• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट


चैत्र २१,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ ।

नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन्।

सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ। एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को कसेको हो।

कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौ दर्शकहरु आउने अपेक्षा गरिएको छ ।

मन्त्र ब्यान्ड सहित झुम्दै छ चितवन,अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?

१.मन्त्र ब्यान्ड

मिसन रेड अभियान अन्तर्गत आयोजित भव्य कन्सर्टमा चर्चित मन्त्र ब्याण्डको बेजोड प्रस्तुति रहनेछ। मन्त्र ब्यान्ड नेपाली सङ्गित पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो सङ्गित मार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ। यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र एतिहासिक ब्याडमा पर्दछ । ब्यान्ड्ले बिगत २५ वर्षदेखि निरन्तर आफ्नो सङ्गित मार्फत नेपालीलाई सुमधुर संगीतको सुर,धुन र तालमा झुमाईरहेको छ। ‘बिर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’ लगायत गितहरु यस ब्याण्डका चर्चित गीत रहेका छन्।मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको मानिन्छ।

२. कुटुम्ब ब्यान्ड

चितवनमा हुन लागेको भव्य सांगीतिक कन्सर्टमा आउन लागेको अर्को चर्चित ब्यान्ड हो – कुटुम्ब ब्यान्ड। यस ब्यान्ड आफ्नै मौलिक शैलीका कारण नेपाली साङ्गितिक क्षेत्रमा गर्विलो स्थानमा छ।
कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिँदै आएको छ।

जति विदेशमा प्रस्तुति दिएपनि आफूहरु स्वदेशमै नेपाली संगितका पारखिहरुसंग झुम्न रुचाउने ब्याण्डका कलाकार बताउँछन्। २० वर्ष देखि सुरु भएको निरन्तर सांगीतिक यात्रामा कुटुम्बले संगीतमार्फत स्वयमंसेवा गर्न सकिने सन्देश प्रवाह गर्न सफल भएको छ।कुटुम्ब ब्याण्डका सदस्यहरु आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्ने गरेको बताउँछन्।

कुटुम्ब साङ्गीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साङ्गीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।

ब्यान्ड समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्कमा बास बस्न सफल छन् ।

३ .द एक्स ब्यान्ड

चितवनमा आयोजित भव्य कन्सर्टमा द एक्स ब्याण्डको टिम आउँदैछ।नेपाली संगीतमा अर्को चर्चित ब्यान्ड हो – द एक्स ब्यान्ड। ‘तिम्रो नजरले’ , ‘एउटा चिठीको सहाराले’ , ‘बाईरोडको बाटोमा’ , ‘ठाडो जाने उकालो’ लगायत चर्चित गितहरु यस ब्याण्डका रहेका छन जो अहिलेपनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा छ्न्। नारायणीमा हुने कन्सर्टमा द एक्स ब्यान्डले पनि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ।

४.समीर श्रेष्ठ एण्ड गुड बोइज

समीर श्रेष्ठलाई पछिल्लो समय नचिन्ने र नसुन्ने सायदै होला , नयाँ पुस्तामाझ लोकप्रीय नाम हो समीर श्रेष्ठ ।समीरले सन् २०२१ मा’ चार देवार गीत’बाट आफ्नो सांगीतिक यात्रा सुरु गरे । सन् २०२२ मा उनको गीत ‘ तिमि भएर’ नेपाली दर्शकमाझ लोकप्रिय बन्यो,जसबाट उनले दर्शकको अत्याधिक माया पाए । सन् २०२२ मा उनले ‘मायालु सुनन ‘गीत रिलिज गरे ।यस्तै सन् २०२३ मा ‘उनी ,जे छौ तिमि’ गीत लिएर आए, जुन युट्युबमा ट्रेण्डिङमा पर्यो , जसले उनलाई नेपाली सहित अन्तर्राष्ट्रिय दर्शकहरूमाझ थप परिचित बनायो।

उनको पहिलो डेब्यु गीत थियो ‘चार देवर’ , जुन सन् २०२१ मा रिलिज भएको थियो ।उनको ‘तिमि भएर’ , ‘मायालु सुनन’ , ‘जे छौ तिमि’ लगायत गितहरु चर्चित छन् ।

५. केहर एण्ड जोए

यही चैत्र ३१ गते चितवनमा हुने भव्य सांगीतिक कन्सर्टमा केहेर एण्ड जोए ले आफ्नो बेजोड प्रस्तुति दिँदै छ। संगीत मार्फत मन्त्रमुग्ध बनाउन युवाहरुमाझ लोकप्रिय यस ब्यान्डले चितवनमा बेजोड प्रस्तुति दिन लागेको हो।

केहर लिम्बु पछिल्लो युवापुस्तामाझ चर्चित नाम हो ।लिम्बुका धेरै गितहरु लोकप्रिय छन् ।उनी नेपाली सांगीतिक आकाशमा पछिल्लो समय उदाउँदो तारा हुन जसको स्वरमा झुम्ने पछिल्लो समयमा धेरै रहेका छन ।’ सरर सरर’ , ‘ बैगुनी ‘ , ‘तिमिलाई सम्झेर’ ,’ आजकल ‘ लगायत धेरै गितहरु उनका नयाँ पुस्तामाझ चर्चित छन् ।

आउँदो चैत्र ३१ गते हुने भव्य कन्सर्टको तयारी धमाधम भइरहेको छ भने करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ।यि पाँच ब्यान्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती मार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।

एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ।अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम,रक्तदाता उत्प्रेरणा कार्यक्रम ,सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन्।
मिसन रेड अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

 

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.