काठमाडौं, बैशाख १९-
सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाउने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने जनाइएको हो ।
विद्यार्थीलाई कमाउँदै पढ्ने वातावरण दिइनेछ, राष्ट्रपति पौडेलले भने, विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाइनेछ ।यस्तो व्यवस्था अमेरिका, अष्ट्रेलिया, कोरियाजस्ता धेरै विकसित देशहरूमा कायम छ ।
नेपालले पनि विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने र कमाउने सुविधा दिन लागेको हो ।