गैँडाकोट : नवलपुरको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल जैविक विविधता संरक्षणमा सक्रिय हुनुभएको छ । उहाको प्रमुख आतिथ्यतामा विहिवार गैँडाकोट ३ बाट कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको हो । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा उपलब्ध गराएपछि पौडेलले कालीनदिमा छाड्नुभएको हो ।
गैँडाकोट नगरपालिकावडा नम्वर ३ को ढोडेनी देखी १० किलोमिटर माथि महेश्वर खोला भ्रोक्रे फाँट भन्ने स्थानमा पुगेर ३१ हजार माछाका भुरा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताउनुभयो ।
त्यस्तै कार्यालयले गैँडाकोट ३ स्थित ढोडेनी बजारमा रहेको बिद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतना मुलक होडिगं बोर्ड समेत लगाएको छ । आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यायन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको यादवको भनाई छ ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताउनुभयो ।
प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उहाकोे भनाई छ । जलाहारी बोटे लगायतका समुदायको आयस्थर विकास गर्न र नदीनाला बाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम संचालन गरिएको यादव बताउँनुहुन्छ । यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उहाको भनाई छ ।