• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु


पोखरा, १७ बैशाख । पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ ।
मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।

महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बुधबार विहिन ७ वजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।

नेपाल पञ्चाड्ड निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए ।

वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा हवनात्मक कार्यक्रको प्रारम्भ हुने छ । सोहि दिन विहान ६ वजेर ४५ मिनेटमा अग्नी मन्थन, ७ वजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने, ७ वजेर १९ मिनेटमा अग्नीमा समिधा दान र ८ वजेर ५ मिनेटमा अग्नी कुण्डमा आह्ति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् ।
जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड खनी महयज्ञ स्थलमा दैनिक रुपमा कथा वाचन हुदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञ औपचारिक रुपमा शुरुहुनु भन्दा अघिल्लो दिन निकालिएको शोभा कलश यात्राले महायज्ञ सफल भएको आम भक्तजनको आवाज रहेको थियो ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले महायज्ञमा सहभागि जनाएर पुण्य लाभ लिन सवै भक्तजनामा आग्रह गरे ।
‘महायज्ञका हरेक दिन भएका गतिविधिमा भक्तजनको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’ उनले भने, ‘यो ऐतिहासिक कार्यक्रममा पक्कै पनि कोहि छुट्नुहुन्न।’

महायज्ञका प्रदेश तथा केन्द्रीय सरकारका सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियान्ता सञ्चारकर्मीको उपस्थिति वढ्दै गएको छ ।
महायज्ञमा कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञ स्थलमा विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको मुल आयोजक समितिका निर्देशक शंकर खरालले जानकारी दिए ।

महायज्ञमा स्वदेशबाट मात्रै नभई विदेशबाट पनि विदेशी धार्मिक पर्यटकको समने आगमन हुन थालेको छ ।
महयज्ञमा घरपझोङ गाँउपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ वच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।

आयोजकले सामाजिक सञ्जालमा मानवसेवा फाउण्डेशन र गण्डकी कोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.