• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

गैँडाकोटमा अनुमति बिनै कल्सल्टेन्सीको विज्ञापन, नगरको सौन्दर्यता कुरुप पार्दै


नवलपुर, २३ चैत । नवलपुरको गैँडाकोटमा सडक किनारमा रहेको बिजुलीका पोलमा विभिन्न कन्सल्टेन्सीहरुले पोस्टर टाँस्ने तथा ब्यानर लगाउने गरेका छन् । जथाभावी पोलमा झुण्डाइएका र टाँसीएका विज्ञापन सामग्रीले नगरको सौन्दर्यतालाई नै कुरुप बनाएको छ ।

गैँडाकोटका सडक किनारमा रहेका बिजुलीका पोलमा विज्ञापन सामग्री राख्नेमा अधिकांश चितवनका कन्सल्टेन्सीहरु रहेका छन् । भरतपुरमा पोलमा विज्ञापन राख्दा नगरपालिका, विद्युत् र सडक विभागबाट स्वीकृति लिनुपर्ने भएपछि उनीहरु गैँडाकोटमा जथाभावी प्रचार सामग्री टाँस्दै हिँडेका छन् । गैँडाकोटमा पोलमा राखिएका होर्डिङ बोर्ड र विज्ञापन सामग्रीहरुलाइ कुनै पनि अनुमति नदिइएको नगरपालिकाले जनाएको छ ।

यद्यपि नारायणघाटको लायन्सचोकमा रहेको युनिभर्सल एजुकेशनले आफूहरुले अनुमति लिएर गैँडाकोटको सडक किनारका बिजुलीका पोलमा विज्ञापन सामग्री टाँसेको दाबी गरेका छन् । पोस्टर टाँस्दै हिँडेका युनिभर्सल एजुकेशनका कर्मचारीले नगरपालिकाबाट अनुमति लिएर पोस्टर टाँसेको भन्दै ती पोस्टर हटाएर देखाउन चुनौती दिएका छन् ।

कन्सल्टेन्सीको सञ्चालक समेत बताउने नेपाली काँग्रेस गैँडाकोट नगर समिति सभापति बद्रि सापकोटाले गैँडाकोटमा रहेका बिजुलीका पोलहरु फोहोर नै भएको उल्लेख गर्दै त्यहाँ टाँस्दा केही फोहोर नहुने बताए । उनले बिजुलीका पोलहरु के सफा छ र त्यहाँ टाँस्न नहुने हो ? भन्दै प्रति प्रश्न गरेका छन् ।

यस विषयमा नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाका प्रमुख इन्जिनियर सुजन रिजालसँग जानकारी लिँदा उनले आफूहरुले बिजुलीको पोलमा विज्ञापन सामग्री राख्न कसैलाई पनि अनुमति प्रदान नगरेको बताए । इन्टरनेट प्रदायकहरुले राखेबापत प्राधिकरणलाई शुल्क तिर्ने गरेको भन्दै अरुले पनि अनुमति लिएर विज्ञापन गर्न पाउने तर त्यसमा पनि नगरपालिकाको अनुमति अनिवार्य भएको बताए ।

यसैविषयमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आफूहरुले नगरपालिकाको क्षेत्राधिकारभित्र कसैलाई पनि विज्ञापन सामग्री राख्न अनुमति नदिएको बताए । अनुमति बिना राखिएका विज्ञापन सामग्री हटाउनुपर्ने उनको भनाइ छ । यसअघि नगरपालिकाले होर्डिङ बोर्ड राख्न विज्ञापन कर उठाउने गरी ठेक्का आह्वान गर्दा एकजनाले ठेक्का हालेपनि सम्झौता गर्न नआएको उल्लेख गर्दै त्यस‌ कम्पनीका सञ्चालकलाई कालोसूचिमा राख्न सिफारिस गर्ने निर्णय गरिएको बताए । हामीले गरेको टेलिफोन कुराकानीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले कानुनी र लिखित रुपमा कसैलाई पनि विज्ञापन सामग्री राख्न नगरपालिकाले अनुमति नदिएको बताए ।

गैँडाकोट क्षेत्रका मुख्य राजमार्ग तथा भित्री सडक खण्डमा पर्ने बिजुलीका हरेक पोलमा कुनै न कुनै संस्थाको विज्ञापन राखिएको छ । पोलभरी अव्यवस्थित रुपमा राखिएको विज्ञापन सामग्रीले नगरको सुन्दरतामात्रै बिगारेको छैन, नगरपालिकाको आम्दानीमा समेत क्षति पुर्याएको छ ।

शनिबार, चैत २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.