झापा : झापामा ६ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । वहुविवाह मुद्दामा परेर फरार रहेका ति अभियुक्त ६ वर्षअघिसम्म सम्पर्कमा थिएनन् ।
जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश नं १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।
माझीलाई झापा जिल्ला अदालतले २०७२ असार ३० गते बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना सजाय ठहर गरेको थियो ।
पक्राउपछि माझीलाई कैद भुक्तानका लागि कारगार कार्यालय चन्द्रगढी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।