गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि अभिनय जगतमा आएकी छिन् । उनको स्वर पनि आमाको जस्तै सुमधुर रहेको छ ।पछिल्लो समय परितोषिकाले गायन भन्दा अभिनय बन्ने रुचि रहेको बताएकी छिन् । अन्जुले हालै सार्वजनिक गरेको एक नयाँ गायनको म्युजिक भिडियोमा छोरी परितोषिकाको अभिनय देख्न सकिन्छ ।

अञ्जुले पहिलोपटक संगीत गरेको गजल धेरै माया नदेऊ मलाई‘को भिडियोमा अन्जुकी छोरी परितोषिका पन्तले मोडलको रूपमा अभिनय गरेकी छन् । परितोषिका पन्तले आफूलाई अभिनय क्षेत्रमा कामको रुचि भएकाले अन्य आएका अफरहरु पनि बिचार गर्ने बताएकी छिन् ।
पन्तकै स्वरमा रहेको यो गजल गीतकार सुरेश वाग्लेले लेखेका हुन् । पन्तकी छोरी परितोषिकाका साथमा मोडल कुन्साङ बोम्जन देखिएका छन् । आफ्नो सांगीतिक करियरमा यो गजल निकै विशेष बनेको गायिका पन्तको दाबी छ ।