• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

नवलपुरको हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार


मध्यविन्दु (नवलपरासी), वैशाख १५-  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा रु पाँच हजारका दरले रु दुई लाख ८० हजार निकासा भइसकेको छ”, उहाँले भन्नुभयो, “छोरीको बैंक खातामा अभिभावकलाईसमेत कम्तीमा रु पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।” छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । “यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ”, उहाँले भन्नुभयो, “छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो । “आव २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ”,उहाँले भन्नुभयो ।

उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । रासस

 

सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.