• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सार्वजनिक सवारीसाधनमा डस्टविन र सचेतनामूलक स्टिकर

नवलपुर, ६ वैशाख । सवारीसाधन दुर्घटना र क्षति न्यूनीकरण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्राफिक सचेता अन्तर्गत सार्वजनिक सवारीसाधनमा स्टिकर टाँसिएको छ ।

वे (विइ आर युथ) ग्रुप नवलपुरको आयोजना एवम् इलाका प्रहरी कार्यालय गैँडाकोट, अस्थायी प्रहरी पोस्ट गैँडाकोट तथा गैँडाकोट नगरपालिकाको सहकार्यमा आज बिहान सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट गैँडाकोटका प्रमुख प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीले सवारीसाधन दुर्घटनाका कारण धनजनको क्षति हुनेक्रम बढ्दै गएको बताउनुभयो । दुर्घटना न्यूनीकरणमा प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै सामाजिक सङ्घसंस्था, स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाज सबैको सहकार्य आवश्यक भएको अधिकारीले बताउनुभयो ।

सवारीसाधनमा यात्रा गर्ने, चलाउने, पैदल हिँड्ने सबै यात्रु भएको उल्लेख गर्दै उहाँले यात्रा गर्दा लेन अनुशासन पालना गरेमा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । “हामीले पैदलयात्रा गर्दा सडकको दायाँ भागबाट पङ्क्ति मिलाएर यात्रा गर्दा सहज हुन्छ” उहाँले भन्नुभयो, “साइकल, मोटरसाइकल चलाउँदा बायाँ तर्फबाट सडक लेन नमिची प्रयोग गर्दा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।” सडक पार गर्दा दुवैतर्फ हेरेर आँखा देख्न सहज हुने ठाउँबाट पार गर्नुपर्ने, तीव्र गतिमा सवारीसाधन चलाउन नहुने उहाँले बताउनुभयो । मानवीय कारण, सडकको कारण, सवारीसाधनको यान्त्रिक कारणलगायत दुर्घटना हुने गरेको भन्दै अधिकारीले दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउनुभयो ।

सचेतना कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले जिल्लालाई सफा, सुन्दर बनाउन वे ग्रुपले काम गर्दै आएकोमा दुर्घटना न्यूनीकरणको समेत काम गर्नु अझै मानवीय काम भएको बताउनुभयो । सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै सम्पूर्ण नगरवासीलाई हप्ताको एक दिन सरसफाइसहितका विभिन्न सामाजिक काममा सहभागी हुने नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो । पैदल यात्रीको लापरबाहीका कारण दुर्घटना भएर ज्यान जाने जोखिम बढेको भन्दै सबैले ट्राफिक अनुशासन पालना गरेमा दुर्घटनाबाट जोखिन सकिने अधिकारीको भनाइ छ ।

अभियानका क्रममा प्रहरीहरुले सार्वजनिक सवारीसाधनका चालक र यात्रुलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालले सवारीचालकलाई तीव्रगतिमा सवारी नचलाउन, सवारी चलाउँदा मोबाइलको प्रयोग गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गर्नुभयो । नरालले सार्वजनिक सवारीसाधनमा विभिन्न हिंसाका घटनाहरु हुने गरेको भन्दै यात्रुहरुलाई समेत सचेत पार्नुभएको थियो ।

अभियान अन्तर्गत जनप्रतिनिधिसहित ट्राफिक प्रहरी र वे ग्रुपका प्रतिनिधिहरुले सार्वजनिक सवारीसाधनमा चेतनामूलक स्टिकर टाँस गरेका थिए । त्यस्तै सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा फोहोर राख्ने डस्टबिन हुनुपर्ने भन्दै डस्टबिन समेत वितरण गरिएको वे ग्रुप नवलपुरका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा सवारीसाधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, लेन अनुशासन प्रयोग गरौँ, जथाभावी फोहोर नगरौँ, तीव्र गतिमा सवारीसाधन नहाकौँ, म जिम्मेवार चालक सुरक्षित गन्तव्य मेरो जिम्मेवारी, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदिन, म सवारीसाधनको नियमित परीक्षण गराउँछु, म जिम्मेवार चालकलगायत लेखिएको स्टिकरहरु सार्वजनिक सवारीसाधनमा टाँसिएको अधिकारीले जानकारी दिनुभयो ।

अभियानका लागि आवश्यक पर्ने स्टिकर र डस्टविन कनेक्ट अस्ट्रेलियन एजुकेशनले सहयोग गरेको वे ग्रुपले जनाएको छ ।

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.