• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

लिंग पहिचान गरी गर्भपतन गर्ने क्रम बढ्दो , तर महिलाको जनसंख्या उच्च कसरी ?

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस्तै जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८ पछिको सबैभन्दा न्यून वृद्धिदर हो ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ । नेपालमा पुरूषभन्दा महिलाको संख्या ६ लाखले बढी छ । २०६८ सालको जनगणनामा जस्तै अहिले पनि महिलाको संख्या बढी देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्मा दक्षिण कोरिया, चीन र भारतमा जस्तो लैंगिक असन्तुलन नेपालमा नदेखिएकाले आत्तिहाल्नु नपर्ने बताउँछन् ।

‘लिंग पहिचान गरेर गर्भपतन गराउने, लैगिंक विभेदजस्ता कुरा समाजमा देखिएपनि जनसंख्याको परिणाममा त्यसले कुनै प्रभाव पारेको देखिएन,’ उनी भन्छन् । पछिल्लो दशकमा छोरा र छोरीप्रतिको दृष्टिकोण समान हुँदै गएको शर्माको बुझाइ छ । ‘पहिला छोरा पाउने रहर गर्ने गर्थे, अहिले यो घट्दै गएको छ । सन्तान जुन लिंगको भएपनि समान व्यवहार गर्ने मानसिकता विकास भएको देखिएको छ,’ उनी भन्छन् । लिंग पहिचान गरेर गर्भपतन गराउने गैरकानूनी कार्य अहिलेको जनगणनाको तथ्यांकबाट प्राप्त नभएको उनले बताए ।

मानवशास्त्री डम्बर चेम्जोङ पनि लिंग पहिचान गरेर गरिने गर्भपतनसँग यसको सम्बन्ध नरहेको बताउँछन् । ‘छोरीको संख्या बढ्नुमा लिंग पहिचान गरेर गरिने गर्भपतनसँग सम्बन्ध छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन्, ‘यसलाई आलोचनात्मक रुपमा भन्ने गरिएपनि यसको असर न्यून नै रहेको पाइन्छ ।’

जनसंख्याको सिद्धान्तअनुसार पनि महिलाको संख्या धेरै देखिनु स्वभाविक नै भएको चेम्जोङ बताउँछन् । जन्मिने बेलामा छोरा धेरै जन्मिए पनि छोराको मुत्युदर छोरीको भन्दा धेरै हुन्छ । छोराभन्दा छोरी प्राकृतिक रुपमै अनुशासित र शान्त हुन्छन् । पानीमा डुबेर, युद्धमा मृत्यु हुनु, सवारी दुर्घटना, लागूपदार्थको दुव्र्यसनी जस्ता धेरै माध्यमबाट पुरुषकै बढी मृत्यु हुने गरेको उनी बताउँछन् ।

यसैगरी विश्वभरि नै घर छाडेर जानेमा पुरुषको संख्या बढी हुन्छ, जुन नेपालमा पनि छ । अहिले जीवन निर्वाहका पद्धति, उत्पादन प्रणाली र सम्बन्धका आयाम पनि परिर्वतन भएका छन् । विदेशिनेको संख्या दिन प्रतिदिन बढ्दो छ । जसकारण जनगणना गर्दा यो छुटेको पनि हुनसक्ने चेम्जोङ बताउँछन् ।

‘थोरै मात्र फरक हुनुपर्ने हो तर अहिले धेरै नै फरक देखिएको छ । छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको संख्या पनि ठूलो छ । उनीहरु पनि छुट्न सक्छन्,’ चेम्जोङ थप्छन्, ‘यही राजधानीमै पनि कति घरमा जनगणना गरिएको छैन । अझ सुदूरको त कुरै छोडौं ।’

नेपालमा पहिलेदेखि नै महिलाको जनसंख्या पुरुषको भन्दा बढी देखिँदै आएको छ । औसत आयु महिलाको बढी छ । विश्वमा महिलाको औसत आयु पुरुषको तुलनामा पाँच वर्ष बढी छ भने नेपालको तीन वर्ष बढी छ । महिलाको रोग प्रतिरोधात्मक क्षमता पनि पुरुषको भन्दा उच्च हुन्छ ।

यता, समाजशास्त्री डा. मीना उप्रेती शहरमा लिंग पहिचान गरेर गरिने गर्भपतन र गाउँमा भएका जन्मले जनसंख्यामा सन्तुलन ल्याएको बताउँछिन् । ‘गाउँमा भ्रूण पहिचान गरेर गरिने गर्भपतन ठूलो मात्रामा पुगिसकेको त छैन,’ उनी भन्छिन्, ‘उनीहरुले प्राकृतिक रुपमै छोराछोरी जन्माएका हुन्छन् । तर छोराको आशमा छोरीछोरी जन्मिँदा संख्या बढ्न पुग्छ ।’

तर लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम भने निक्कै बढेको हुनसक्ने उनी बताउँछिन् । पहाडमा भन्दा तराईमा यस्तो संख्या धेरै रहेको अध्ययनले देखाएको छ । दाइजोप्रथाका कारण पनि पहाडमा भन्दा तराईमा छोरीलाई बोझिलो मान्ने प्रचलन रहेको उनी बताउँछिन् ।

विवाह एकदमै खर्चिलो हुनु र दाइजोकै निहुँमा आफूले भोगेको पीडा छोरीले भोग्न नपरोस् भनेर गर्भपतन गराउने तराईमा धेरै बढेको पाइन्छ । यस्तै छोरीले अर्कै जातमा विवाह गर्ली, छोरीमाथि गरिएको लगानी उठ्दैन जस्ता मानसिकताले पनि गर्भपतन डरलाग्दो रुपमा बढिरहेको डा. उप्रेती बताउँछिन् ।

जनगणनाको पछिल्लो परिणामले समाजमा सकारात्मक प्रभाव पार्ने विश्लेषक हरि रोका बताउँछन् । छिमेकी मुलुक भारत र चीनमा जस्तो विषमता नदेखिएकाले यसमा चिन्तित हुन आवश्यक नरहेको उनी बताउँछन् । ‘महिलाहरु पनि पुरुष बराबर काम गर्न सक्छन्, गरेका पनि छन् । महिलाको जनसंख्याले अर्थतन्त्रमा नोक्सान हुँदैन, यो त समाजका लागि प्लस प्वाइन्ट हो,’ विश्लेषक रोका भन्छन् ।

महिलाको जनसंख्या बढ्दा अर्थतन्त्रमा पनि सहजता हुने उनको तर्क छ । ‘खर्च गर्ने मामिलामा छोरीभन्दा छोरा अगाडि हुन्छन्,’ उनी भन्छन्, ‘महिलाले पुरुषको तुलनामा बचत गर्छन् । यसले गर्दा राष्ट्रिय बचत बढाउन सहयोग पुग्छ ।’

छोरीभन्दा छोरालाई महत्व दिने समाज नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै कायम रहेको छ । । सन्तान जन्माउँदा पहिलो प्राथमिकता छोरालाई दिने गर्दा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढेको छ । आधुनिक जीवनशैलीसँगै परिवारको आकार पनि घट्दै गएको छ । हिजोआज एक वा बढीमा दुई सन्तान मात्र जन्माउने दम्पतीको संख्या बढ्दै गएको छ । यस्तोमा छोराको सोचमा धेरैले लिंग पहिचान गरेर गर्भपतन गराउने गरेको देखिएको छ । ग्रामीण क्षेत्रमा लिंग पहिचानको पहुँच धेरै नपुगेपनि छोराकै आशमा धेरै छोरी जन्माउने गरेको पाइन्छ।

यसरी शहरी क्षेत्रमा एक वा दुई सन्तान, त्यसमा पनि एक जना छोरा नै हुनुपर्ने सोचले भ्रूण पहिचान गरी गर्भपतन गर्ने क्रम बढेको देखिन्छ भने ग्रामीण क्षेत्रमा छोराकै आशमा छोरीको संख्या धेरै हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा बाध्यतात्मक अवस्थामा छोरीको संख्या बढ्दा पनि नेपालमा महिलाको संख्या बढेको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

  • उच्च
  • जनसंख्या
  • महिलाको
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २.

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.