीरिक सुखका लागि विभिन्न यौन खेलौनाको उपलब्धता तथा अन्य सम्बन्ध, सन्तानको रहर लागे धर्मपुत्र वा पुत्री पाल्ने सोच हुँदा पनि युवाहरुमा विवाहप्रतिको आकर्षण कम हुँदै गएको छ ।

नेपालमा पश्चिमी देशहरुमा जस्तो जनसांख्यिक विषमता देखिइनहाले पनि भविष्यमा समस्या देखिन सक्ने ढकाल बताउँछन् । एक दशकअघिसम्म प्रेम सम्बन्धमा रहेका जोडी त्यसलाई विवाहमै परिणत गर्न चाहन्थे । ‘तर आजका युवा सम्बन्धलाई रमाइलोसँगै सहज वातावरण भइञ्जेलसम्म टिकाउने, नत्र नयाँ सम्बन्ध बनाउनेतिर ध्यान दिन थाल्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘चीन, दक्षिण कोरिया लगायतका देशले विवाह गर भनेर युवाहरुका लागि स्किम ल्याउन थालेका छन् । हाम्रोमा यस्तो अवस्था आइनहालेपनि भविष्यमा सम्भावना देखिन सक्छ ।’

समाजशास्त्री डा. मीना उप्रेती विवाहबाट पुरुषभन्दा धेरै महिला भाग्ने गरेको तर्क गर्छिन् । उनी भन्छिन्, ‘अहिलेको मान्छे विस्तारै पारिवारिक संरचनाबाट मुक्त हुन खोज्दैछ । व्यक्तिगत स्वतन्त्रतालाई जोड दिन्छ, हाम्रो हुर्काइ पनि त्यसैगरी हुन थालेको छ । विशेषगरी महिला विवाहबाट भागिरहेको देखिन्छ ।’

महिलाको हकमा विवाहपछि करिअर सोचेजस्तो अगाडि बढ्न नसक्ने महसुस गरेर पनि विवाह पछाडि धकेलिएको डा. उप्रेतीको भनाइ छ । ‘बल्ल मास्टर्स पढ्दै गरेका हुन्छन् । थेसिस लेख्न बाँकी हुँदै विवाह हुन्छ । त्यसपछि बच्चा हुन्छ, सम्पूर्ण समय बच्चाको रेखदेखमै बित्न थाल्छ,’ उनी अगाडि भन्छिन्, ‘अनि यी सबै बन्धनबाट बच्न कि त विवाहबाटै भाग्छन्, कि त ढिला विवाह गर्छन् ।’

पहिले विवाह व्यक्तिगत मात्रै नभई पारिवारिक हुन्थ्यो । कसैले विवाह गर्दा त्यहाँ आफन्त पनि जोडिएका हुन्थे । तर अहिले विवाह व्यक्तिगत स्वतन्त्रतासँग जोडिन थालेको छ ।

जनसंख्या सन्तुलनमा असर

विवाह नगरी लिभ इन रिलेसनमा बस्ने, ढिलो गरी विवाह गर्ने र विवाह नै नगर्ने परिपाटी बसेमा त्यसले बच्चाको जन्मदर घटाउँछ । जसका कारण देशको जनसंख्या नै ऋणात्मक हुन पुग्छ । यसले काम गर्ने उमेरका जनशक्ति कम हुँदा देशलाई दीर्घकालीन रुपमै नोक्सानी पुर्‍याउने समाजशास्त्री डा. उप्रेती बताउँछिन् ।

अहिलेको हाम्रो शिक्षा प्रणालीको पनि यसमा केही दोष रहेको उनको बुझाइ छ । ‘हाम्रो शिक्षा पद्धति पुँजीवादी छ । यसले परिवार हेर, माया गर भन्दैन । छोराछोरी जन्माऊ भन्दैन,’ उनी भन्छिन्, ‘यसले त के भन्छ भने राम्रो पढ, घर बनाऊ, कार किन, सम्पत्तिको जोड भन्छ ।’ त्यसैले शिक्षा पद्धति पनि बदल्न आवश्यक रहेको डा. उप्रेती बताउँछिन् ।

  • आजभोली
  • किन
  • धकेलिदै
  • पछाडी
  • वैवाहिक विषय
शनिबार, माघ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.